प्रकाश प्रसाद काफ्ले – जाजरकोटमा भुकम्प पीडितको अस्थायी टहरा निर्माणमा जुटेको राष्ट्रीय युवा संघको टिमलाई स्थानीय बासिन्दाहरूले फुलमाला सहित बिदाई गरेका छन् !
उक्त विदाई हुने टिममा रास्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य जगत थापा सहितको टोली रहेको छ ।
उनीहरू केही दिन देखि दिन रात चिसो तातो नभनी भुकम्प पीडितको अस्थायी टहरा निर्माणमा जुटेका स्थानीयको भनाई छ । साथै सहयोगी हातहरू स्वयम भगमानका हातहरू भएको स्थानीयले बताएका छन् ।