नेपालगन्ज : नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा हुने सन्ध्याकालिन महाआरतीमा साउनको अन्तिम सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी सहभागी भएका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अगुवाईमा सुरु भएको महाआरतीलाई बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले निरन्तरता दिदै आएको छ ।
मन्दिर परिसरमा सोमबार बेलुकी मुख्यमन्त्री चौधरीसहित प्रदेश कृषि मन्त्री भण्डारीलाल यादव, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल लगायत पाँच हजार बढी भक्तजनहरु सहभागी भएको महासचिव झबिलाल शर्माले जानकारी दिए ।
