कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

राष्ट्रिय कर दिवस-२०८३ नेपालगञ्जमा भव्य रूपमा सम्पन्न, उत्कृष्ट करदाता र कर्मचारी सम्मानित ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ मंसिर ८, सोमबार १४:३१
0

Screenshot

33
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज । कर न्याय, सुशासन र नागरिक सहभागितामार्फत आर्थिक समृद्धिको लक्ष्य अघि सार्दै राष्ट्रिय कर दिवस–२०८३ नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।

Screenshot

आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, बाँकेद्वारा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा रक्तदान, मैत्रीपूर्ण फुटसल प्रतियोगिता, कर शिक्षा तथा सचेतना कार्यक्रम र बजारस्तरीय प्रचारप्रसार अभियान सञ्चालन गरिएको थियो।

Screenshot

दिवसको समापन अवसरमा उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी तथा फुटसल प्रतियोगिताका विजेतालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

Screenshot

यस वर्ष राष्ट्रिय कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ रहेको छ। कर प्रणालीलाई पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउँदै राज्यको राजस्व संकलनमा योगदान पुर्‍याउने करदाता तथा कर्मचारीलाई प्रोत्साहन गर्नुका साथै आम नागरिकमा करसम्बन्धी सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको हो।

Screenshot

कर सप्ताहअन्तर्गत सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमले कर प्रशासनको दायरा राजस्व संकलनमा मात्र सीमित नरही सामाजिक सेवा र मानवीय उत्तरदायित्वसँग समेत जोडिएको सन्देश दिएको छ।

त्यस्तै, कर प्रशासन, सरकारी निकाय, लेखापरीक्षक तथा निजी क्षेत्रबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा चार समूहको सहभागिता रहेको थियो। आन्तरिक राजस्व कार्यालय ,नेपालगञ्ज भन्सार कार्यालय, लेखापरीक्षक (अडिटर) तथा उद्योगी,व्यवसायीहरूको सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको थियो। प्रतियोगितामा नेपालगञ्ज उद्योग वाणिज्य संघ, बाँके प्रथम भएको थियो।

यसैगरी, कर सप्ताहका अवसरमा करदातालाई कर प्रणाली, कर दाखिला प्रक्रिया, करसम्बन्धी कानुनी व्यवस्था तथा करदाताको दायित्वबारे जानकारी गराउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

उत्कृष्ट करदातालाई गरिएको सम्मानले निजी क्षेत्रलाई करप्रति थप जिम्मेवार बनाउँदै राज्यको आर्थिक विकास र समृद्धिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ। राज्यको राजस्व प्रणालीलाई बलियो बनाउन व्यवसायीले इमानदारीपूर्वक कर दाखिला गर्नु महत्वपूर्ण रहेको सन्देश दिएको कार्यक्रम का प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भयो ।

Screenshot

बजार क्षेत्रमा व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरी करसम्बन्धी जानकारी र सचेतना फैलाउने गतिविधि सञ्चालन गर्नुका साथै जिङ्गलमार्फत कर शिक्षा तथा कर तिर्नुपर्ने दायित्वबारे प्रचारप्रसार गरिएको थियो। यस्ता अभियानले करलाई बोझका रूपमा नभई राष्ट्र निर्माणमा नागरिकको साझा योगदानका रूपमा बुझाउन सहयोग पुग्ने अपेक्षा प्रमुख कर अधिकृत प्रेमप्रसाद उपाध्यायले साझा गर्नु भएको थियो ।

Screenshot

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को आय विवरणका आधारमा विभिन्न क्षेत्रबाट उल्लेखनीय आयकर दाखिला गर्ने उद्योग तथा व्यवसायलाई सम्मान गरिएको छ।

व्यापार क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपालगञ्ज–२ स्थित न्यू सिद्धि विनायक हार्डवेयर प्रा.लि. सम्मानित भएको छ। कम्पनीको स्थायी लेखा नम्बर ६१५७२७९५८ रहेको छ।

त्यसैगरी, उद्योग क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने बर्दियाको बढैयाताल गाउँपालिका–४ स्थित बर्दिया डिस्टिलरी प्रा.लि. सम्मानित भएको छ। कम्पनीको स्थायी लेखा नम्बर ६०३५८३०५० रहेको छ।

यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गरी राजस्वमा योगदान पुर्‍याएको भन्दै नेपालगञ्जस्थित इम्पेरियल इन्टरटेन्मेन्ट प्रा.लि.लाई समेत सम्मानपत्र प्रदान गरिएको छ। कम्पनीको स्थायी लेखा नम्बर ६०६६२५१३७ रहेको छ।

यसै अवसरमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जमा कार्यरत कर्मचारी भिमबहादुर बिष्ट नगद पुरस्कारसहित प्रशंसापत्रबाट सम्मानित भएका छन्। कार्यालयमा रहेर उल्लेखनीय तथा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उनलाई सम्मान गरिएको हो। कर्मचारीको कार्यक्षमता, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस सम्मानले कार्यालयका अन्य कर्मचारीलाई समेत सकारात्मक ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Screenshot

