कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य स्वास्थ्य

क्यान्सर अस्पतालको बिकासमा सबैपक्षको भूमिका र हाम्रो अपेक्षा

by
२०७९ जेष्ठ ११, बुधबार ०६:२४
0
7
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

किशोर थापा 

जनताको लामो त्याग तपस्या र बलिदानीको परिणाम स्वरूप हामीले नया+ संबिधान प्राप्त गर्यौ  । जनताका इच्छा आका+क्षासंगै देशले बिकासको फड्को मार्छ भन्ने परिकल्पना सबैको थियो . सोचे अनुरुप बिकास हुन नसके पनि विकासले केहि गति पक्कै पनि लिएको छ । संघिय शासन प्रणाली अनुरुप स्थानीय स्तरमा अधिकार सम्पन्न जनताको भाग्य र भबिष्य निर्माता स्वयं जनता नै हुन् भन्ने कुराको व्यबहारिक प्रयोगमा केहि कठिनाइ भए ।

राजनीतिक अस्थिरताको परिणाम स्वरूप शासनप्रणालीमा केहि बादलहरु मडारिय . हामि चिन्तित बन्यौ । शिक्षा स्वास्थ्य र रोजगारी संबिधानले ग्यारेन्टी गरेको बिषय भएपनि किन व्याहारिक रुपमा सफल कार्यान्वयन हुन सकेन र हामि सामान्य रोगमा समेत चिन्तित हुनु परेको छ भन्ने बिषय गम्भीर रहेको छ ।

बिगत केहि बर्ष देखि कोविड १९ को माहामारीले विश्व नै आक्रान्त बनेको अवस्थामा हामि पनि अछुतो हुन सकेनौ . हाम्रो सुझबुझ र सबै पक्ष् संग सहकार्यको कारणले धेरै मानवीय क्षति हुनबाट रोक्न केहि हदसम्म  सफल भएका छौ । बाँके जिल्लाको सन्दर्भमा राजनैतिक पार्टीको दुरदर्शिता, भेरी अस्पतालको अग्रणी भूमिका, चिकित्सकको टिमका नेत्तृत्वकर्ता डा प्रकाश थापा अहोरात्र खटाइ र दुरदर्शी निर्णयका कारण हामि ठुलो दुर्घटनाबाट जोगिएको छौ । अझै पनि धेरै कसरहरु बाँकी  नै छन तर केहि राहत मिलेको छ । कोरोनाको ठुलो पीडाले अन्य प्राणघातक रोगको समस्या ओझेलमा पर्यो, धेरै आर्थिक श्रोत र मानबिय शक्ति कोरोनामा खर्च गर्नु परेको कारण क्यान्सर जस्ता रोगको योजनाबद्द तरिकाले स्वास्थ्यमा सुधार गर्न सकिएन । हामीलाई आशा छ अब समय भएको छ सबैको अथक प्रयासको कारणले अब यसले मुर्त रुप पाउने नै छ ।

भौतिक अवस्था कमजोर भएका अस्पतालहरुको कसरि बिकास गर्न सकिन्छ भन्ने बिषय गम्भीर रहेको छ । यस संग-संगै हाम्रो स्थानीय अस्पताल खजुराको क्यान्सर अस्पताल पनि अछुतो रहन सकेन । फलस्वरूप त्यस्ता अस्पतालको कसरि बिकास गर्न सकिन्छ र जनस्वास्थ्यमा सुधार ल्याउन सकिन्छ भन्ने बिषयमा गभिर भइ स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन कसको के भूमिका रहन्छ भन्ने बिषयमा यहा चर्चा गर्ने प्रयास गरिएको छ ।

