नेपालगन्ज – दमयन्ती फाउन्डेसनका सस्थापक अध्यक्ष तत्कालीन परिवर्तन समुहका कार्यक्रम संयोजन ,रिकभरिङ्ग नेपालका मध्य तथा सुदुरपश्चिमका क्षेत्रीय संयोजक नयन राज रावलको ७ औं स्मृति दिवस मनाइएको छ ।
साे अवसरमा दमयन्ती फाउन्डेसनले हरेक बर्ष रावलकाे स्मृतिमा अहसाय , अनाथ ,बृद्ध बृद्दाको तथा लागू औषध दुर्ब्यसन विरुद्धमा वा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्ने ब्यक्ति तथा संघ संस्थालाइ सम्मान तथा पुरस्कर वितरण गर्दै आइरहेको छ ।
यस बर्षको नयन राज रावल स्मृति तथा सम्मान पुरस्कर २०८० ले भेरी अस्पतालमा ग्यास्ट्रोफिजिसियन पदमा कार्यरत डाक्टर संकेत रिसालले यस क्षेत्रमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पुर्याएमुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरेको छ ।