बाँके– बालयौन दुरुपयोग गर्ने हुम्लाका एकजना चाइल्ड केयर सेन्टरका संचालक ललितपुरमा पक्राउ परेका छन् ।

हुम्ला जिल्ला, सिमिकोट गाउँपालिका वडा नं.–६ स्थायी घर भई हालजिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २२ बुङ्मतिमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर संचालन गरी वस्नेबर्ष ४१ को दत्त सिंह बुढा पक्राउ परेको नेपाल प्रहरीले बताएको छ ।
बुढा माथी प्रहरीले गत आषाढ महिनादेखि श्रावण २६ गते विहानसम्मसोही चाइल्ड केयरमा बस्दै आएकी बर्ष ८ कीपरिवर्तित नाम जावलाखेल –२” लाई संवेदनशिल अंग योनी तथा शरिरको बिभिन्न भागमा समाउने, सुमसुम्याउने कार्य गरेको अभियोग लगाएको छ ।
सो कार्य नगर्नु भन्दा बुढाले उल्टो बालिकालाई निलडाम हुने गरी कुटपिट गरी शारिरिक यातना दिई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी परेको छ । सोही आधारमा बुढालाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट पहिलो पटक दिन ७ (सात) म्याद थप गरीबिस्तृत अनुसन्धान भइरहेको छ । हाल बालिकालाई संरक्षण गृहमा राखिएको छ ।