नेपालगन्ज – बाँकेका अधिकांस ठूला उद्योगमा भारती कामदारहरु छन् । उनीहरु बिना उद्योग
चल्न नसक्ने अवस्था रहेको भएपनि पछिल्लो समय भने उद्योगहरुले स्वदेशी कामदारलाई प्राथमिकतामा राख्दै आएका छन् ।
स्वदेशमा रोजगारी नपाएको भन्दै नेपालीहरु दैनिक संयौ बिदेश गइरहेका बेला नेपाली उद्योगमा भने भारतीय कामदारको बर्चस्व देखिथ्यो ।
त्यसको कारण खुलाउँदै गणापुरमा रहेको एउटा उद्योगका प्रबन्धक भन्छन–‘मेशनरी सामान चलाउन जान्ने दक्ष कामदार नहुँदा भारतीय कामदार
राख्नुपर्ने बाध्यता छ । नभई नहुने अवस्थामा बाहेक अन्यथा नेपाली कामदार नै राख्ने गरिएको छ ।’ उनको उद्योगमा झण्डै अढाई सय कामदारहरु कार्यरत छन् ।
मुख्य मेशिनरी सामाग्री चलाउने भारतीय छन् ।
उद्योग आफैले मेशिनरी सामान चलाउन सिकाउँदै स्वदेशी कामदारलाई प्राथमिकता
दिइरहेको उनको भनाई छ । उद्योगमा स्वदेशी कामदारलाई प्राथमिकता दिइने
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव ओली बताउँछन् । रोजगारी
सिर्जनामा उद्योगको भूमिका ठूलो रहेको बताउँदै उनले दक्ष कामदार
निर्माणमा उद्योगीहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।