शुक्रराज आचार्य (कृषि प्राबिधिक )
–परिचय
सयपत्री फुल अतिथि सत्कार, पुजाआजा र चाद्पर्बहरुमा माला बनाइ तथा मन्दिरहरुमा थुंगा चढाउनका लागि प्रयोग गरिने फुल हो l यो फुल धेरै रंगमा पाइन्छ l यसको बैज्ञानिक नाम Tegetes sp हो l
सयपत्री दक्षिण अमेरिका क्षेत्रको रैथाने बिरुवा हो l नेपालमा यसको खेति तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ l यो फुलको आयात भारतबाट प्रशस्त मात्रामा हुने गरेको छl हाम्रो देशमा उपयुक्त बाताबरण भएकोले यसको खेति गरि विदेशबाट हुने आयात कम गर्न सकिन्छ l
-हावापानी
सयपत्रीको खेति समुन्द्र सतहबाट १५० मिटरदेखि २००० मिटरसम्म सफलतापुर्बक गर्न सकिन्छ तर उच्च पहाडमा बढी चिसोको कारणले बर्षको एकपटक मात्र यसको खेति गर्न सकिन्छ l यसको लागि तापक्रम १४ देखि २८ डिग्री सेल्सियस गर्न सकिएतापनि १५ देखि २५ डिग्री सेल्सियस तापक्रम बिरुवाको राम्रो वृद्धि हुने र फुल चाडै फुल्ने गर्दछ l
-माटो
सयपत्री फुल खेति गर्न प्रशस्त प्रांगारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ l माटोको पी. एच. ५.५ -६.५ सम्म राम्रो मानिन्छ l
-पानीको निकास
सयपत्री फुल खेति गर्दा पानीको राम्रो निकासको व्यवस्था मिलाउनु पर्दछ l जमिनको चारैतर्फ ३० से.मी. गहिरो, ३० से.मी. चौडाईको कुलेसोको व्यवस्था मिलौनुंपर्छ l यदि निकासको व्यवस्था नभएमा यस फुलको जरा कुहिएर जान्छ l
-जात
•स्थानीय सयपत्री : रातो, पहेंलो, सुन्तला रंग, फिका पहेलो र कलेजो
•कलकतिया
•हाइब्रिड : पहेलो, सुन्तला रंग
•फ्रेन्च : मेरी गोल
• पुष्प पत्रदलको आधारमा यसलाई T. Tenufolia, T.Patula,T.Irrecta,T.Lukida

-मलखाद
सयपत्री फुल खेति गर्दा राम्रो पाकेको गोबर मल ५० देखि ६० डोको र २० के. जी. नाइँट्रोजान र १० के.जी. फस्फोरस प्रति रोपनीको दरले राख्नुपर्छ l
-बेर्ना दर
सयपत्री फुलको बेर्ना करिब ४०*७० से.मी. ड्यान्ग देखि ड्यान्ग र बोट देखि बोटको दुरी कायम गरि ड्यान्गको उचाई १०-१५ से. मी. हुनुपर्दछ l
-लगाउने समय
हिउँद महिनामा सामान्य चिसो हुने क्षेत्रमा श्रावन-भाद्र महिनामा बिरुवा रोप्ने गरिन्छ भने हिउद महिनामा धेरै चिसो हुने क्षेत्रमा फाल्गुन-चैत्रमा रोपिन्छ l बिरुवा रोपेको दुइ देखि अढाई महिनामा फुल फुल्न थाल्दछ l
-जमिनको तयारि र बेर्ना रोपण
खेतलाई २ ३ पटक खनजोत गरि माटो मसिनो बनाउने र बेर्ना रोप्न लाइन कुलेसो वा प्वाल बनाई पाकेको गोबर मल प्रति १ के.जी. को दरले राख्ने र बेर्ना सार्ने l बेर्ना रोपिसकेपछि बिभिस्टिन १-१.५ ग्राम प्रति लिटर पानीमा राखेर प्रतेक बेर्नामा ड्रेचींग गर्ने l सयपत्री फूलमा डढुवा रोगको निकै समस्या देखिने भएकोले बेर्ना रोपेको ७-१० दिन भित्रै डायथियन एम ४५ वा मन्कोजेव युक्त ढुसिनाशक बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने l यसरि १० १० दिनको फरकमा डायथियन एम ४५ ले स्प्रे गरेको खण्डमा डडुवा रोग लाग्न बाट बच्न सकिन्छ l जसको कारण उत्पादन बढी लिन सकिन्छ l
-बिशेष कार्य
पिन्चिंग सयपत्री फुलको लागि महत्वपुर्ण कार्य हो l बिरुवालाई होचो र बिरुवाको फैलावट बढाउन बिरुवाको टुप्पो चुडीदिनु पर्छ जसले उत्पादनमा बृदि ल्याउदछ l बिशेष गरि ६ देखि ८ इन्च अल्को हुदा सयपत्रिलाई पिन्चिंग गरिन्छ जसले अन्य हान्गहरुको विकास हुन्छ l
-गोडमेल
बेर्ना रोपेको १५ -२० दिनमा खेतमा आएको झर्को अवस्था हेरी गोडमेल गर्नुपर्छ l कुनै बिरुवाहरूमा कोपिला लागेको भए उक्त कोपिला पिन्चिंग वा चिमोटेर हटाइदिनु पर्छ l यसरि कोपिला हटाइदिदा बोट झ्याँगिएर राम्रो संग फैलिन्छ l
-उत्पादन
कलकतिया जातको सयपत्री थुंगा एकै साईजको फुल्ने भएकोले मालाको लागि एकदमै उपयुक्त हुन्छ र बजार मूल्य पनि राम्रो पाइन्छ l