कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य विचार/दृष्टिकोण

अबको शिक्षा सिपमूलक

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १९, शुक्रबार ०२:२१
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। लोकतान्त्रिक राज्य भनेको नै सबैको भलो गर्ने शासन हो । यसका लागि आमनागरिकको शिक्षामा पहुँच नै ठुलो कुरा हुन आउँछ । गरिबी र अभावका कारण विद्यालय जान नसकेकादेखि सम्पन्न परिवारका बालबालिकालाई सहज रूपमा स्तरीय शिक्षा उपलब्ध गराउन राज्यले पहल गर्नु पर्छ । ग्रिसका दार्शनिक प्लेटोले आफ्नो विचार अभिव्यक्तिका क्रममा भनेका छन्– सामूहिक रूपमा भलो गर्ने भावना नै न्याय हो । यसर्थ न्याय दिने राज्यले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा दिने दायित्व आफूले बिर्सनु हुँदैन । समुदायभित्रका गरिखाने समुदायका केटाकेटीलाई शिक्षामा समान न्याय दिन तिनका अभिभावकलाई आर्थिक उत्थानका योजना तय गरिनु पर्छ ।

हिजो हुने खाने घरपरिवारका सुविधा सम्पन्न बहुसङ्ख्यक अभिभावकले आफ्नो छोराछोरीलाई स्वदेश तथा विदेशमा पढ्न पठाएर शिक्षित बनाएका छन् । तिनै सम्पन्न व्यक्तिका सन्तान उच्च ओहोदामा पुगेका छन् । देशको प्रशासनिक, शैक्षिक राजनीतिमा पनि तिनै अगाडि बढे । अब सर्वसाधारण हुँदा खाने वर्गले समेत पढ्ने अवसर पाएका छन् । यस्तै कारणले आज उनीहरूले पनि विकास निर्माणलगायत स्थानीय समस्या पहिचान गर्न समर्थ हुँदै आएका छन् । शिक्षाकै कारण पुरुष जनप्रतिनिधि सरह महिला पनि अगाडि बढ्न थालेका छन् । सङ्घीय सररकारमा पनि शिक्षित र प्रशिक्षित महिला सहभागिता हुनु जरुरी छ । २०७८ सालको जनगणनाले नेपालको साक्षरता दर ७६.२ प्रतिशत देखाएको छ, जसमा पुरुष साक्षरता दर ८३.६ प्रतिशत र महिला साक्षरता दर ६९.४ प्रतिशत भनिएको छ । मुलुकभर महिला अझै ३१ प्रतिशत निरक्षर रहेको छ । अब समान न्यायका लागि पनि महिला वा बालिका शिक्षामा अझ जोड दिनुपर्ने देखिन्छ ।

हरेक नागरिकलाई सक्षम र योग्य बनाउने माध्यम शिक्षा नै हो । शिक्षाबाट नै सिर्जनात्मक बन्न प्रेरित गर्ने हो । असल शिक्षकले आफूसँग भएको प्रतिभा बाँडेर बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्छ । यस्ताले आफ्नो पेसा सँगै मिल्दा जुल्दा सृजनात्मक कार्यमा समय खर्च गर्दछन् । दिनहुँ चक, डस्टर, चार्ट र विद्यार्थी आदि सँग ब्यस्त रहे पनि फुर्सदको समय मिल्ना साथ नयाँनयाँ शैक्षिक सामग्री, सन्दर्भ पुस्तक साहित्य रचना आदिमा जुटिरहेका हुन्छन् ।

मुलुकको प्राथमिकतामा शिक्षा परेकै हुन्छ । यस क्षेत्रमा लगानी पनि प्रशस्त गरिएकै छ तर यहाँ मर्यादित र व्यवस्थित स्थिति भने देखिँदैन । सरकारले शिक्षा ऐन, २०२८ लाई परिवर्तनको प्रक्रियामा अगाडि बढाएको छ तर पूर्वसन्ध्यामै ठुलो विरोध खेप्नु परेको छ । सार्वजनिक र निजी स्रोतका सञ्चालकहरूको विरोधपश्चात् विधेयक संसदमा प्रस्तुत भएर पनि टुङ्गोमा जान सकेन । फेरि अलमलको बाटोमा विधेयक परेको छ ।