राजनैतिक पार्टीको भूमिका 

गाउँ टोल समाज र देशकै बिकासको निम्ति राजनैतिक पार्टीहरुको भूमिका नहुने कुरै भएन । सचेत पक्षको प्रयास द्वारा नियमित हुने बिकासको क्रमलाई गुणात्मक फड्को मारी अगाडी बढाउने कार्यमा अहम भूमिका हुने गर्दछ । प्रतिकुल परिस्थितिलाई अनुकुल बनाई हरेक चिजको बिकासमा राजनैतिक पार्टीले अहम भूमिका निर्वाह गरेको हुन्छन । संसदीय शासन व्यवस्था भएको हाम्रो जस्तो सानो मुलुकमा राजनैतिक पार्टीले लोक कल्याणकारी राज्यको निम्ति सरकारलाई मार्ग निर्देशन गरेको हुन्छ । शिक्षा स्वास्थ्य झनै महत्वपूर्ण बिषय भएकोले अपबाद हुने कुरै भएन । संघिय शासन प्रणालीमा स्थानीय तहलाई असिमित अधिकार हुने र स्थानीय तहले नै योजना कार्यान्वयन गर्ने हुनाले सामाजिक न्यायमा आधारित बिकास हुने गरेको छ । बिगतमा स्थानीय समुदायको व्यापक सहभागितामा अन्न दाङ गरि प्राप्त श्रोत र यसको उचित प्रयोगबाट शुरु भएको बाँकेको परिचय बोकेको खजुरा क्यान्सर अस्पातल संचालनमा आएको कुरा बिदितै छ । आर्थिक श्रोतले अस्पतालको खर्च धान्न कठिन भएकोले सरकारले स्वामित्य्व लिने सर्तमा गठन आदेश मार्फत सरकारमा स्वामित्व गएता पनि व्यबस्थापिकिय कार्यमा राजनैतिक पार्टीको उचित सुझाब बिना अस्पतालको बिकास सम्भव छैन । जुनसुकै पार्टी सरकारमा गएता पनि स्वास्थ्य सेवा क्षेत्र अनिवार्य बिषय हो तसर्थ स्थानीय स्तरमा पनि राजनैतिक पार्टीले व्याबस्थपनको बिषय एवं श्रोत र साधनको उपलब्धताको लागि सरकार संग समन्वय राखी अस्पतालको बिकास एवं जनस्वास्थ्यलाई प्राथिमिकतामा राख्न सकिन्छ । भर्खरै नेपाल सरकार मन्त्रिस्तर निर्णय बाट मलाई अध्यक्षमा नियुक्त गरि व्यबस्थापनको जिम्मा दिएकोले राजनैतिक पार्टी संगको मेरो सहकार्य निरन्तर रहने नै छ साथै  सहयोगको  अपेक्षा पनि रहेको छ ।

व्यबस्थापन पक्षको भूमिका 

बिगतमा जनताको अन्न दान व्यापक सहाभागीतालाई ठोस रुप दिन व्यवस्थापकीय नेतृत्व प्रदान गर्ने  प्रखर परोपकार नामक सामाजीक संस्था मार्फत क्यान्सर अस्पातालको सिलान्यास भएको कुरा सबैलाई अवगत नै छ सामाजिक सस्थाले दिर्घकालिन महत्व राखी गरेका यस्ता कार्यहरुलाई एतिहासिक बनाई निरन्तरता दिनु सबैको दायित्व हो । बिरलै रुपमा यस्तो कामले समाज रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । बिगतमा यस संस्थाका संस्थापक सदस्य एवं पदाधिकारीहरुद्वारा जुन भूमिका निर्वाह गर्नु भयो हाम्रो टिमले उच्च सम्मान गरेको छ र भविष्यमा पनि मुल्यांकन गर्ने नै छ । मैले अध्यक्षको हैसियतले यहि फागुन २५ गते मात्र पदभार  ग्रहण गर्दा प्रतिबद्दता गरे बमोजिम फागुन २८ गते प्रखर परोपकार संस्थाका सब सदस्यहरु संग लामो छलफल गरि सुझाव लिएको छु र सो पुरा गर्ने प्रतिबद्दता ब्यक्त गरेको छु । यस अगाडी सराकर मार्फत नियुक्त भएका सबै पदाधिकारीहरु पनि अस्पताल बिकासका भागीदार हुन् । बिना पुर्वाग्रह जुनसुकै राजनैतिक पार्टी, वर्ग र समुदायका व्यक्ति समितिमा बसेर  व्यबस्थापन गर्नु भयो सबैको सकारात्मक पहलले संस्थाले यसरि प्रगति गर्न सकेको हो ।

