कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ बैशाख २८, आईतवार ०९:४२
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगंज , बाँके
स्वास्थ्य सेवामा हरेक व्यक्तिको पहुँच पुगोस्, सरल, सहज र पारदर्शी गराउने उद्देश्यले डिजिटल प्रविधि ‘हेल्थ याद आयो’ सेवा प्रभावकारी माध्यम बन्दै आएको छ ।


नेपालमा स्वास्थ्य सेवा विस्तारको बारेमा चर्चा गर्दा हामी धेरै पटक सरकारी अस्पतालको भिड, निजी अस्पतालको महँगो उपचार र सहज पहुँचको अभाव जस्ता समस्याहरू सम्झन्छौँ । विरामी भएर अस्पताल पुगे पनि घण्टौँ लाइनमा बस्नु, फाराम भर्नु, टिकट काट्नु, डाक्टरको समय कुर्नु, रिपोर्ट ल्याउन फेरि उही प्रक्रिया दोहोर्‍याउनु, यी सबै कुराले मानिसलाई रोगभन्दा बढी उपचार प्रक्रियाको तनाव सिर्जना गर्छ । यस्तै अनावश्यक झन्झट र अप्ठ्याराहरूको विकल्प बनेर स्थापना भएको छ– ‘हेल्थ याद आयो’, जुन नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरणको एउटा प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ ।


