कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

सरकारी असहयाेगले कर्णालीमा नबन्ने भयाे ठूलो लगानीकाे सिमेन्ट उद्योग

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २२, सोमबार ०३:०६
0
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सरकारले आवश्यक पूर्वाधार तयारीमा सहयोग नगरेपछि कर्णाली प्रदेशकै ठूलो लगानीमा आउन लागेको एक सिमेन्ट उद्योगका लगानीकर्ता पछि हटेका छन्।

नेपाल विद्युत प्राधिकरणले कारखाना स्थलसम्म बिजुली पुर्‍याउन काम सुरु नगरेको तथा उद्योग र खानीसम्म पहुँचमार्ग बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहयोग नगर्दा सुर्खेत पञ्चपुरीस्थित चौकुनामा स्थापना हुन लागेको सूर्यतारा सिमेन्टका लगानीकर्ताले हात झिक्ने मनस्थिति बनाएका हुन्।

सूर्यतारा सिमेन्टका सञ्चालक मुकुन्द तिमिल्सिनाले उद्योग स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने तयारीमा थिए।

विद्युत प्राधिकरणले बिजुली नदिने र सरकारले प्रतिबद्धता जनाएअनुसार पहँुचमार्ग नबनाएपछि सिमेन्ट उद्योगबाट हात झिक्ने सोच बनाएको सूर्यतारा सिमेन्टका एक सञ्चालकले बताए।

सरकारले सहजीकरण नगरेपछि उद्योग स्थापनाका लागि लगानी बोर्डसँग समझदारी (एमओयु) गर्न नगएको ती सञ्चालकले स्पष्ट पारे। यसअघि बोर्ड र सूर्यताराले मस्यौदा तयार पारी एमओयु गर्न लागेका थिए।

लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले सूर्यताराका सञ्चालक एमओयु गर्न नआएको बताए। बोर्डबाट लगानी स्वीकृति भएपछि एमओयु गर्नुपर्नेमा सूर्यताराका सञ्चालक नआएको उनको जिकिर छ।

बिजुली र पहुँचमार्गमा केही समस्या देखिएको स्वीकार गर्दै उनले यसका लागि लगानी बोर्डले पहल गरिररहेको बताए।

२०७८ चैत १७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५०औं बैठकले सूर्यतारा सिमेन्ट उद्योग स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको थियो। सूर्यतारा सिमेन्टले कारखाना स्थापना र क्लिंकर उत्पादन पूर्वाधारमा उक्त लगानी गर्ने तयारी गरेको थियो।

सिमेन्ट उद्योग र खानीसम्म पुग्न पहंँचमार्ग र बिजुली आपूर्ति पूर्वाधार बनाउने जिम्मा सरकारले लिएको छ। सरकारले लिएको जिम्मेवारी पूरा नगरेपछि लगानी गर्नबाट पछि हट्ने मनस्थिति बनाएको ती सञ्चालकले बताए। उद्योग खुल्ने वातावरण नबनेपछि उद्योगले केही इन्जिनियर र कर्मचारी हटाएको छ।

कर्णाली प्रदेशबाट संघमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, जलस्रोत तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला छन्।

 

बिजुलीको ग्यारेन्टी नभएपछि सूर्यतारा सिमेन्टमा आउन लागेको साढे १४ अर्ब लगानी रोकियो
तीनैजना मन्त्रीले पञ्चपुरीको चौकुनामा सिमेन्ट उद्योग पूर्वाधार बनाउन सहयोग नगरेको ती सञ्चालकको गुनासो छ। सरकारले सहयोग नगर्ने र स्थानीयले पनि सकारात्मकरूपमा उद्योगलाई नहेरेको उनको गुनासो छ।

कर्णाली प्रदेशमा उत्पादन गरेर सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट आपूर्ति गर्न सुर्खेतको पञ्चपुरी गाउँपालिका चौकुनामा कारखाना स्थापनाका लागि बोर्डले सूर्यतारालाई स्वीकृति दिएको थियो।

बिजुली आपूर्तिको ग्यारेन्टी नहुँदा बैंकहरूबाट ऋण नपाउने अवस्था आएको ती सञ्चालकको भनाइ छ। नेपालमा सिमेन्ट उद्योग धेरै भएको निष्कर्ष निकाल्दै बैंकहरूले लगानी गर्न नचाहेको उनको भनाइ छ।