अस्पतालको बिकास समितिको पदाधिकारी नियुक्ति एउटा स्वयं सेवा Voluntry Service भएकोले  हामीले बिगतका पदाधिकारीसंग अनुभव साट्न कुनै कन्जुस्याइँ गर्ने छैनौ । मैले यस अगाडिका आदरणीय अध्यक्ष् श्री भक्त बहादुर केसी ज्यु संग पनि अस्पाताल बिकासका बिषयमा लामो छलफल गरेर सुझाव संकलन गरेको छु । समय र परस्थितिले मेरो काधमा जिमेवारी आएता पनि मेरो अग्रजहरु धन्यबादका पात्र हुन् र उहाहरुकै जगमा मैले काम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु । हाम्रो टिम पनि समाबेशी र सबै राजनैतिक पार्टीको प्रतिनिधित्व भएकोले सकारात्मक निस्कर्ष आउने नै छ । समितिको सबै सदस्यहरुलाई हामीले अल्छी गर्ने छुट दिने छैनौं र प्रयाप्त समय अस्पातालको विकास र बिरामीको स्वास्थमा केन्द्रित गरि सफलता प्राप्त गर्ने छौ ।

चिकित्सक एवं प्रशासनको भूमिका 

हामीले बुझ्दै आएको र भोग्दै आएको कुरा के हो भने कर्मचारी प्रशासन स्थाई सरकार हो । जनताबाट हामीलाई प्राप्त भएको तागत र  कर्मचारिमा रहेको लामो समयाको अनुभवलाई समायोजनमा गर्दै नयाँ चिज पैदा गर्ने हाम्रो चाहाना हो । पूर्ववत हिसाबले कानुनको डण्डा देखाउने र निर्णय क्षमतामा अवरोध गराउने, कानुनको अपव्याख्या गरि काम नगर्ने प्रवृतिका बिरुद्दमा हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने हो भने स्वास्थ्य जस्तो बिषय झनै जटिल हुन्छ ।

व्यवस्थापनले गरेका निर्णयलाई सफल कार्यन्वयन गर्ने कर्मचारी प्रशासनको काम हो । जतिबेला पनि कर्मचारीहरुलाई हस्तक्षेप् गर्ने,  चिकित्सकको काममा बाधा व्यवधान गर्ने काम व्यबस्थापानाबाट हुनु हुदैन, तर एउटा निर्णय गरिसकेपछि कार्यान्यन हुनु जरुरि हुन्छ ।

जोखिम मोल्ने आँट हामीले  गर्न सकेनौ भने अस्पातालको बिकास हुदैन , त्यसमा कर्मचारी वर्ग पनि खरो रुपमा उत्रने पर्छ । काम अनुसारको सेवा सुबिधामा कुनै कसर बाँकी हुदैन र इमान्दार तरिकाले परिणाममुखी कार्यको हामि सधै भोको रहनु पर्छ । चिकित्सकीय ज्ञानलाई टप बृद्दी गर अपनाउनुपर्ने सबै भूमिका हामीले पक्कै पनि लागु गर्ने छौ। चिकित्सक एवं कर्मचारी बर्गबाट प्राप्त तार्किक एवं अनुभवजन्य ज्ञानलाई पुनः व्यवहारमा लागु गर्दै हामि नयाँ ग्यान लिन अग्रसर हुनेछौ भन्ने बिषय चिकित्सक एवं कर्मचारी बर्गले पनि सोच्नुहुनेछ, हामि सोहि कुराको प्रतिक्षामा रहने छौ। कर्मचारीको क्षमता बिकास, पेशागत दक्षता, तालिम आदिको बिषयमा व्यवस्थापनले सोच्ने नै छ ।

