नेपालगन्ज – सुर्खेतको गुटु ,चौकुनेमा सिमेन्ट उद्योगको काम अगाडी बढाउनेबारे छलफल भएको छ ।
मुक्ति श्री सिमेन्ट प्रालिले २०६६ मै खानी बिभागसंग सुर्खेत जिल्लाको चौकुनेको ,गुटुमा सिमेन्ट उद्योग खोल्ने सम्झौता भएको थियाे । हालसम्म पनि कुनै काम अगाडी नबढाएको तर १२ औं पटक सम्म नवीकरण मात्र गरिराखिएको अवस्था छ ।
उक्त क्षेत्रका प्रतिनिधी सांसद हृदयराम थानीकाे पहलमा उद्योग संचालनकाे वातावरणका लागि छलफल भएको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ,मन्त्रालयका सचिब मुकुन्द निरौला, मुक्ति श्री समुहका अध्यक्ष श अजय सुमार्गी, पन्चपुरी नगरपालिकाका पुर्वमेयर उपेन्द्र थापा र कालिप्रसाद शाक्य सहित छलफल भएको छ । छलफल सिमेन्ट उद्योगको काम यथासिघ्र अगाडि बढाउनेबारे बिषय केन्द्रीत थियाे ।