कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

नुनको सन्तुलित प्रयोगमा जोड

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १९, शुक्रबार ०२:३२
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ १९ गते । ‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि आयोडिन मन्थ सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थका रूपमा मनाइने प्रचलन अनुसार नेपालभर फेब्रुअरी १ तारिक वा बिहीबारदेखि आयोडिन मन्थका कार्यक्रम सुरु गरिएको हो । आयोडिन मन्थका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको ‘आयोडिनयुक्त नुनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पर्ने प्रभाव’ विषयक छलफलमा सोबारे जानकारी दिइयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, साल्ट टे«डिङ कर्पोरेसन, उपभोक्ता अधिकारकर्मीले देशव्यापी रूपमा आयोडिन नुनको प्रयोग र यसको महत्वबारेमा सचेतनाका कार्यक्रम सार्वजनिक गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले नेपालमा हाल बिक्री वितरण हुँदै आएको नुनमा प्रयोग भएको आयोडिनको मात्रा आवश्यकताभन्दा बढी नभएको बताउनुभयो । हाल बिक्री भएको नुनमा आवश्यकताभन्दा बढी आयोडिन भएको पुष्टि गर्ने कुनै प्रमाण अहिलेसम्म नभेटिएको उहाँको भनाइ छ ।

पोषण शाखाका प्रमुख थापाले नुनमा आयोडिन कमी भएर हुने असरको तुलनामा आयोडिन अधिक हुँदा हुने असर असाध्यै नगन्य हुने भन्दै उहाँले भन्नुभयो, “नुनमा आयोडिन कम हुँदा डरलाग्दो अवस्था भएको त हामीले केही दशकअगाडि भोगेर आएका हौँ तर नुनमा अधिक आयोडिन हुँदा भएका असर त कहीँ कतै पुष्टि भएको देखिँदैन ।” बरु पछिल्लो पटक हाम्रो खाना खाने बानीमा परिवर्तन हुँदा नुनको अधिक उपभोगसँगै आयोडिनको मात्रा पनि बढी भएर त्यसले अर्को असर गरेको हुन सक्छ त्यसैले अब हाम्रो खाना खाने बानीमा सुधार गर्नुपर्ने सुझाव उहाँको थियो ।

नेपाल समुद्रदेखि धेरै टाढाको देश भएकाले नेपाली माटोमा आयोडिनको मात्रा कम छ, हाम्रो शरीरलाई आयोडिन आवश्यक पर्छ, त्यसैले नेपालले हाल उत्पादन गरेर बिक्री गर्ने नुनमा आयोडिनको मात्रा ठिक छ ।

साथै उहाँले नेपालमा प्रयोग गर्ने आयोडिनयुक्त नुनको बाहिर हल्ला भए जस्तो अधिक आयोडिन मात्रा भएर उच्च रक्तचाप र थाइराइड बढेको भन्नेमा सत्यता नभएको बताउनुभयो । नेपालको हकमा नुनमा आयोडिनको अधिकतम मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठिक र बेठिक भन्ने विषयलाई स्पष्ट पार्नका लागि स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा स्तर निर्धारणको प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।

आयोडिन ग्लोबल नेटवर्कका नेपाल प्रतिनिधि मचाराजा महर्जनले विश्वका विकसित देश अमेरिका र स्विट्जरल्यान्डले एक सय वर्षपहिला र नेपालले ६० वर्षदेखि आयोडिन मिसाएर बिक्री गर्न थालेको जानकारी दिनुभयो ।

युनिसेफ नेपालका पोषण अधिकृत नवीन पौडेलले नेपालमा पछिल्लो पटक नुनमा आयोडिन बढी भएर जनस्वास्थ्यमा असर गरेको भन्ने हल्ला बाहिर आएको तर यसमा सत्यता नभएको बताउनुभयो । उहाँले नुनमा आयोडिन बढी भएर भन्दा नुनको बढी उपभोग गर्ने बानीले जनस्वास्थ्यमा असर परेकाले यस विषयमा सचेत गराउनुपर्ने उहाँको भनाइ छ ।

डब्लुएचओको मापदण्ड अनुसार २०२० सालदेखि नेपाल सरकारले आमनेपालीले उपभोग गर्ने नुनमा आयोडिन मिसाएर बिक्री गर्न थालेको हो । यो जिम्मा नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएको छ । विगत ६० वर्षदेखि सरकारले कर्पोरेसनमार्फत दुर्गम क्षेत्रमा ढुवानी अनुदानसमेत दिई बिक्री वितरण गर्दै आएको छ ।

आयोडिन सजिलैसँग उडेर जाने भएकाले नुन उत्पादन गर्दा आयोडिनको मात्रा ५० पिपिएम, प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुग्दा ३० पिपिएम आयोडिन छ भने उपभोक्तासम्म पुग्दा १५ पिपिएम हुन्छ भनेर यस प्रकारको मापदण्ड बनाइएको हो ।

त्यसो त विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा १५ पिपिएम हुनुपर्ने मापदण्ड तोकेको छ । बढी हुनु र कम हुनु दुवै स्वास्थ्यका लागि हानिकारक भनिएको छ । नेपालको भौगोलिक अवस्था, प्याकेजिङ, ढुवानी गर्दा समयलगायतका विषयलाई ध्यानमा राखेर आयोडिन छिटै उडेर जाने सम्भावना भएकाले उत्पादनदेखि भान्सासम्मको छुट्टाछुट्टै मापदण्ड तोकिएको बताउने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आयोडिन नुनको मापदण्डमा सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत, पानी नघुल्ने प्रदार्थ एक प्रतिशत, सोडियम क्लोराइडबाहेक पानीमा घुलनशील पदार्थ तीन प्रतिशत हुनुपर्ने उल्लेख छ ।

नेपालीले शरीरलाई आवश्यकताभन्दा दोब्बर नुनको उपभोग गर्ने गरेको तथ्य बाहिर ल्याइएको छ । डब्लुएचओका अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम नुन आवश्यकता पर्ने भनेकोमा नेपालीले भने औसतमा ९.५ ग्राम उपभोग गर्ने गरेको पाइएको छ । नुनको बढी प्रयोग गर्नेबित्तिकै आयोडिनको मात्रा पनि बढ्ने र सोडियम क्लोराइडको मात्रा पनि बढी हुने भएकाले यसले स्वास्थ्यमा अर्को असर गर्ने हुँदा आयोडिन नुनको दिनहुँ तर थोरै प्रयोग गर्नु पर्छ ।

Previous Post

भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी

Next Post

नारायणगढ–मुग्लिङ तीन सातासम्म दिउँसो बन्द हुने

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १९, शुक्रबार ०२:३२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १९, शुक्रबार ०२:३२
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १९, शुक्रबार ०२:३२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १९, शुक्रबार ०२:३२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १९, शुक्रबार ०२:३२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १९, शुक्रबार ०२:३२
21
Next Post

नारायणगढ–मुग्लिङ तीन सातासम्म दिउँसो बन्द हुने

गाउँमा सडक पुग्यो, मासिए सम्पदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १९, शुक्रबार ०२:३२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १९, शुक्रबार ०२:३२
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १९, शुक्रबार ०२:३२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १९, शुक्रबार ०२:३२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.