कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ चैत्र १७, आईतवार १४:२४
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं / राप्रपा महामन्त्री धवलशमशेर राणा अस्वस्थ भए पनि अदालतले उनलाई थुनामा राख्न अनुमति दिएको छ। महामन्त्री राणा विगत केही महिनादेखि क्यान्सर रोगसँग लडिरहेका छन्।राणासहित ४१ जनालाई आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। राणा मुखको क्यान्सरसँग लडिरहेका छन्। राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थुनामा नराख्न राप्रपा नेताहरू तथा राणाका आफन्तले प्रहरीलाई आग्रह गरेका थिए।

राणा राम्रोसँग खाना खानसमेत सक्दैनन्। उनी मुखको एकपट्टीबाट हल्का मात्रै चपाउन सक्छन्। उनी सामान्य तरिकाले बनाइएको खाना मात्रै निल्न सक्छन्। ‘साह्रो खाना उहाँ खान सक्नुहुन्न, उहाँले हल्का खाना मात्रै चपाएर निल्न सक्नुहुन्छ,’ उनका एक आफन्तले भने। ती आफन्त आइतबार राणाको अवस्थाबारे अवगत गराउन जिल्ला प्रहरी परिसर काठमाडौं गएका थिए। ती आफन्तले राणाको स्वास्थ्य अवस्थाको ख्याल गरिदिन अनुरोध गरेका थिए।

हिरासतमा सबैलाई समान व्यवहार गरिने तर कसुर अनुसार कानुनी कारबाहीमा प्रहरी नचुक्ने प्रहरी अधिकृतले आफन्तलाई बताएका थिए। राणा शुक्रबार भएको राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा तीनकुने पुगेका थिए। राजावादीको आन्दोलन हिंसात्मक भएको भन्दै सोही दिन बेलुका उनलाई पक्राउ गरिएको थियो। उनीसँगै राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरिएको थियो।

‘हिरासत कक्षमा हामीले कुनै भेदभाव गरेका छैनौं, उहाँहरूलाई कुनै पनि सुविधाबाट बञ्चित गरिएको छैन,’ एक प्रहरी अधिकृतले भने। आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईं फरार छन्। उनलाई पक्राउ गर्न नेपालका सबै प्रहरी युनिट परिचालित छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४१ जनालाई विभिन्न मुद्दामा अनुसन्धानका लागि पेश गरिएकोमा जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न आइतबार साँझ अनुमति दिएको हो।

मिश्र र राणासहित ११ जनालाई राज्यविरूद्धको कसुरमा थुनामा राख्न अनुमति मागिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

प्रहरीले आइतबार ४१ जनाविरूद्ध विभिन्न कसुरमा मुद्दा अगाडि बढाउन अदालतमा अनुमति मागेको थियो।

यसमा राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धानका लागि थुनामा राख्न माग गरिएको छ।

त्यसैगरी,  ४१ जनालाई नै आपराधिक उपध्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता बोहराले बताए।

बोहराका अनुसार अहिले ४१ जनालाई राज्यविरूद्धको कसुर, आपराधिध उपध्रव र संगठित अपराधमा अनुसन्धान थालिएको छ।

शुक्रबार नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं, राजसंस्था पुन:स्थापनाका लागि जनआन्दोलन समितिले तीनकुनेमा सभा गर्दा घटना घटेको थियो।

शुक्रबार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजत र राप्रपाका कार्यकर्ता सविन महर्जनको मृत्यु भएको थियो।

सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएपछि सरकार आक्रामक भएको हो।

यसक्रममा प्रहरीले सयबढी व्यक्ति तथा राजनीतिक दलका नेतासमेतलाई पक्राउ गरेको छ। रजक एभिन्यूज टिभीका क्यामरा पर्सन थिए। तीनकुनेको घरमा आगजनी हुँदा उनको जलेर मृत्यु भएको थियो।

महर्जनमाथि भने प्रहरीले गोली प्रहार गरेको थियो। गोली प्रहारपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको थियो।

प्रसाईं अहिले फरार छन्। फरारबाहेक अन्यलाई विभिन्न मुद्दामा अनुसन्धान गर्न अदालतमा पेश गरिएको बोहराले बताए।

Previous Post

एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय निर्वाचन आयोगमा ई. लोकेन्द्र बिष्ट सर्वसम्मत निर्वाचित ।

Next Post

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

सम्बन्धितसमाचार

गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ चैत्र १७, आईतवार १४:२४
43
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ चैत्र १७, आईतवार १४:२४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ चैत्र १७, आईतवार १४:२४
149
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ चैत्र १७, आईतवार १४:२४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ चैत्र १७, आईतवार १४:२४
25
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ चैत्र १७, आईतवार १४:२४
84
Next Post

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

राजनीतिमा युवा - स्नेहा शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ चैत्र १७, आईतवार १४:२४
43

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ चैत्र १७, आईतवार १४:२४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ चैत्र १७, आईतवार १४:२४
149

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ चैत्र १७, आईतवार १४:२४
22

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.