बाँके– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ।
शुशील काेईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा बहुप्रतिक्षित लिन्याक मेसिन आइपुगेकाे अवस्थामा रेडिएसन सेवा सुरु भएसँगै अब क्यान्सरकाे सबै उपचार खजुरामा सम्भव हुने भएको छ।
चितवनबाट पश्चिम क्षेत्रमा पहिलाेपटक याे सेवा शुशील काेइराला प्रखर क्यान्सर अस्पतालमा अतिशीघ्र सुरुवात हुने अस्पतालका कार्यककारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा निरज भट्टराईका अनुसार यो मेसिन छिट्टै संचालनमा आउने जनाउनु भएको छ।
डा भट्टराईको अनुसार लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेसिन हो र यो रेडियोथेरापीको लागि अति आवश्यक मेसिन भएको बताउनु भयो ।
नेपालको चितवनबाट मध्यपश्चिम क्षेत्रमा र सुदूरपश्चिममामा यो पहिलो लिन्याक मेसिन संचालनमा अब छिट्टै आउने डा.भट्टराईले बताउनु भयो
यो मेसिन संचालनमा आएपछि क्यान्सरका बिरामीले सेकाईको लागि भारत या काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको सधैंको लागि अन्त्य हुने डा.भट्टराईले बताए।
‘यो मेसिन सुशील कोइराला अस्पतालमा संचालनमा आउनाले क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई, अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने भएको छ,अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाई यहींबाट हुने भएको छ,’ उहाँले भन्नू भयो । 
उक्त मेसिन नेपाल सरकारको अनुदानमा प्राप्त भएको डा भट्टराईले बताए। अब आउने दिनहरुमा बिरामीहरुलाई अस्पताल सम्म आईपुग्न सहज वातवरण बनाउन अस्पतालले गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गर्ने, थप एम्बुलेन्स लगाएतका व्यवस्था गर्ने र क्यान्सरसँग सम्बन्धी जचेतानामुलक कार्यक्रम गर्ने जनाएको छ।
अनुदान प्राप्त भएको लामो समयपछि धेरै प्राविधिक जटिलताकाबीच मेसिन अस्पताल आईपुग्दा निकै खुसी लागेको डा भट्टराईले बताए।
हाल टाउको, घाँटी, मुटु, पोक्सो, रक्तनली सम्बन्धी क्यान्सरको उपचारका साथै मेडिकल अङ्कोलोजी, सिटीस्क्यानको माध्यमबाट गरिने बायोप्सी, तनाव लगायका अन्य समस्याको उपचार पनि अस्पतालमा उपलब्ध रहेको छ । पछिल्लो समयमा पश्चिम नागरिकका लागि क्यान्सर अस्पताल वरदान सावित हुँदै गएको छ ।
आइसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शैय्याको ‘पोजिटिभ प्रेसर’ आइसीयू सञ्चालनमा ल्याइने बताए ।
उक्त आइसीयू क्यान्सरका बिरामीका लागि मात्रै प्रयोग गरिने कार्यकारी निर्देशक डा.भट्टराईले बताए । उनका अनुसार आइसीयू कक्ष निर्माणको सबै काम पूरा भइसकेकाले दक्ष जनशक्ति व्यवस्था गरेर सञ्चालनमा ल्याइनेछ । डा.मनु भट्टराईको नेतृत्वमा सो आइसीयू सञ्चालन हुने अस्पतालले जनाएको छ ।
आइसीयूका लागि कर्मचारीलाई तालिम दिएपश्चात् सञ्चालनमा आउनेछ । अहिले तयार गरिएको आइसीयू सञ्चालनमा आएको १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । अस्पतालमा दिनदिनै बिरामीको सङ्ख्या बढ्दै जाँदा दुई जना मेडिकल अधिकृत थप्न पहल भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
