– शुक्रराज आचार्य
चितवन, २०८२ कात्तिक – नेपालमा पर्यटन र हस्पिटालिटी क्षेत्र विस्तारसँगै गार्डेनरको माग तीव्र रूपमा बढ्दै गएको छ। होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्टहरूमा हरियाली, सफाइ र प्राकृतिक सौन्दर्यलाई प्राथमिकता दिइन थालेपछि दक्ष गार्डेनरको आवश्यकता अनिवार्य बन्दै गएको हो।
होटल तथा रिसोर्टमा बगैंचाको सौन्दर्यले पाहुनाको पहिलो छाप (first impression)मा ठूलो भूमिका खेल्छ। आगन्तुकले होटल प्रवेश गर्दा देख्ने हरियो बोटबिरुवा र फूलहरूले उनीहरूको अनुभवलाई अझ सन्तुलित र शान्त बनाउँछन्।
“गार्डेनरले मात्र बोट स्याहार्दैन, उनी पाहुनाको मन पनि जित्छ,” नेपालको चर्चित आई.एम.ई. ग्रुपद्दारा सन्चालित ईला कम्फर्ट हर्कपुरकाे जनरल म्यानेजर प्रदिप कुमार न्यौपानेले भने।
पर्यावरण संरक्षण र सरसफाइमा पनि गार्डेनरको योगदान उल्लेखनीय मानिन्छ। उनीहरूले जैविक मल, कम्पोस्ट, र वर्षा पानीको सदुपयोग गरी ‘इको–फ्रेन्डली’ वातावरण निर्माण गर्छन्। यसले होटल र रिसोर्टलाई दिगो (sustainable) बनाउँछ र वातावरणीय सन्तुलनमा सहयोग पुर्याउँछ।
साथै, सुन्दर बगैंचाले विवाह, फोटोसुट, र आउटडोर कार्यक्रममा प्रयोग हुने स्थलका रूपमा अतिरिक्त आम्दानी पनि ल्याउने गर्छ। पर्यटकहरूको पुनः आगमन बढाउनमा पनि आकर्षक बगैंचाले सकारात्मक भूमिका खेल्ने तथ्य देखिएको छ।
पर्यटनसँगै गार्डेनिङ पेशाले गाउँ–सहरमा रोजगारीका अवसर बढाएको छ। स्थानीय बोटबिरुवा, हर्ब्स र सजावटी बिरुवाको प्रयोगले खर्च घटाउँछ र आत्मनिर्भरता बढाउँछ।
विशेषज्ञहरूका अनुसार, हस्पिटालिटी क्षेत्रमा गार्डेनर केवल बोट स्याहार्ने व्यक्ति होइनन्, उनी स्थलको सौन्दर्य, स्वास्थ्य, पहिचान र आर्थिक मूल्य निर्माण गर्ने मुख्य आधार हुन्।
हरियाली बिना हस्पिटालिटी अधुरो रहन्छ, त्यसैले अबका होटल, रिसोर्ट र होमस्टेमा दक्ष र सिर्जनशील गार्डेनरको उपस्थितिलाई अनिवार्य रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता बढ्दो छ।
🖋️ लेख / स्रोत: स्वर्णिम नर्सरी, भरतपुर – शुक्रराज आचार्य (Plant Doctor)