कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज लुम्बिनी प्रदेश

गाउँ जोड्ने सबै सडक अवरुद्ध

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार ३१, सोमबार ०७:४६
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, असार ३१ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् । गाउँपालिका वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–गोला, वडा नं. ३ को हुलाकी डाँडादेखि सिमलगैरा, सालडाँडादेखि चौभानचौर, वडा नं. ५ को मायाताल–रेक्चा, वडा नं. ६ को साल्म–कोइरालाबास र वडा नं. १० को घाटगाउँदेखि बिजौरा सडक अवरुद्ध भएका छन् ।

पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकमा ठाउँ ठाउँमा पहिरो खसेको छ । वडा कार्यालयहरूमा पुग्ने सबै जसो नाका ठप्प छन् । वातावरण अध्ययन पूरा नगरी प्राविधिकबिना डोजरका चालकद्वारा खनिएका सडकमा जहाँतहीँ ठाउँ ठाउँमा पहिरो गएका छन् । नयाँ खनेका सडकमा वर्षाले माटो बगाएपछि सडक हो कि खोला चिन्नै नसकिने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो ।

यहाँका बासिन्दाले बर्सेनि सडकका कारण सास्ती खेपिरहनुपरेको छ । पालिका अध्यक्ष विकले गाउँपालिकादेखि सदरमुकाम पुग्ने बेलासम्म यहाँका बासिन्दाले जति अरूले सास्ती खेप्नु नपरेको बताउनुभयो । सडक हिलाम्मे भएकाले यहाँका बासिन्दालाई सदरमुकाम वीरेन्द्रनगर आउजाउ गर्नमा झनै समस्या हुने गरेको उहाँको भनाइ छ । पश्चिम सुर्खेतमै रहेको पञ्चपुरी नगरपालिकाका प्रत्येक वडामा सडक पुुगेको छ तर ती सडकमा हिउँदमा सवारीसाधन चल्छन् । ट्र्याक खुलेदेखि स्तरोन्नति नभएका सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । यहाँका ग्रामीण सडक हरेक वर्ष बर्खाको समयमा बारम्बार अवरुद्ध भइरहन्छन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिबिच वडामा कसले पहिले सडक पु¥याउने भन्ने प्रतिस्पर्धा चल्यो । वातावरणीय प्रभाव मूल्याङ्कन र प्राविधिक लगतबिना धमाधम खनिएका सडकले अहिले यहाँका बासिन्दालाई सुविधाभन्दा पीडा दिन थालेका छन् । नगरपालिकाको वडा नंं. ५, ९, १० र ११ बाढीपहिरोको उच्च जोखिमा छन् । नगरपालिकाभर २०७१ को बाढीले ४२ जनाको मृत्यु भएको थियो भने धेरै बासिन्दा घरविहीन बनेका छन् । अहिले नगरपालिकाका विभिन्न वडामा बाटो अवरुद्ध हुने र नगरपालिकाले पहिरो पन्छाएर सवारीसाधन केही मात्रामा चल्ने गरेका छन् । लेकाली भेगमा सडक खनिएकाले पहिरोको जोखिम बढेको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो ।

यसै गरी पूर्वी सुर्खेतको लेकबँेसी नगरपालिकाले नयाँ निर्माण गरेका सडकखण्ड अवरुद्ध छन् । जथाभाबी सडक खन्दा आसपासका बस्तीहरूमा पहिरोको उच्च जोखिम छ । त्यहाँका सबैजसो सडकमा पहिरो जाने गरेको हो । नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार हचुवाका भरमा निर्माण गरिएका सडकले पहिरोको जोखिम झनै बढेको छ । प्राविधिक पक्षको ख्यालै नगरी सडक निर्माण गर्दा वडा नम्बर २ र ८ मा पहिरोको जोखिम बढेको उहाँले जानकारी दिनुभयो ।

यी केही प्रतिनिधिमूलक ग्रामीण सडकका उदाहरण हुन् । कर्णाली प्रदेशका बस्ती बस्तीमा सडक लैजाने होडबाजीका कारण सुविधाभन्दा धेरै विपत् निम्तने गरेको छ । लामो समयदेखि सडक पूर्वाधारका क्षेत्रमा काम गर्दै आउनुभएका इन्जिनियर हरि केसीले स्थानीय सरकार गठन भएयता गाउँमा सडक पु¥याउने होडबाजी चलेको बताउनुभयो । उहाँका अनुसार त्यसरी निर्माण गरिएका धेरै जसो सडकको प्राविधिक पक्षलाई बेवास्ता गरिएको छ । सङ्घीय र प्रदेश सरकार जस्तै पालिकाको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । बजेटको ठुलो हिस्सा सडक निर्माणमा खर्च गरिए पनि त्यसले सुविधाभन्दा बढी सास्ती हुने गरेको छ । प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भूभागमा अवस्थित छन् । भौगोलिक अवस्थाका कारण पनि प्रदेशभर पहिरो जस्ता प्राकृतिक विपत्को खतरा छ । यहाँको अधिकांश जमिन भिरालो हुँदा बर्खामा होस् वा खडेरीमा पहिरो गइरहन्छ । छरिएर रहेका बस्तीमा मनपरि सडक बनाइँदा पहिरोको जोखिम उच्च हुने गरेको प्राविधिकहरूले बताएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोबाट कर्णालीमा ठुलो मानवीय क्षति हुने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १७, आर्थिक वर्ष २०७९/८० मा ४० जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको हालसम्म छ जनाको पहिरोमा परी ज्यान गएको छ ।

Previous Post

उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

Next Post

चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

हुम्ला खार्पुनाथ–४ मा विनाशकारी आगलागी

२०८१ असार ३१, सोमबार ०७:४६
19
लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८१ असार ३१, सोमबार ०७:४६
32
गतिविधि

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

२०८१ असार ३१, सोमबार ०७:४६
29
जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

२०८१ असार ३१, सोमबार ०७:४६
42
गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

२०८१ असार ३१, सोमबार ०७:४६
59
अन्य

नेपालगन्जमा सिटी हलको उद्घाटन ( फोटो फिचर)

२०८१ असार ३१, सोमबार ०७:४६
54
Next Post

चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ असार ३१, सोमबार ०७:४६
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ असार ३१, सोमबार ०७:४६
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार ३१, सोमबार ०७:४६
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार ३१, सोमबार ०७:४६
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.