नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार छलिको सामान सहित गाडि बरामद गरेकाेछ ।
प्रहरी टोलीले शंका लागी चेकजांच गर्दा जिल्ला दाङ तुलशिपुर- ९ बस्ने बर्ष २४ को चालक कमल बिकले चलाएको रा.१ ज. ३८१ नं.को बोलेरो पिकअप गाडीमा अवैध सामान बरामद भएको हाे । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको दाङ तर्फ लैजादै गरेको अबस्थामा जुत्ता, चप्पल र बोलेरो पिकअप गाडी सहित जम्मा अन्दाजी मुल्य नौ लाख बाईस हजार दुई सय पचास बराबरको मालसामान बरामद भएको हाे ।
बरामद सामाग्री आवश्यक कारबाहीको लागि अबैध सामान, सवारी साधन, र निज दुबै जनालाई भन्सार कार्यालय नेपालगंज पठाईएको छ।