मनसुरिया गाउकाे जिम्दार हाे । उसकाे घरमा सबै खानेकुरा सधै पुग्छ र अरुलाई पनि ब्रिक्रि वितरण गर्दछ । घरमा काम गर्ने मान्छे पनि राखेको छ । उसको संयुत्त परिवार छ ।त्यसमाथि कामदार पनि आठ दस जना राखेका थियोे । अरु सबै सरल र इमान्दार थिए तर सुनिताकाे छाेराे सलाम टाठाेबाठाे थियो ।
एकादिन मनसुरियाले कामदारहरु सबैलाई सम्झायाे छ ।काम सुस्त भएको छ तिमिले पाउने ज्याला घटाइ दिन्छु भनेछन । सबै राजि भए छन । सबैले काम दनादन गरेछन साहु खुसि हाेलान र आम्दानी बढेमा पैसा धेरै पाइन्छ भनेर पाे । साहु झन झन दिनानुदिन गालि र काम थप्दै गए । कतै काम नपाइने बेराेजगार र घर परिवारकाे गर्जाे टार्नु पर्ने हुनाले काेहि नबाेलेर लामो समयसम्म काम गरेर बसेका थिए ।
एक दिन सलामलाइ रिस उठ्यो छ । साहुलाइ नभनेर मनमनै साेचे छ । मेरा हात पाखुराले आजभोलि याे उमेरमा जस्तो पनि काम गर्न सक्छु । हामी यसरी थाेरै पैसामा दासी भएर बस्नु उचित हाेइन भनठानेर आफुले विद्रोह गर्नु पर्छ भनेर मानसिक बिम्ब तयार गर्दछ ।
झस्किएर बाबू बाजे देखि गर्दै आएकाे काम मैले विद्राेह गर्दा कतै समस्या आउने हाेकि भनेर आफै भित्र कुरा खेलाए ।चाडाे निर्णय लिनु पर्छ । आत गएको र बात पछाएकाे थाहा हुदैन भनेर उ साेच्दछ ।
घरमा बुवा मैले नदेख्दै वितिसके आमा त हुनुहुन्छ नि । उहाँ मेरो अविभावक हाे क्या । केही काम पर्दा घरका दारजुवा साेध्नु पर्छ भन्थे गाउका बुढा पाकाले । आमासँग सल्लाह लिन्छु ।
त्यो साउकाे घरमा अलि रिसाएको मुहारमा सलमान देखिन्छ। सगैका साथी नरिसाउ साहु गालि गर्लान भनेर भन्दछन ।हाेइन क्या म अब यहाँ काम छाेडेर घर जान्छु भन्छ । तर उसले परम्परा ताेडन गार्हो हुने साेचेर घरमा आमालाई भेटेर केही दिन काममा फर्किने गरेर घर हिड्ने तयारी गर्याे । कठाेर मालिक घर आउने भाडा समेत दिएन । झन सलमानकाे उर्जा बढ्यो । समस्याले नयाँ समधानकाे बीउ राेप्न सिकाउछ ।मैलो गरेकाे याेजना ठिकै छ । हाेइन के आमा के भन्नू हुन्छ भनेर साेचिरहन्छ । बाटोमा दुखकष्ट काटेर घर पुग्छ ।
कामकाे सिलसिलामा आमालाई आफुले भाेगेका पीडा र हाम्रो पुर्खाले काटेका दर्दनाक समयको कुरा सुनाउछ । अब म विद्रोह गर्न चाहन्छु आमा यी समाजका सामन्तीहरुलाइ ठेगान लगाउछु भन्दछ । आमा हसिलाे मुद्रामा भन्दछिन । दुधकाे भारा याे छाेराले पाे तिर्ला जस्तो छ । तिमीले आटे केही अपुग भए मेरो शरिरका पाटपुर्जा बेचेर पनि सघाउला । तिमी मुक्तिकाे लागि पक्कै लड ।
मलाई पनि थाहा थियो माइत बुबा र बाजे ,घरमा तिम्रो बुबा र बाजेले भाेगेका कुरा थाहा छन । मेरो मन पनि यी मालिकहरु प्रति अमिलो भैसकेको थियो ।
बाचे देशको सेवा गर्नु । मरे सहिद भएर अमर बन्नु । बाबू बिद्रोह शुरु गर । मान्छे भएर जन्मे पछि सत्यकाे खाेजि गर्न सिक्न पर्छ सत्यमा सन्तुष्टि र सुन्दरता भेटिन्छ । तिमी मरेर गए पनि जन्मेकाे धर्ती पवित्र वनाएर जाउ सन्ततिलाई स्वतन्त्रता दिलाएर जाउ । देशमा सुव्यवस्था ल्याउ ।
सलमान आमाको सल्लाह र आफ्नो अठोट बाेकेर विद्रोह गर्न हिड्याे । आफ्नो याेजना अनुसार मज्दुरहरुलाई दिनदिनै प्रशिक्षण दिदै विद्रोहमा लाग्न आह्वान गरे । कि मृत्युु कि मुक्ति गर्नु पर्छ । विद्रोह तर शान्तिपूर्ण हुन्छ ।
दिनानुदिन सलमानकाे विचारले साथ पायो । शान्तिपूर्ण आन्दोलनमा मानवीय शक्ति बढेर गयाे । साहु महाजन विस्तारै किनारा लाग्न थाले । आन्दोलनले विजय प्राप्ति गर्याे । कति धेरै शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाए । सलमानकाे एउटा आँखा र खुट्टा थिएन । नेतृत्व सगालि राखे सलमानले ।समाजवाद आयो । सबै जनताले सलमानलाई कार्यकारी राष्ट्पति बनाए । देश समानताकाे रथ चढेर अगाडि बढ्यो ।
आमा खुशीले गद् गद् भइन । छाेराकाे कर्म देखेर उत्साहित भइन । आफ्नो अर्ती पूरा भएकाे देखिन । हरेक महिलाको काेखबाट सलमान जस्ता छाेरा जन्मलिउन भनेर भनिन्। आमाहरूमा सहि दिशानिर्देश गर्ने शक्ति पलावस भनेर आमा सुनिताले आत्मिक वाक्य बाेलिन ।