कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगन्ज मेडिकल कलेजमा नसा सम्बन्धी जटिल शल्यक्रिया सफल

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण ३०, मंगलवार ०७:३५
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।

दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा। निरज घिमिरे र डा। सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । यही साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

 

खगा यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थिइन् । सोही दिन उनलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान हुँदै बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको ९ब्रेन एन्यूरिज्म० समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो ।

‘यो निकै जटिल र दुर्लभ केस थियो । यस्तो समस्या भएका बिरामीमा जतिसक्यो छिटो अप्रेशन गर्नुको विकल्प हुँदैन,’ न्यूरो सर्जन डा। निरज घिमिरेले भने, ‘हामीले पनि समय खेर नफाली अप्रेशन गर्यौं र सफल भयौं ।’ राम्रो टिमवर्कका कारण सफल शल्यक्रिया भएको बताउँदै उनले भने, ‘पश्चिम नेपालमा ब्रेन एन्यूरिज्मको बिरामीको शल्यक्रिया सफल भएको यो नै पहिलो केस हो ।’

 

चिकित्सकका अनुसार यस्ता बिरामीलाई दुई तरिकाले उपचार गरिन्छ । एउटा– टाउको पूरै खोलेर ९क्लिपिङ० विधिबाट र अर्को– खुट्टाको नसाबाट तार छिराएर दिमागको फुटेको नसा बन्द गराउने विधिबाट । खगाको भने क्लिपिङ विधिबाट उपचार गरिएको थियो । बिरामीको जीवन जोखिममा पर्ने हुँदा क्लिपिङ पनि निकै जटिल मानिन्छ ।

‘ब्रेन एन्यूरिज्म’को समस्या भएका करिब ५० प्रतिशत बिरामीको समयमा अस्पताल नपुर्याउँदा र कतिपयको समयमै अस्पताल पुर्याए पनि उपचार जारी रहेको बेला र उपचारपछि पनि ज्यान जाने जोखिम रहन्छ । तर दाङकी खगा श्रेष्ठ सफल शल्यक्रियापछि केही दिन अस्पतालमै आराम गरेर घर फर्किएकी छन् ।

‘बिरामीको ज्यान जोगाउनु पर्ने थियो र हामीलाई च्यालेन्ज पनि थियो,’ न्युरोसर्जन डा। गौतमले उपचारको क्षण सम्झिए, ‘हामीले रिस्क फ्याक्टरबारे बिरामीका आफन्तलाई भनेका थियौं । उहाँहरु बुझ्ने हुनुहुँदो रहेछ, हामीलाई अघि बढ्नुस् भनेपछि हौसला मिल्यो ।’

डा। गौतम काठमाडौंको वीर अस्पतालबाट र डा। घिमिरे भारतको दिल्लीस्थित जिबी पन्त अस्पतालबाट एम।सी।एच न्यूरोसर्जरी सकेर नेपालगञ्जमा कार्यरत छन् । उनीहरुसँगै ऐनेस्थेसियोलोजिष्ट एसोसिएट प्रोफेसर डा। नविन रेग्मी, ऐनेस्थेसियोलोजिष्ट डा। कपिल पोखरेल, एसिस्टेन्ट डा। अनिशा घिमिरे, न्यूरोसर्जन एसिस्टेन्ट अर्सद खान तथा स्टाफ नर्स रोशनी बस्नेत र कमला वली शल्यक्रियामा संलग्न थिए ।

अप्रेशनको बेलामा बिरामीको प्रेसर बढाउन नपाइने भएकाले ऐनेस्थेसियोलोजिष्टको ठूलो भूमिका रहने एसोसिएट प्रोफेसर डा। नविन रेग्मी बताउँछन् । ‘ब्रेनमा यति सानो नसा हुन्छ कि माइक्रोस्कोपमा हेरेर अप्रेशन गर्नुपर्छ । एकपटक नसा फुटिसकेको बिरामीमा फेरि प्रेसर बढेर नसा फुट्यो भने बचाउन सकिँदैन । तर हामी यस्तो जोखिमका बीच सफल भएका छौं,’ उनले भने ।

अस्पतालबाट डिस्चार्ज हुनुअघि बिरामी, बिरामीका आफन्त र उपचारमा संलग्न चिकित्सक तथा नर्सको टोली ।
अप्रेशन सकिएको केही घण्टापछि नै होस आएर खानपिन गर्न थालेकी ५३ वर्षीया खगा श्रेष्ठले नयाँ जीवन पाएको अनुभूति भएको बताइन् । ‘एक्कासी टाउको दुखेर अचेत भएछु, अहिले होसमा आउँदा पो थाहा भयो यति ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘उपचारपछि नयाँ जीवन पाएँ ।’

न्यूरो सर्जन डा। गौतमका अनुसार चुरोट सेवन गर्ने र उच्च रक्तचापका बिरामीमा ब्रेन एन्यूरिज्मको जोखिम रहन्छ । तर ‘ब्रेन एन्यूरिज्म’का अधिकांश बिरामीमा पूर्व लक्षण देखिँदैन । कसैकसैले एक–दुई हप्ता अगाडि टाउको दुखेको अनुभव सुनाउँछन् । यदि नसा फुटिसकेको रहेछ भने बिरामीलाई असह्यै हुने गरी बेस्सरी टाउको दुख्ने र बेहोस् हुने हुन्छ ।

यदि टाउको दुख्यो भने सामान्य रुपमा नलिइ चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ । चिकित्सकको सल्लाहविना आफूखुसी दुखाइ कम गर्ने औषधि खाएमा बिरामीको अवस्था झन् जटिल हुने डा। गौतम बताउँछन् । चिकित्सकहरुले अस्पतालमा सीटी एनजीओग्राफी गरेर मस्तिष्कको अवस्था हेर्छन् । यदि नसा फुटेको पाइए अप्रेशन गरेर उपचार गरिन्छ ।

‘प्रायजसो यस खालको समस्या पत्ता नै नलागेर अधिकांश बिरामीहरुको मृत्यु हुने गर्दछ । रोग पत्ता लगाइहाले पनि प्रयाप्त स्रोत साधन र जनशक्ति अभावले बिरामीहरुको जीवन समाप्त हुन्छ,’ डा। गौतम भन्छन्, ‘सफल अप्रेशनपछि बिरामीको ज्यान जोगाउन सफल भयौं । बिरामी र बिरामीका आफन्तबाट स्याबासी पायौं । यसबाट उपचारमा अझ बढी प्रेरणा र ऊर्जा मिलेको छ ।’

Previous Post

बागेश्वरीकाे महाआरतीमा मुख्यमन्त्री सहभागी

Next Post

गुटुमा कहिले सिमेन्ट उद्योग खुल्छ ?

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३०, मंगलवार ०७:३५
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण ३०, मंगलवार ०७:३५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण ३०, मंगलवार ०७:३५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण ३०, मंगलवार ०७:३५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण ३०, मंगलवार ०७:३५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण ३०, मंगलवार ०७:३५
19
Next Post

गुटुमा कहिले सिमेन्ट उद्योग खुल्छ ?

धम्वोझीमा ठडिएला त बिरेन्द्रको शालिक ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३०, मंगलवार ०७:३५
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण ३०, मंगलवार ०७:३५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण ३०, मंगलवार ०७:३५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण ३०, मंगलवार ०७:३५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.