सुर्खेत – “खाद्य पदार्थमा मापदण्ड, जीवनरक्षाको आधारस्तम्भ” भन्ने मूल नाराका साथ सप्ताहव्यापी (१८-२४ ज्येष्ठ २०८०)भव्य रुपमा मनाइरहेको विश्व खाद्य स्वच्छता दिवस (World Food Safety Day)-2023, ७ जूनका दिन आज सुर्खेतमा खाद्य प्रावधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजना तथा कर्णाली प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सह-आयोजनामा सम्पन्न भएको छ ।
कृषि मन्त्री भिम प्रकाश शर्मा, कृषि सचिव डा.नरहरी प्रसाद घिमिरे सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापा लगायत सुर्खेत जिल्लाका कर्मचारी, खाद्य उद्योगी , व्यवसायी उपभोक्ताकर्मी, सुरक्षाकर्मी , ससंचारकर्मी, खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ संघ (नेफोस्टा) का प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरुको सहभागीतामा सुचना सन्देश सहित प्रभातफेरी तथा कोण सभा कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
सप्ताहब्यापी रूपमा मनाईएको कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धि सुचना संदेश प्रचार प्रसार, खाद्य उद्योग तथा बजार अनुगमन, होटल/रेष्टुरेन्ट/स्ट्रीट फुडको अनुगमन/निरिक्षण गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरिक्षक बिबेक कुमार सुबेदीले जानकारी दिनुभयो।
