जागेश्वर थारु
बर्दिया । थारु समुदायमा ट्याटूलाई ‘गोधनी’ भनेर चिनिन्छ तर सामान्यतया वृद्ध महिलालाई टिकनिया भनिन्छ।
थारु समुदायमा महिला र पुरुष दुवैमा ट्याटु बनाउने चलन छ। महिलाहरूले आफ्ना हात, खुट्टा, खुट्टा र छातीलाई प्राकृतिक पौराणिक कथाहरू र ऐतिहासिक
घटनाहरूको प्रतिकात्मक डिजाइनले सजाउँछन्। अन्य चिन्हहरू केवल गहनाहरू जस्तै सौन्दर्यरूपले मनमोहक हेर्नको लागि थियो। यस समुदायमा नवजात शिशुको खुट्टा, हात वा छातीमा प्रायः चराहरूको डिजाइनसहित ट्याटु बनाइन्छ। यी ट्याटुहरू हिन्दू परम्परा अनुसार बनाइन्छ। आफ्नो शरिरमा ट्याटु खोपाउँदा स्वर्गमा स्थान मिल्ने उनीहरुको विश्वास छ ।
विवाह अघि मसी लगाउनु पनि उनीहरुको सौन्दर्य प्रक्रियाको एक हिस्सा हो।विवाहित थारु महिलाहरुका लागि ट्याटु अनिवार्य थियो र उनीहरुले विवाह
गर्नुअघि आफ्नो खुट्टामा ट्याटु कोर्ने गर्दथे तोरीको तेल र गाईको गोबर थारु संस्कृतिमा ट्याटु छप्नको लागि कपडा सिल्ने सियो गोबर निमको पाट र काँडको रूपमा प्रयोग गरिने परम्परागत मलम रहेकोबढैयाताल गाँउपालिका ५ कि मनतुरीया थारूले बताइन ।
थारू महिलाहरूले एक अर्काले देखेर गोड्नी अर्थात ट्याटु छपाउने गर्ने गरेको बढैया ताल गाँउपालिका ५ कि सितारानी थारूले बताईन । यसलाई टीका भनेर पनि चिन्ने गरेको थारूले बताईन । पहिला ट्याटु गाँउकै मानिसहरूले छाप्ने गरेका थिए । ट्याटु छापे बापत पहिलाको चलन अनुसार १ देखि २ रूपैँया लिने गरेका
थिए । यसलाई छाप्नका लागि दियो बाले। काले मसि जस्तै बनाउने गरेका हुन्थे। ५ देखि ७ सियो एउटै ठाँउमा बाधेर शारिरमा विभिन्न किसिमका चित्रको अकारदिएर छाप्ने गर्थे । पहिला गाई भैँसीको गोबर लगाएर ट्याटु छापेर सफा गर्ने गरेका थिए ।
ट्याटु छपाएको देखेर रहर लाग्थ्यो अनि छपाएको बढैयाताल गाँउपालिका ५ का चन्द्री थारूले बताईन । गाऊका बुढापाखाले भन्थे मर्ने बेला स्वार्गमा बास हुन्छ
। ट्याटुमै विभिन्न जनावर र भाँडा कुँडाको डिजाईन दिएर छपाएको बताईन ।पहिला गाँउका प्राय सबै जनाले ट्याटु छपाउने गरेका बताईन ।
समयमा महिला पुरूषले सस्कृतिक र पौरत्तीक विश्वासले ट्याटु छपाउने गरेका हुन्थे तर आजकालका युवा युवतीहरूले फेसनको रूपमा लिएर महाँगो महाँगो
शुल्क तिरेर ट्याटु छपमयने गरेको पाईन्छ । ट्याटु छपाएका मानिसहरूलाई सरकारी जागिर पाउन पनि असहज भएको पाईन्छ । सरकारले यतापनि ध्यान दिने कि
?