राष्ट्रिय कर दिवसकै अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपालगञ्ज उद्योग वाणिज्य संघ, बाँके प्रथम भएको छ। प्रतियोगितामा उत्साहपूर्ण सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गरेको भन्दै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले संघलाई प्रमाणपत्र प्रदान गरेको हो। प्रतियोगिताले कर प्रशासन र निजी क्षेत्रबीच व्यावसायिक सम्बन्धसँगै आपसी सद्भाव, सहकार्य र मित्रतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याएको छ।

Screenshot

कर राज्य सञ्चालन, विकास निर्माण, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो। नागरिकले तिरेको करबाटै शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुरक्षा तथा अन्य सार्वजनिक सेवाको व्यवस्थापन हुने भएकाले कर प्रणालीप्रति नागरिकको विश्वास र सहभागिता आवश्यक मानिन्छ। करदाताले समयमै कर दाखिला गर्नु र राज्यले कर प्रणालीलाई पारदर्शी, सरल, न्यायपूर्ण तथा विश्वासयोग्य बनाउनु दुवै पक्षको साझा जिम्मेवारी भएको नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष चिरनजिवि वलिले बताउनु भयो ।

रक्तदानमा ३० जनाको सहभागिता, चार समूहबीचको मैत्रीपूर्ण फुटसल, कर शिक्षा, बजारस्तरीय सचेतना तथा जिङ्गल प्रचारप्रसारजस्ता विविध गतिविधिमार्फत मनाइएको राष्ट्रिय कर दिवस–२०८३ ले कर प्रशासनलाई नागरिक, व्यवसायी र सरोकारवालासँग जोड्ने प्रयास गरेको छ।

कर तिर्नु केवल कानुनी दायित्व मात्र नभई राष्ट्र निर्माणमा नागरिक, व्यवसायी र निजी क्षेत्रको महत्वपूर्ण योगदान हो भन्ने सन्देशसहित राष्ट्रिय कर दिवस–२०८३ सम्पन्न भएको छ।

कार्यक्रम सञ्चालक कर अधिकृत राजेन्द्र खड्काले गर्नु भएको थियो भने स्वागत मन्तव्य कर अधिकृत खेमराज तिमिल्सिना ले गर्नु भएको थियो ।

Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Screenshot
Previous Post

अनुभव, सामाजिक योगदान र विकासको संकल्प : दिपेन्द्रराज खनालको आठबीस निर्माणका लागि पाँचवर्षे रोडम्याप

Next Post

बाँकेमा डेरी अनुगमन तीव्र: दुई दिनमा १० हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, ८ पसलको निरीक्षण

सम्बन्धितसमाचार

मुख्य समाचार

बाँकेमा डेरी अनुगमन तीव्र: दुई दिनमा १० हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, ८ पसलको निरीक्षण

२०८३ मंसिर ८, सोमबार १४:३१
112
प्रोफाईल

अनुभव, सामाजिक योगदान र विकासको संकल्प : दिपेन्द्रराज खनालको आठबीस निर्माणका लागि पाँचवर्षे रोडम्याप

२०८३ मंसिर ८, सोमबार १४:३१
299
गतिविधि

३४औँ विश्व मानसिक स्वास्थ्य दिवस विविध सिर्जनात्मक तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न

२०८३ मंसिर ८, सोमबार १४:३१
89
मुख्य समाचार

निष्ठा, इमान्दारिता र अनुभव बोकेका लामिछाने क्यान्सर अस्पतालको अध्यक्षमा

२०८३ मंसिर ८, सोमबार १४:३१
159
गतिविधि

अब नरैनापुरमै करदाता सेवा

२०८३ मंसिर ८, सोमबार १४:३१
43
मुख्य समाचार

Ather Nepal ले कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा १६औँ Experience Center सञ्चालनमा ल्यायो

२०८३ मंसिर ८, सोमबार १४:३१
35
Next Post

बाँकेमा डेरी अनुगमन तीव्र: दुई दिनमा १० हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, ८ पसलको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बाँकेमा डेरी अनुगमन तीव्र: दुई दिनमा १० हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, ८ पसलको निरीक्षण

२०८३ मंसिर ८, सोमबार १४:३१
112

राष्ट्रिय कर दिवस-२०८३ नेपालगञ्जमा भव्य रूपमा सम्पन्न, उत्कृष्ट करदाता र कर्मचारी सम्मानित ।

२०८३ मंसिर ८, सोमबार १४:३१
74

अनुभव, सामाजिक योगदान र विकासको संकल्प : दिपेन्द्रराज खनालको आठबीस निर्माणका लागि पाँचवर्षे रोडम्याप

२०८३ मंसिर ८, सोमबार १४:३१
299

भलिबलका लागि जीवन समर्पण गरेका गणेश खनाल : खेलाडी उत्पादनदेखि उपाधि जिताउनेसम्म

२०८३ मंसिर ८, सोमबार १४:३१
297

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.