काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन्।
नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले भने, ‘कतिपय साथीहरुलाई गठबन्धन किन गर्नुप¥यो भन्ने लागेको होला। यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ। तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार मिश्रित निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत आउन कठिन रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले एकल बहुमतका लागि ठूलै जनप्रवाह हासिल गर्नुपर्ने बताए।
बहुमत ल्याएर कांग्रेसको एकल सरकार निर्माणका लागि एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पणभाव आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘ठूलो पार्टी भएको हुनाले सबैले एकैपटक जिम्मेवारी पाउन कठिन हुन्छ। मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टीजस्तो कांग्रेस होइन ।