उद्योग सञ्चालन हुने क्षेत्र चौकुनासम्म बिजुली पुग्ने ग्यारेन्टी हुनासाथ बैंकबाट ऋण लिने र सिमेन्ट उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणका काम पनि तत्कालै सुरु हुने ती लगानीकर्ताको भनाइ छ।

उद्योगका लागि कैलाली लम्कीचुहाबाट २६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत बिजुली आपूर्ति गर्नुपर्ने हुन्छ। उद्योगलाई २० मेगावाटभन्दा बढी बिजुली आवश्यक पर्ने छ। यद्यपि, विद्युत प्राधिकरणले बजेट नभएको भन्दै उद्योगसम्म बिजुली पु¥याउन ढिलाइ गरिरहेको छ।

 

प्राधिकरणले बिजुली दिने मिति ग्यारेन्टी नगर्दा कारखानाको पूर्वाधार निर्माण अनिश्चित बनेको छ। कारखाना पूर्वाधार निर्माण सुरु गरेको २४ महिनाभित्र सूर्यताराबाट सिमेन्ट उत्पादन थाल्ने योजना लगानीकर्ताले बनाएका थिए।

सूर्यताराले सिमेन्ट उद्योग स्थापना गर्न ४० बिघा जग्गा खरिद गरिसकेको छ। यस्तै जग्गा तारबार लगाएर घेर्ने काम सकिएको छ। दैनिक करिब ३ हजार टन क्लिंकर र ३ हजार टन (६० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य थियो। उद्योगले सिमेन्ट बेचेर वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको थियो।

कूल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण र बाँकी संस्थापकहरूको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग बन्न लागेको हो।

विस्तृत अध्ययन भएर कारखानाको पूर्वाधार तयारपछि उद्योग सञ्चालमा आउने छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट उद्योग छैन। दाङबाट सिमेन्ट लैजाँदा खरिदकर्ताले ढुवानी खर्चमात्रै बोराको ९० देखि १ सय २५ रुपैयाँसम्म बढी तिर्नुपरेको छ।

सोही क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गरेपछि उपभोक्ताले ७०–८० रुपैयाँसम्म सस्तोमै सिमेन्ट किन्न पाउने उद्योगीको भनाइ छ। उद्योगका लागि चाहिने चुनढुंगा खानी सुर्खेत बराहतालमा लिइएको छ।

दाङ सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योग स्थापना सूर्यताराका सञ्चालक मुकुन्द तिमिल्सिनाले गरेका हुन्। विवाद आएपछि उनले ३० प्रतिशत सेयर उद्यमी विनोद चौधरीलाई बेचेर सम्राट सिमेन्टबाट बाहिरिई सूर्यतारा सिमेन्ट खोल्न लागेका हुन्।

सम्राटले २०७४ देखि सिमेन्ट उत्पादन थालेको थियो। कम्पनीले सुरुमा ३ अर्ब ५१ करोड लगानी गरेको थियो। अनिल रुंगटा र मुकुन्दबीचको विवादले उद्योगको बिक्रीमा समेत ठूलो प्रभाव परेको थियो।

मुकुन्दले अम्बे सिमेन्टमा लगानी गरेका थिए। त्यस्तै युनाइटेड मोदी होइड्रोपावर र अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म लगानी फैलाएका छन्। भिभो मोबाइलका अध्यक्ष पनि उनी नै हुन् । क्यापिटल नेपालबाट

Previous Post

बर्सेनि ओरालोतर्फ जडिबुटी निकासी

Next Post

ड्रागन फ्रुटसंगै पुष्पखेतीमा युवा

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २२, सोमबार ०३:०६
38
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २२, सोमबार ०३:०६
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २२, सोमबार ०३:०६
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २२, सोमबार ०३:०६
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २२, सोमबार ०३:०६
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २२, सोमबार ०३:०६
19
Next Post

ड्रागन फ्रुटसंगै पुष्पखेतीमा युवा

राष्ट्र बैंकको कारबाहीमा परे यी बैंक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २२, सोमबार ०३:०६
38

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २२, सोमबार ०३:०६
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २२, सोमबार ०३:०६
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २२, सोमबार ०३:०६
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.