प्रकाश प्रसाद काफ्ले
ए झरी कति झर्छौ ? बाबा एक चोटि त रोकीदेऊ!
म थाकी सक्छु तिम्लाई रोक्दा रोक्दा
म भरियाम्मे भएको छु
अझै सोचेका हौला
के भरिन्थ्यो थोपा पोख्दा पोख्दा
किन बुझ्दैनौ तिम्ले मेरो पीडा एक चोटि त बुझिदेऊ…!!
की दया माया नै छैन तिमी संग !
सम्झाउँदै छु भुलेको भए…
यो भिग मागेको हैन तिमी सँग
हिजो तिमीसँगै रोयका र सङ्गै हाँसेका
याद भरिभराउ छन् होलान् तिमी सँग !!
सुन ….
म थाकेर नी रोकेर बसेको छु !
बलियो रसिले कसेर बसेको छु !
शरीर खस्न खोज्दै छ
थाकेर बस्न खोज्दै छ
दिनहुँ आउने यस्ता उडाप चडाप
दैनिकी डसेर बसेको छु ..!
म जब थाकेर पल्टिने छु
त्यो दिन ..
जमीन थर्किने छ
चट्टान बज्ने छ
मानिस कराउने छ
वातावरण डराउने छ
तर ढिलो हुने छ .…
म पैले नै अन्धो र बैरो भैसकेको हुनेछु !!