बालबालिकामा अभिभावकको व्यवहारको प्रतिविम्ब पाइन्छ । केटाकेटीको रुचिभन्दा बाबुआमाको चाहनामा बालबालिकाले शिक्षादीक्षा पाइरहेका छन् । यो अभिभावकप्रति मात्र होइन, शिक्षक, विद्यालय र समग्र शिक्षण प्रक्रियाप्रति नै लक्षित छ । आजको सन्दर्भमा यस किसिमको व्यवहार सैद्धान्तिक, दर्शानिक र व्यावहारिक आधारमा समेत महìवहीन हनुे देखिन्छ । कुनै अभिभावकले शिक्षक वा अन्यले आफूले चाहे जस्तो बनाउन खोज्ने होइन, बालकको रुचि र चाहना अनुसार बन्ने हो भन्ने धारणा अहिले प्रखर भएको छ ।

अबको शिक्षा प्रणालीमा महत्वपूर्ण विद्यार्थी नै हुनु पर्छ । विद्यालय विद्यार्थीका लागि खोलिएको हो । शिक्षक नियुक्ति विद्यार्थीका लागि हो । विद्यालय भवन, कक्षाकोठा, शैक्षिक सामग्री आदि सबै बालबालिकाका लागि नै हो । यसर्थ विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलाप नै पहिलो कुरा हो । तिनका विचार, जिज्ञासा र प्रयोगलाई बेवास्ता गर्न पाइँदैन । आज हर बालबालिकाका लागि गुणस्तरीय शिक्षाको नै बढी चर्चा छ तर कसरी तिनलाई गुणस्तरीय शिक्षा दिने ? गुणस्तरीय शिक्षा केलाई भन्ने ? यस्तो भएमा गुणस्तरीय शिक्षा भयो भनेर कसैले पनि परिभाषित गरेको देखिँदैन । परीक्षामुखी हाम्रो सोच अनुसार अङ्क बढी ल्याएमा स्तरीय शिक्षा भयो भन्दछौँ । पुरस्कारका लागि छनोटको माध्यम पनि यसैलाई मानिन्छ । के यो नै स्तरीय शिक्षाको माध्यम हो त ?

अब भनौ केलाई गुणस्तर भन्ने ? पाठ्यक्रमले निर्दिष्ट गरेको लक्ष्य विद्यार्थीले रटेर परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण हुनु नै गुणस्तरको मापन हो भन्ने चलन कतिको व्यावहारिक र वैज्ञानिक

छ ? बढी अङ्क ल्याउने गुणस्तर विद्यार्थीले सिकेका कुरा व्यवहारमा उतारेपछि गुणस्तरीय हो । बालबालिकाले अङ्ग्रेजी एक/दुई शब्द बोल्नुलाई गुणस्तर भन्ने ? यसरी सजिलै गुणस्तर छुट्याउन सकिने कुरा होइन । यसलाई वस्तुपरक ढङ्गले व्याख्या गर्नु उपयुक्त हुन्छ ।

हरेक व्यक्ति व्यावहारिक जीवनसँग जोडिएको छ । अनि शिक्षा पनि प्रत्यक्ष जीवनसँग जोडिएको हुनु पर्छ । शिक्षाले अनुत्पादक र अव्यावहारिक, अनुत्तरदायी बेरोजगारी जनशक्ति निर्माण गर्ने होइन । शिक्षाले व्यावहारिक र सामाजिक बनाउने हो । गुणस्तरीय शिक्षाबाट व्यक्ति सकारात्मक सोच, विश्लेषणात्मक क्षमता र सामाजिक गुणले निर्देशित हुन्छ । हाम्रा प्राचीन ऋषिमुनिहरूले पनि शिक्षाले मानिसमा अन्तर्निहित बुद्धि र संवेदनाको विकास भई अन्य ज्ञान र कौशल अभिवृद्धि हुने कुरा बताएका थिए । बालक जे बन्न पैदा भएको हो, त्यही बन्न दिनु पर्छ भनेका थिए । जुन आधुनिक शिक्षाले पनि बालबालिकाको रुचि अनुसारको शिक्षा प्रदान गर्नुमा नै जोड दिन्छ । ऋषिमुनिहरूले भनेका छन् ः ज्ञान बाहिरबाट आउँदैन, मानिस भित्रै हुन्छ । मानिसले सिक्छ भनेको नै उसभित्र भएको ज्ञान उजागर गर्छ भन्ने हो । शिक्षक वा गुरुको काम त्यसमा सहयोग पु्¥याउने मात्र हो ।

