कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

कस्तुरी खबर by कस्तुरी खबर
२०८३ श्रावण १३, बुधबार १४:४८
0
63
SHARES
143
VIEWS
Share on FacebookShare on Twitter

 

प्रकाश काफ्ले
कालिकोट-महावै गाउँपालिकाका अधिकांश बस्तीमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँच पुगेर घर–घरमा उज्यालो फैलिसकेको छ। तर गाउँपालिकाको केन्द्र रहेको वडा नं. २ अन्तर्गतको ओदा बस्ती भने अझै पनि विद्युत् सेवाबाट वञ्चित रहँदै आएको छ।

स्थानीयका अनुसार गाउँपालिकाको कार्यालय रहेको यही वडामा विद्युत् पुगे पनि ओदा बस्तीमा अझैसम्म बत्ती नबल्दा दैनिक जीवन, अध्ययन, व्यवसाय तथा अन्य सामाजिक गतिविधि प्रभावित हुँदै आएका छन्। कार्यपालिका कार्यालयदेखि ओदा फाउन्डेसन, प्रदीया फाउन्डेसन हुँदै डिल्लिकोटसम्म विद्युत् विस्तार भइसके पनि आफ्नै बस्ती अन्धकारमै रहनु विडम्बनापूर्ण भएको उनीहरूको गुनासो छ।

नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार हुनुअघि साविक गेला गाविसमा लघु जलविद्युत् सञ्चालनमा थियो भने साविक ओदा–नकु गाविसका डिल्लिकोट, नकु र सीम्खेत क्षेत्रमा पनि लघु जलविद्युत्को सुविधा उपलब्ध थियो। तर त्यसबेलादेखि नै उपेक्षित रहँदै आएको ओदा बस्ती अहिले पनि पालिका, प्रदेश र संघीय सरकारबाट समान रूपमा बेवास्ता गरिएको स्थानीयको आरोप छ।

स्थानीयहरू प्रश्न गर्छन्, “हिजो लघु जलविद्युत् सञ्चालन भएका क्षेत्रमा आज राष्ट्रिय प्रसारण लाइन विस्तार भइसक्यो, तर महावै–२ को ओदा बस्तीमा अझै किन पुग्न सकेन?”

समाज सेवा र सामाजिक रूपान्तरणको उद्देश्यले स्थापना भएका ओदा फाउन्डेसन र प्रदीया फाउन्डेसन पनि यही वडामा सक्रिय छन्। ती संस्थाका भवनमा वर्षौंदेखि विद्युत् सुविधा उपलब्ध भए पनि बस्तीमा विद्युत् विस्तारका लागि प्रभावकारी पहल नभएको महसुस गर्दा स्थानीय निराश बनेका छन्।

केही वर्षअघि वितरण गरिएका सौर्य ऊर्जा प्रणाली (सोलार प्यानल) बिग्रिएपछि अहिले अधिकांश परिवार झर्रो, टुकी र सामान्य बत्तीको भरमा रात कटाउन बाध्य छन्। स्थानीयका अनुसार विद्युत् विस्तारका लागि पटक–पटक वडा कार्यालय र गाउँपालिकासँग पहल गरे पनि “ठेक्का प्रक्रियामा छ, छिट्टै जडान हुन्छ” भन्ने आश्वासनबाहेक ठोस उपलब्धि हुन सकेको छैन।

वर्षौंदेखि उज्यालोको प्रतीक्षामा रहेका ओदा बस्तीवासी अझै पनि एकदिन आफ्नो गाउँमा विद्युत् बत्ती बल्ने र अन्धकार हट्ने आशामै दिन बिताइरहेका छन्।

Previous Post

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

Next Post

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ श्रावण १३, बुधबार १४:४८
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ श्रावण १३, बुधबार १४:४८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ श्रावण १३, बुधबार १४:४८
368
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८३ श्रावण १३, बुधबार १४:४८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८३ श्रावण १३, बुधबार १४:४८
61
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८३ श्रावण १३, बुधबार १४:४८
28
Next Post

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८३ श्रावण १३, बुधबार १४:४८
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८३ श्रावण १३, बुधबार १४:४८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८३ श्रावण १३, बुधबार १४:४८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८३ श्रावण १३, बुधबार १४:४८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.