नेपालगन्ज – सुर्खेत गुर्भाकोट –१४ का युवा हिरा बहादुर घर्तीले एचए पढे तर उनी कृषिकर्ममा जमेका छन् । ड्रागन फ्रुट उत्पादन गरेर चर्चा कमाएका उनी दशैं,तिहार लक्षित गरे पुष्प खेती गरिरहेका छन् ।
दसैं र तिहारलाई लक्षित गरेर २५ कट्ठा भन्दा धेरै जग्गामा पुष्प खेती गरिरहेको घर्ती बताउँछन् । उनले “कर्णाली ड्रागन फ्रुट फर्म “नामको कृषि फर्म संचालक गरी बिगत २ बर्ष देखि ड्रागन, सयपत्री र मखमली फुल खेती गर्दै आएका हुन ।
यो बर्ष मात्रै झण्डै १ बिघा ५ कट्ठा भन्दा धेरै जग्गामा फुलखेती बिस्तार गर्ने योजना बनाएका छन् । कर्णाली प्रदेशका सबै जिल्ला लगायत बाँके, बर्दिया, कैलाली ,कञ्चनपुर ,र महेन्द्रनगर गरि झण्डै एक लाख सयपत्रीका बिरुवा बितरण गर्ने लक्ष्य राखेका छन् । साथै फूलमा आत्मनिर्भर मात्रै हैन मनग्ये आम्दानी गर्न श्रोत बनोस् भन्ने कामना गरेका छन् ।