नेपालगन्ज : अपाङ्गता तथा कार्यगत सिमितता भएका बालालिकाहरूलाई शिक्षामा पहुँच पुरयाउनका लागि घरबाटै पढाउने गरिएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा एच आइ नेपाल र विश्व शिक्षासंगको साझेदारिमा अपागं शसत्तीकरण एवं सन्चार केन्द्र (डेक) नेपालद्धारा सन्चालित सबैका लागि पढाइ परियोजना अन्तरगत बालबालिकाहरुलाइ घर घरमा गएर उनीहरु अनुकुलको शिक्षा दिन थालीएको छ ।
विश्वव्यापी रुपमा फैलीएको कोभिड १९ को तेस्रो लहरले आक्रान्त बनाइ रहेको अवस्थामा विद्यालयहरु वन्द छन् र सरकारले वैकल्पीक विधिको प्रयोग गरि टीभी, रेडियो, अलनाइनको माध्ययम बाट अध्यापन गराउने भनिएता पनी सबै बालकालिकाको पहुँचमा छैन र बैकल्पीक पढाइ अपाङ्गता मैत्री पनी छैन ।
अपाङ्गता तथा कार्यगत सिमितता भएका बालबालिकाहरुको पठन पाठन अवरुद्ध भएको समयमा अपाङ्गता तथा कार्यगत सिमितता भएका बालबालिकाहरुको पढाइलाइ मध्यनजर गरि विभिन्न अपाङ्गता मैत्री मोवाइल एप्स निमार्ण गरि घरमै गएर पढाउने गरेको सबैकालागी पढाइ परियोजनाका परियोजना संयोजक गोविन्द फुलाराले जानकारी दिनुभयो ।
उनका अनुसार अपागंता तथा कार्यगत सिमितता भएका बालबालिकाहरुलाई विद्यालय वन्द हुदा पढाईबाट वन्चीत हुन नपरोस र पढाइ निरन्तरता कायम राख्न अपाङ्गता मैत्री मोवाईल एप्स मार्फत समुदाय परिचालकको माध्यम मार्फत अपाङ्गता भएका बिद्यार्थिका घर घरमै गएर पढाउने गरिएको छ । यस अनुसार बाके जिल्लाको राप्तीसोनारी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका भित्रका १२५जना बालबालिकाको घर घरमै गएर शिक्षण सिकाइ गरिएको तथ्याङ्क छ ।
परियोजनाले आफनो कार्य क्षेत्र भरिका सिकाइमा कठीनाइ भएका वालवालीको प्रारम्भकि पहिचान गरि हेराइ, सुनाई, हिडाइ, ब्यवहार नियन्त्रण, सञ्चार सिप र बुझाइमा कठीनाइ भएका बालबालीकाहरुको सिकाइ निरन्तरको लागि ६८ थान मोवाइल ट्यावलेट पनी प्रदान गरेको छ ।
सबैका लागि पढाइ परियोजनाले सबै सामुदायिक विद्यालयका प्र.अ तथा शिक्षकहरुलाइ विभिन्न तालिम दिइ अध्यापनमा क्षमता बिकासमा पनि सहयोग गरेको छ । अपाङ्गताको कारणले पढाइमा कमजोर बालबालिकाहरुलाई वैयक्तीक शैक्षणीक योजना निर्माण गरि अपाङ्गता मैत्री कक्षाकोठा ब्यवस्थापनकालागि विद्यालयलाइ पनि सहयोग गर्दै आइरहेको छ ।
१२ जना सामाजिक परिचालक मार्फत बालबालिकाहरुलाई मेरो संकेत, बाह्खरी, मेरो वर्णमाला, राक्षसलाइ खुवाउ, रमाईलो पढाइ,ब्लुम रिडर लगाएतका विभिन्न मोवाइल एप्सहरुको माध्ययमवाट घरमै गएर सिकाइ सहजीकरण गरिरहेका छन् र यसरी पढाइ गराउदा बिद्यार्थिको सिकाइ प्रभावकारी हुने, छिटो सिकाइ हुने, मनोरञ्जनात्मक तरिकाले सिक्ने गरेका र आफुलाई यसरी घरघरमै गएर सिकाउदा निकै खुसिलागेको परियोजनाका सामाजिक परिचालक सुनिता पन्तले बताउनुभयो ।
सबैकालागी पढाइ परियोजना बाँके जिल्लाका कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाहरुको पढाइ सिप विकास गर्ने लक्ष्य अनुसार सन २०१८ देखि कार्यान्वयन भइरहेको छ । सबै सामुदायिक बिद्यालयका शैक्षिक सहयोग प्रणालि टोली गठन गरि बिद्यालय स्तरमा बिद्यार्थिहरुको प्रारम्भीक पहिचान गरि ईमिस सब सिस्टममा तथ्याङ्क ब्यवस्थीत गरिने र उक्त तथ्याङ्गको आधारमा थप सेवाका लागी मेडिकल रेफर गरिने सामाजिक परिचालक पन्तले बताउनु भयो ।
पहिचानका आधारमा बालबालिकालाई साहायक सामग्री प्रदान गरिने जानकारी डेक नेपालका कार्यकारी निर्देशक देबि दत्त आचार्य ले जानकारी दिनु भयो ।
खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रम्ख खगेन्द्र मल्ले अपाङ्गता तथा कार्यगत सिमितता भएका बालबालिकाहरुलाई सिकाइ सिप सुधारको लागि सबै बालबालिकाहरुको पढ्न पाउने, सिक्न पाउने अधिकारको सुनिश्चिता तथा समावेशि शिक्षाको निति कार्यन्वयमा यस सबैकालागी पढाइ परियोजनाले टेवा पुरयाएको बताउनुभयो ।
उनले आगामी दिनमा पनि स्थानीय तह सगं समन्वय र सहकार्य गरि अगाडी वढ्न पर्ने सुझाव दिदै आफुले पनि अभियानलाइ सहयोग गर्ने धारणा राखे र बिद्यमान अवस्थामा यस परियोजनाले गरेको कार्य सर्हानिय रहेको बताउनु भएको छ ।