हेल्थ याद आयो एउटा यस्तो डिजिटल प्लेटफर्म हो, जसले स्वास्थ्य सेवा क्षेत्रको जटिलता घटाएर बिरामीलाई सहज, सरल र विश्वसनीय सेवा दिन थालेको छ । यो प्लेटफर्मले एकातर्फ घरमै बसेर विशेषज्ञ चिकित्सकसँग सिधा परामर्श गर्न सकिने वातावरण बनाएको छ भने अर्कोतर्फ विदेशमा उपचार खोजिरहेका नेपालीलाई सहज पहुँचको व्यवस्था गर्नेतर्फ पनि कदम चालेको छ । डिजिटल माध्यमबाट स्वास्थ्य सेवा लिने संस्कारलाई व्यावहारिक बनाउन हेल्थ याद आयोले खेलिरहेको भूमिका नेपालमा स्वास्थ्य सेवा प्रविधिमा आएको उल्लेखनीय परिवर्तनका रूपमा लिन सकिने प्रमुख कार्यकारी अधिकृत विमल बराल बताउँछन् । ‘हामीले अस्पतालमा बिरामीले पाएको सास्तीलाई सहज बनाउन हेल्थ याद आयो थाल्यौँ । यसको एक मात्र उद्देश्य भनेको सहज तरिकाले अस्पतालका सेवा लिन पाऊन् भन्ने हो, जुन नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल रुपान्तरणमा अत्यन्त प्रभावकारी हुन्छ भन्ने लाग्छ,’ बरालले भने । यस एपमार्फत प्रयोगकर्ताले आफूले चाहेको अस्पताल वा चिकित्सक छनोट गर्न सक्ने सुविधा पाउँछन् । टेलिमेडिसिन सेवा, डाक्टरसँग राय परामर्श, डायग्नोस्टिक सेवा, मेडिकल रिपोर्ट ट्याकिङ, फार्मेसी सेवा र घरमै औषधि पुर्‍याउने व्यवस्था यसमा उपलब्ध छ । विरामीको सुविधाका लागि रक्त आपूर्ति तथा एम्बुलेन्स सेवासमेत समावेश गरिएको छ । यो एपले विरामीको सम्पूर्ण उपचार प्रक्रियालाई एउटै डिजिटल छातामुनि ल्याएको छ, जसले गर्दा अब अस्पताल पुग्नुपूर्व नै धेरै कुरा निश्चित गरी पूर्वतयारीका साथ अगाडि बढ्न सकिन्छ । नेपालमा हरेक वर्ष हजारौँ नागरिक उपचारका लागि भारतलगायत अन्य मुलुक जाने गर्छन् । खासगरी जटिल उपचार आवश्यक परेको अवस्थामा त उनीहरू नयाँ देशमा पुगेर स्वास्थ्य संस्थाको खोजी, सम्पर्क सूत्र, बसोबास, भाषा र लागतको जानकारी नहुँदा तनावको सिकार हुने गरेका छन् । हेल्थ याद आयोले अहिले यिनै समस्याको समाधान गर्न विदेशी अस्पतालहरू, तिनका विशेषज्ञ चिकित्सकको सूची, तिनको उपलब्धता र लागतका बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराउने काम थालेको छ ।
दुई वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो” का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थ एपका परिकल्पनाकार कम्प्युटर इन्जीनियर प्रज्वल चुकेका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यसका साथै छिमेकी भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका विभिन्न शहरहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट प्राप्त गर्न सकिने प्रवन्ध निर्देशक चुकेले बताए ।
हेल्थ याद आयो मोवाइल एपका परिकल्पनाकार तथा कम्पनीका प्रबन्ध निर्देशक प्रज्वल चुकेका अनुसार विरामीले उपचारको योजना बनाउन सकून् भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुबारे पूर्व जानकारी यसमार्फत् पाउनेछन् । त्यति मात्र होइन, विदेश जाने विरामीका लागि आवास व्यवस्थापन, यात्राको समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।
‘देशभित्र होस् या बाहिर जानुपर्ने परिस्थितिमा नै किन नहोस्, हरेक विरामीले हेल्थ याद आयोलाई सम्झन सक्नुहुन्छ । हामी उपचारको प्रक्रियालाई एकदमै सहज र छरितो बनाउन सघाउँछौँ,’ इन्जीनियर चुकेले विश्वास दिलाए ।
त्यसैले पनि हेल्थ याद आयोको सबभन्दा उल्लेखनीय पक्ष भनेको स्वास्थ्य सेवाको पहुँचलाई गाउँ–शहर, मुलुक–विदेशको सीमाभन्दा माथि उठाएर आमनागरिकसम्म पुर्‍याउन खोज्नु हो । अहिले डिल्लीबजारमा रहेका विशेषज्ञ डाक्टरको समय बुक गर्न होस् वा दिल्ली (भारत)का ख्यातिप्राप्त अस्पतालमा अपोइन्टमेन्ट लिन होस्, हेल्थ याद आयोको एपले एक क्लिकमै समाधान दिन सक्छ । कुन अस्पतालमा कुन विशेषज्ञ कुन समयमा उपलब्ध छन् भन्ने सूचना समेत यस एपमा हुन्छ, जसले गर्दा प्रयोगकर्ताले सजिलै आफूलाई चाहिएको सेवा छनोट गर्न सक्छन् ।
नेपालभित्रको स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउन पनि हेल्थ याद आयोले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । विशेषगरी शहरी तथा अर्ध–शहरी क्षेत्रका प्रयोगकर्ताका लागि यसको पहुँच उल्लेखनीय बनिरहेको छ । घरमै बस्दा पनि प्रयोगकर्ताले परीक्षणका लागि ल्याब बोलाउन सक्ने, फलोअपको नोटिफिकेसन प्राप्त गर्ने, डिजिटल प्रेस्क्रिप्सनका आधारमा औषधि अर्डर गर्न सक्ने सुविधा भएकाले यो प्रणाली आममानिसका लागि झन् प्रभावकारी बन्दै गएको छ ।
नेपाल सरकारले अघि सारेको डिजिटल स्वास्थ्य नीतिमा हेल्थ याद आयोले व्यावहारिक रूपमा योगदान पुर्‍याएको स्पष्ट देखिन्छ । स्वास्थ्य सेवा अब भौतिक संरचनाको मात्रै विषय रहेन, प्रविधिमा आधारित सेवा प्रणालीले नै यसको भविष्य निर्माण गरिरहेको कार्यकारी अधिकृत बरालले बताए । हेल्थ याद आयोले पनि त्यही भविष्यको बाटो समात्दै नेपाली स्वास्थ्य सेवा प्रणालीलाई नयाँ ढंगले परिभाषित गर्न थालेको उनको भनाई छ ।
प्रबन्ध निर्देशक प्रज्वल चुके र कार्यकारी अधिकृत विमल बरालको नेतृत्वमा सञ्चालित यो प्लेटफर्मको उद्देश्य केवल एउटा एप उपलब्ध गराउनु मात्र होइन, आमनागरिकलाई आफ्नो स्वास्थ्यको विषयमा निर्णय लिन क्षमतावान् र सशक्त बनाउनु पनि हो । ‘हेल्थ याद आयो’ भन्नासाथ अब झन्झट, लाइन, टोकन, फाराम भन्ने सम्झना होइन, सहज, छरितो र विश्वासिलो सेवा प्राप्तिको अनुभूति हुन्छ । स्वास्थ्य सेवा अब केवल सुविधासम्पन्न महानगरका व्यक्तिका लागि मात्र होइन, प्रविधिमा जोडिएका सबै नागरिकका लागि सहज र सुलभ बनोस् भन्ने लक्ष्य सहित हेल्थ याद आयो अघि बढिरहेको छ ।
नेपालजस्तो विकट भूगोल भएको मुलुकमा डिजिटल स्वास्थ्य सेवा सरल र प्रभावकारी बनाउने यो प्रयास वास्तवमै उल्लेखनीय छ । रोगको डरभन्दा उपचार प्रक्रिया बढी पीडादायक लाग्ने अवस्थामा हामी बाँचिरहेका छौँ । यस्तो अवस्थामा यो डिजिटल समाधानले नै केवल स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउँछ, साथै नागरिकको आत्मविश्वास पनि बढाउँछ । घरमै विशेषज्ञसँग सल्लाह, परीक्षण र औषधि सेवा उपलब्ध हुनु अब कल्पना होइन, यथार्थ हो ।
स्वास्थ्यप्रति सचेत नागरिक, सजिलो सेवा र समयको बचत, यी तीन कुरा हेल्थ याद आयोको मूलमन्त्र बन्न पुगेको बरालले बताए । उनका अनुसार हेल्थ याद आयो नेपालको स्वास्थ्य क्षेत्रको वर्तमान समस्यालाई बुझ्दै, भविष्यको समाधानको दिशामा अघि बढेको एउटा डिजिटल रुपान्तरण हो । ‘हेल्थ याद आयो अब केवल विरामीले स्वास्थ्य सेवा लिन प्रयोग हुने एप मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रवेश गराउने एउटा सशक्त प्रयास पनि हो,’ बरालको दृढ विश्वास छ ।

Previous Post

०३६ साल पछि स्ववियुमा पहिलो अवसर पाउने उपाध्यायको पृष्ठभुमि के हो त..

Next Post

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ बैशाख २८, आईतवार ०९:४२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ बैशाख २८, आईतवार ०९:४२
142
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ बैशाख २८, आईतवार ०९:४२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ बैशाख २८, आईतवार ०९:४२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८२ बैशाख २८, आईतवार ०९:४२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८२ बैशाख २८, आईतवार ०९:४२
21
Next Post

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ बैशाख २८, आईतवार ०९:४२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ बैशाख २८, आईतवार ०९:४२
142

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ बैशाख २८, आईतवार ०९:४२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ बैशाख २८, आईतवार ०९:४२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.