कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ माघ २८, सोमबार १४:३९
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।यस अवसरमा सम्माननीय राष्ट्रपतिले आयोग परिवारलाई बधाई तथा शुभकामना दिनु हुँदै देशमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा क्रियाशील रही सुशासन प्रवर्धनमा गरेको योगदानका लागि धन्यवाद व्यक्त गर्नु भयो।

उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी नियामक निकायलाई समयसापेक्ष कानुन, दक्ष जनशक्ति र आधुनिक स्रोतसाधनसहित थप अधिकारसम्पन्न बनाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै आएको उल्लेख गर्दै  प्रदेश तथा स्थानीय तहलाई समेत भ्रष्टाचार नियन्त्रणसम्बन्धी रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याउन जिम्मेवार बनाउनुपर्नेमा जोड दिनु भयो।
सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउन आवश्यक रहेको बताउनु हुँदै सम्माननीय राष्ट्रपतिले आयोगले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहीताबाट मुक्त हुदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्दछ भन्नु हुँदै व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने मुलुकलाई भ्रष्टाचारबाट निर्मूल गर्न सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो।
विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शीता एवम् निर्भीकतालाई मूल मन्त्र बनाएर काम गर्नु पर्ने कुरामा जोड दिँदै नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो भन्नु भयो।उहाँले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँदछ। सूचनाप्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको अहिलेको अवस्थामा आयोगले पनि अनुसन्धान पद्धतीमा नविनता ल्याउनु पर्ने कुरा औल्याउनु भयो।
सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग एवं ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा देखिएको विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहन आवश्यक रहेको उल्लेख गर्दै कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्नेछैन भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो।
भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको हुनाले यसमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनु हुँदै भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तराष्ट्रिय महासन्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरुप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो।साथै, राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ-आफ्नो तहबाट प्रर्वधनात्मक र निरोधात्मक कार्य गरी यसको न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको बताउनु भयो।
कसैको दवाव वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न आयोग चुक्ने छैन र झुक्ने छैन भन्ने पनि आफूले विश्वास लिएको बताउनु हुँदै स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रुपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने नै छ भन्नेमा समेत आफू विश्वास्त रहेको जनाउनु भयो।
उक्त अवसरमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै आयोगको स्थापना दिवस समारोहमा सम्माननीय राष्ट्रप्रमुखज्यू लगायतका विशिष्ट पदाधिकारीज्यूहरूको गरिमामय उपस्थितिबाट आयोगको संवैधानिक जिम्मेवारी पुरा गर्न थप हौसला तथा उत्प्रेरणा प्राप्त भएको व्यहोरा समेत निवेदन गर्दै आवश्यक स्रोत-साधन, जनशक्ति तथा कानुनको प्रवन्ध गरी सहजीकरण तथा हौसला प्रदान गरेकोमा सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा रहेको बताउनु भयो।साथै उहाँले, आयोगको स्थापना कालदेखि नै सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माण र सेवा प्रवाहमा प्राप्त गुनासो र उजुरीउपर अनुसन्धान गरी बस्तुनिष्ठ तवरमा भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा अभियोजन गर्ने संवैधानिक जिम्मेवारी पुरा गर्दै आइरहेको उल्लेख गर्दै सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको संवाहक हो भने सरकार नेतृत्वकर्ता भएको बताउनु भयो।
भ्रष्टाचारजन्य कसुरसम्बन्धी उजुरीहरू आयोगमा छानबिन वा अनुसन्धानमा रहेको बहानामा विकास निर्माण र सेवा प्रवाहका कार्य रोकिनु हुँदैन भन्ने सम्बन्धमा आयोग स्पष्ट रहेको वताउनु हुँदै यसमा केही समस्या भए छलफल र अन्तरक्रियाका माध्यमबाट सहजीकरण गरी समस्या समाधान गर्न आयोग सदैव तयार रहेको व्यहोरा समेत जानकारी गराउनु हुँदै तथ्ययुक्त उजुरीमा छानबिन/अनुसन्धान गर्दा वस्तुनिष्ठ रूपमा सार्वजनिक सम्पत्ति हिनामिना वा सार्वजनिक कोषको दुरुपयोग भएको देखिएमा आयोगले प्रचलित कानुन बमोजिम संवैधानिक जिम्मेवारी पुरा गर्ने व्यहोरा समेत उल्लेख गर्नु भयो।
भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सक्रिय साझेदारी गर्ने विभिन्न सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार जगत र सर्वसाधारण नागरिक लगायत सबै सरोकारवालाहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा समेत प्रत्येक सचेत नागरिकले आयोगलाई तथ्यपरक सूचना उपलब्ध गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउनु हुन हार्दिक अपिल गर्दछु भन्नु भयो।
स्थापना दिवसको मूल समारोहको कार्यक्रममा सम्माननीय सभामुखले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकार, लेखक सञ्चार संस्थालाई पुरस्कृत गर्नुभयो।त्यसैगरी सम्माननीय राष्ट्रपतिबाट उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र उत्कृष्ट अख्तियार सेवा पुरस्कार पाउने आयोगका कर्मचारीहरुलाई पुरस्कृत गर्नुका साथै आयोगको स्मारिका-२०८१ को लोकार्पण समेत सम्पन्न भयो।
कार्यक्रममा  प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय उपप्रधानमन्त्री लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल प्रहरीको सभा हल, नक्सालमा विहान ९:०० बजे देखि  १०:३० बजेसम्म भएको थियो।
Previous Post

नेपाल क्षयरोग निवारण संस्था, बाँके जनक भण्डारीको नेतृत्वमा सर्वसम्मत

Next Post

कमल न्यौपानेको अध्यक्षतामा कर्णाली पत्रकार समाज नेपालगन्ज गठन ।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ माघ २८, सोमबार १४:३९
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ माघ २८, सोमबार १४:३९
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ माघ २८, सोमबार १४:३९
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ माघ २८, सोमबार १४:३९
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ माघ २८, सोमबार १४:३९
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ माघ २८, सोमबार १४:३९
19
Next Post

कमल न्यौपानेको अध्यक्षतामा कर्णाली पत्रकार समाज नेपालगन्ज गठन ।

नेपालगन्जमा सिटी हलको उद्घाटन ( फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ माघ २८, सोमबार १४:३९
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ माघ २८, सोमबार १४:३९
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ माघ २८, सोमबार १४:३९
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ माघ २८, सोमबार १४:३९
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.