स्थानीय बुद्दिजिबिको भूमिका 

हामि भर्खरै व्यवस्थापनमा आएको हुनाले धेरै काम गर्न समय, आर्थिक अभाव आदि कारणले साथ् नदेला तर नयाँ+ कामको सुरुवात पक्कै पनि गर्ने नै छौ । सबै पेशा, वर्ग र समुदायको सल्लाह, सुझाब र सहयोग हाम्रो लागी निर्णय क्षमताको तागत बन्ने छ ।स्वास्थ्य सेवाको मापदण्डहरु के हुन् र समाजमा यसको स्थान के छ बुद्दिजिबिहरुले मुल्यांकन गर्ने बिषय हो । अस्पाताल प्रशासनले गरेका कामहरु पारदर्शी हुनु पर्दछ र जनताले यसको जवाफ पाउनु पर्दछ यसमा हाम्रो प्रमुख जोड रहने छ । के काम गर्दा कानुनि अड्चन छन कानुनबिदलाई थाहा हुने बिषय हो, आर्थिक बिषय कसरि अगाडी बढाउने भन्ने अर्थबिदको बिषय भएकोले स्थानीय स्तरमै रहेका बौद्दीक व्यक्तित्व एवं पेशागत विज्ञ संग छलफल गर्दै अगाडी बढ्ने जमर्को गरेका छौ । स्थानीय  बुद्दिजिबिहरुको व्यक्तिगत वा समुहगत सुझावलाई हामीले सकारात्मक रुपमा ग्रहण गर्ने नै छौ । योजना, बजेट र कार्यन्वयन एवं सम्पूर्ण कार्य प्रगतिको समिक्षा गर्दै अस्पातालको भौतिक संरचना, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, कार्मचारिको व्यवस्थापना र समग्रमा स्वास्थ्य क्षेत्र लाई विशिष्टगत रुपमा अगाडी बढाउने छौ . बिशेष किसिमका ज्ञान र सिपमा सबै बौद्दीक  बर्गहरुको सहयोग पक्कै पनि हुने नै छ ।

अन्त्यमा 

राज्यको लोककल्याणकारी चरित्र र जनताको स्वास्थ्यमा पहुंच पुराउनको लागि सबै सेवा प्रदान गर्न अस्पातालले भूमिका खेल्ने नै छ । स्थानीय जन प्रतिनिधि स्थानीय स्थानीय सरकार भएकाले व्यवस्थापनको अविभावक हुनेमा कुनै शंका नै छैन सबै पक्ष संग हातेमालो गर्दै हाम्रो अनुभव र क्षमतालाई सकेसम्म व्याबहारिक प्रयोग गर्ने नै छौ । हाम्रो व्यबस्थापकीय जिम्मेवारी लाई सबै पक्षबाट देखाउनु भएको माया र सदासयातालाई यसै लेख मार्फत अभिनन्दन गर्न चाहान्छु . स्वयम सेवाको उत्कष्ट चाहानालाई मुर्तरुप दिन वैधानिक आधार प्रदान गर्ने संस्था प्रति मेरो सधै सम्मान रहनेछ  । प्रक्रियागत रुपमा व्यबस्था मिलाउने सबै पक्ष धन्यबादका पात्र त हुदै हुन् यस भन्दा अगाडी व्यबस्थापन सम्हालेका मेरा अग्रजहरु प्रति म सधै अनुग्रहित रहने बाचा सहित परिणाम मुखी कार्य गर्ने प्रतिबद्दता समेत व्यक्त गर्न चाहान्छु ।(लेखक थापा शुशील कोइराला क्यान्सर अस्पताल खजुराका अध्यक्ष हुन् )

Previous Post

यी हुन् संसारकै हट मेकानिकः ग्यारेजमा हुन्छ सवारी बनाउनेको घुँइचो ! हेराैँ ११ हट तस्बिरहरू

Next Post

बालबालिकालाई टाइफाइड विरुद्धको खोप नलगाए के हुन्छ ?

सम्बन्धितसमाचार

मुख्य समाचार

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
69
गतिविधि

‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
25
गतिविधि

क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
28
अन्तर्राष्ट्रिय

देशभरका साइक्याट्रिष्ट को राष्ट्रिय भेला नेपालगन्जमा ।

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
15
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी” सम्पन्न ।

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
36
बैंक वित्त

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
18
Next Post

बालबालिकालाई टाइफाइड विरुद्धको खोप नलगाए के हुन्छ ?

निन्जाले सुरु गर्‍यो ‘ईनिन्जा होस्टिङ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
46

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०६:२४
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.