


नेपालगंज – कर्णाली प्रदेशबाट बाँकेमा आइ पत्रकारिता गरिरहेका पत्रकारहरु संगठित भएका छन् । बुधबार नेपालगन्जमा एक भर्चुअल मिटिङ गरेर उनीहरुले कर्णाली पत्रकार समाज नेपालगन्ज गठन गरेका छन् ।



दैलेखबाट नेपालगन्जमा आएर पत्रकारिता गरिरहेका कमल न्यौपानेको अध्यक्षतामा सात सदस्यीय कर्णाली पत्रकार समाज गठन गरिएको हो । उक्त समाजको उपाध्यक्षमा गणेश विशु रुकुम पश्चिम, सचिवमा जयपति ढकाल हुम्ला र रजनी योगी दैलेख कोषाध्यक्ष मा निर्विरोध चयन भएका छन् ।


त्यस्तै कमल डाँगी सुर्खेत, शुभाकर विश्वकर्मा जुम्ला र सिवानी विक जुम्ला सदस्यमा निर्विरोध चयन भएका नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिए ।



कर्णालीका विभिन्न जिल्लाबाट बाँकेमा आइ पत्रकारिता गर्ने पत्रकारहरु दर्जन बढी छन् । उनिहरुको सुरक्षा र हक अधिकारका लागि यो समाजले पैरवी गर्ने उनको भनाइ छ ।



समाजले ६ महिनाभित्र विधान तयार गरी बृहत् भेला गरिने उनले बताए ।