यसर्थ शिक्षक अन्य पेसा जस्तो जागिरे होइन । यस किसिमको धारणा शिक्षा नीतिले दिन सकेको छैन । सामाजिक जीवनको पाठशाला विद्यालय हो । त्यहीँबाट नैतिक मूल्य मान्यताको ज्ञान सिक्ने हो । शिक्षाबाट नै मानिस सामाजीकरण हुने हो । मेहनती शिक्षक कक्षामा गएर आफ्ना विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने गर्छन् । सबैप्रति समान दृष्टिले व्यवहार गर्नसके नै त्यसको सकारात्मक प्रभाव विद्यार्थीमा पर्ने गर्छ । शिक्षकले कक्षामा पढाउँदा शिक्षण सामग्री निर्माण आफैँले गर्ने, हरेक कुरामा शिक्षकको व्यवहार नमुना बन्न सके त्यसको अनकूल प्रभाव विद्यार्थीमा पर्ने छ ।

यसरी क्रियाशील शिक्षक पठनशील हुन्छ । ऊ निरन्तर सक्रिय हुने हुँदा आफ्ना विद्यार्थीलाई सहयोग पु¥याएको कहिले बोझ महसुस गर्दैन । यस्ता शिक्षकले ज्ञान, गुणका कुरा धेरै बुझ्ने र बुझाउने कोसिस गर्छन् । अध्ययन गर्ने शिक्षकले नयाँनयाँ पुस्तक नयाँनयाँ सिप ज्ञान सिक्ने हुन्छ । यस्ता पठन संस्कृति भएका शिक्षकबाट बालबालिकाले पनि जीवन सार्थक ज्ञान सिक्छन् । यस्ता शिक्षक पोखरीको जमेको पानी होइन, नदी जस्तै गतिशील हुन्छ । तसर्थ शिक्षकले नयाँ कुराको जानकारी लिने तदनुरूपको सिप जानी विद्यार्थीलाई पनि नवीनतम ज्ञान र सिप प्रदान गर्न सक्ने क्षमतावान् बन्न सक्नु पर्छ ।

Previous Post

आजको मौसम: आज पनि अधिकांश क्षेत्रमा हिमपात र वर्षा कायमै

Next Post

भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी

सम्बन्धितसमाचार

गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १९, शुक्रबार ०२:२१
84
अन्तर्राष्ट्रिय

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

२०८० माघ १९, शुक्रबार ०२:२१
273
कर्णाली प्रदेश

सोरु गाउँपालिका–३ दलित बस्तीमा ७० सेट ग्यास चुलो वितरण

२०८० माघ १९, शुक्रबार ०२:२१
67
मुख्य समाचार

बिर्यानीमा रंगमा राख्ने होटल बिरुद्द मुद्दा दायर ।

२०८० माघ १९, शुक्रबार ०२:२१
69
गतिविधि

राजनीतिमा युवा – स्नेहा शर्मा

२०८० माघ १९, शुक्रबार ०२:२१
244
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८० माघ १९, शुक्रबार ०२:२१
41
Next Post

भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी

नुनको सन्तुलित प्रयोगमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १९, शुक्रबार ०२:२१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १९, शुक्रबार ०२:२१
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १९, शुक्रबार ०२:२१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १९, शुक्रबार ०२:२१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.