नेपालगन्ज -बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् ।
जसलाई संरक्षण र सम्बर्दन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, सङ्कटमोचन हनुमान मन्दिर,
जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको धर्मगरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।
त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार,वाटरपार्कआदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज,कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा डेढ अर्ब
लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् ।
त्यस्तै राझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ । व्यवसायीहरु नेपालगन्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी
बढाउन जरुरी भएको बताउँछन् ।
पश्चिम नेपालकै पहिलो माउन्टेन फलाइटका रुपमा नेपालगन्ज–मानसरोवर उडान पनि भयो ।
पर्यटनमा पश्चिम नेपालको प्रवेशद्वारका रुपमा नेपालगन्जलाई स्थापित बनाउने पहल र प्रयास स्वरुप आयोजना हुन लागेको ‘वेष्टर्न ट्राभल मार्ट’अन्तर्गतको दोस्रो संस्करणमा मानसरोवर ‘माउन्टेन फलाइट’को सुरुवात गरीयो ।
नाट्टा बँके च्याप्टरका अध्यक्षसमेत श्रीराम सिग्देलले माउन्टेन फलाइपर्यटन रुटका लागि पहिलो रेखा भएको बताउदै त्यसपछि राजमार्ग बनाउने बताए ।
नाट्टा बाँके पहल र प्रयासमा यसअघि नेपालगन्ज–पोखरा यसरीनै सीता एअरसंग चार्टर फलाइट गरिएपछि बुद्ध, यती लगायतका कम्पनीले व्यवसायिक उडाको
सुरुवात गरेका थिए ।
।‘हामी आशावादी छौ, नेपालगन्ज–मानसरोवर माउन्टेन फलाइट हामीले चार्टरबाटै शुरुवात गर्दैछौं, क्रमशः व्यवसायिक उडानमा परिवर्तन हुनेछ,’ सिग्देलले
भने, ‘एयरवेज कम्पनीले गर्नुपर्ने काम हाम्रो अग्रसरतामा गरिएको हो ।
योजना अनुसारको ९० मिनट माउन्टेन फलााइटका क्रममा कैलाश मानसरोवरसंगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिने छ । कोभिड महामारीपछि
कैलाश मानसरोवर प्रत्यक्ष दर्शनका लागि चिनले नाका बन्द गरेपछि हवाई दर्शको विकल्प निकै महत्वपूर्ण हुने विश्वास पर्यटन व्यवसायीको छ ।यसलाई निरन्तरता दिन सकियो भने निकै ठुलो अवसर निर्माण हुनेमा बिश्वस्त
छौं,’ हानका कोषाध्यक्ष डा। ओम मिश्रले उत्साहित हुदै भने, ‘यो महत्वपूर्ण पहल र प्रयासलाई राज्यका सरोकारवाला निकायले सकारात्मक रुपमा लिएर समन्वय गरिदिनुपर्छ ।’
यस्तै धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा महाआरती आयोजना गरिएको छ । शक्तिपीठका लागि निकै महत्त्वपूर्ण मानिने महाआरती बागेश्वरीमा पहिलो पटक आयोजना गरिएको हो ।
नाट्टा बाँके च्याप्टर नेपालगन्ज र वेष्टर्न ट्राभल मार्ट नेपालको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सहकार्यमा हरेक सोमबार महाआरती लाइ निरन्तरता दिइएको छ ।
नगरप्रमुख विष्टले बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार महाआरती गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताए । उनले महाआरतीलाई
नियमित रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ,’ नगर प्रमुख प्रशान्त विष्टले निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।
यस्तै उनले जुंगे महादेवसम्मको पुललाई पुनर्निर्माणका लागि टेण्डर भइसकेको जानकारी दिँदै बागेश्वरी परिसरको छेउमै रहेको गौशाला हनुमानगढी नजिक १ सय ८ फिटको हनुमान मूर्ति बनाउने काम छिट्टै सुरु हुने बताए ।
पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते महाआरती गरिएको थियो । बागेश्वरीलाईधार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा लिँदै नाट्टा बाँके च्याप्टरले पर्यटकीय आकर्षणका लागि महाआरतीको परिकल्पना गरेको
बताइएको छ ।