काठमाडौ -कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ताँजाकोट गाँउपालिका वडा ४ हुम्लाकी छप्पकला ढकाल काठमाडौंस्थित वीर अस्पतालमै थला परेकी छिन्।
कलेजाे प्रत्यारोपण गर्न झन्डै ३५ लाख खर्च हुने भएपछि हुम्लाको ताजाकोट गाउँपालिका– ४ की ४७ वर्षीया छप्पकला ढकाल महिनौँदेखि अस्पतालको बेडमै छिन्।
महिनौँदेखि अस्पताल धाउदै रोगको पहिचान नहुनजेल सम्म भएको आर्थिक सकियो बेडमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार सुरु गर्न नसकेको छप्पकलाका श्रीमान् नन्दप्रसाद जैसीले आर्थिक गुहार गरेका छ्न ।
श्रीमतीलाई बचाउन ३५ लाख लाग्ने भन्दै उनले आर्थिक सहयोगका लागि याचना गरेका छन्।
सहयोगको लागि हार्दिक अपिल
डाक्टरको सल्लाह अनुसार निजलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने अन्यथा निजको आयु लामो नरहने भन्ने सल्लाह प्राप्त भएको र नेपालमा कलेजो प्रत्यारोपण गर्दा करिब ३५ लाख बरावरको खर्च लाग्ने वुझिएको र निजको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले निज विरामी छप्पकला ढकालको जीवन रक्षाका लागि देश भित्र र बाहिर रहनु भएका सम्पुर्ण मनकारी आदरणीय व्यक्तित्वहरुले आफ्नो इच्छा अनुसार सहयोग गरिदिन हुन परिवारले विनम्र अनुरोध गरेको छ ।
‘यति ठूलो रकम कहाँबाट जुटाउनु ? गरिबको मर्नुबाहेक विकल्प छैन रहेछ,’ अस्पतालबाट उनले दुःख सुनाए। उपचारमा सहयोग गर्न चाहनेले ताजाकोट गाउँपालिकाको छप्रेलास्थित ग्लोबल आइएमई बैंकमा नन्दप्रसाद जैसीकाे नाममा रहेकाे खाता नम्बर २७४०७०१०००११३० मा रकम जम्मा गर्न नन्दप्रसादले आग्रह गरेका छन्। थप जानकारीका लागि माेबाइल नम्बर ९८४८३१७२५९ मा सम्पर्क गर्न उनकाे आग्रह छ।
