बाँके– खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता भन्ने मूल नारा सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंको आयोजना र फुड न्युट्रासिउटिकल कस्मासिउटिकल आसोसियसन अफ नेपाल (FANCAN)को सहकार्यमा एक दिने आहारपुरक खाद्य पदार्थ नियमन सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको औपचारिक उद्घाटन सभाध्यक्ष खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख अमित भूषण सुमनले कार्यक्रम व्यानर वाचन गरेर उद्वघाट्न भएको हो ।
आहारपुरक खाद्य पदार्थ बारे नेपालको इतिहास, वर्तमानमा नियमनको अवस्था बारे, आहारपुरक खाद्य पदार्थ र औषधी विचको फरक, आहारपुरक खाद्य पदार्थ नेपालमा आयात गर्न वा उत्पादन गर्न पूरागर्नुपर्ने मापदण्ड, अन्तराष्ट्रिय रुपमा आहारपुरक खाद्य पदार्थ नियमनको अवस्था आदिको जानकारी प्रभावकारी कार्यक्रमको पहिलो कार्यपत्र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा आहारपुरक खाद्य पदार्थ नियमन महशाखा प्रमुख सुमन धितालले आहारपुरक खाद्य पदार्थको नियमन विषयमा प्रस्तुत गर्नुभयो।
उनले यो फुड न्यूट्रासिटिकल्स समुहमा पर्ने जो औषधि नभई आहारपुरक खाद्य भएकोले आहारपुर खाद्य पदार्थ नियमन ऐन २०७२ जारी गरी नियमन गर्न सुरु गरिएको जानकारी दिए । उनले दिएको जानकारी विभागमा ११ वटा उद्योगले अनुज्ञा पत्र लिएर उत्पादन समेत सुरु गरेका छन । भने २ हजार २ सय जाति उत्पादनको गुणस्तर र आवश्यक प्रकृया पुरा गरी विभागमा रजिष्टर्ड गरी विक्रि बितरण सुरु गरिएको छ ।
फुड न्यूट्रासिटिकल्स समुहमा पर्ने विभिन्न खाले मल्टीभिटामिनहरु औषधि विभागले समेत आफ्नो कार्यक्षेत्र अन्तरगत पर्ने भन्दै अनगुमनका क्रममा सास्ती दिने गरेको तथा चिकित्सकले पनि फुड न्यूट्रासिटिकल्स अन्तरगत उत्पादन गरिएका मल्टी भिटामिन लगायतको पे्रस्कृप्सन नगर्ने गर्दा आहरु मर्कामा पर्दै आएको फुड न्यूट्रासिटिकल्स तथा कस्मासिउटिकल व्यवसायिहरुको गुनासो रहेको थियो ।
कार्यक्रमको दोश्रो कार्यपत्र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख सन्तोष दाहालले Nepal National Single Window System (NNSW) को प्रयोग गरि आयात निर्यात गर्ने बारेमा प्रस्तुत गर्नु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत शिब प्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका खाद्य निरिक्षक एकराज बुढाथोकीले गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित आहारपुरक खाद्य पदार्थ बिक्रेता, आयातकर्ताहरूले बिभाग/कार्यालयहरूले अनुगमनमा जोड दिने तथा अन्य सरोकारवालाहरूलाइ पनि यस प्रकारका कार्यक्रममा सहभागीता गराउने आवश्यकता औल्याए र पत्रकार महासंघ जिल्ला सचिव कमल डांगी तथा पत्रकार महासंघका पुर्व अध्यक्ष रुद्र सुवेदी ले उपभोक्ता सचेतनामा पत्रकारहरूको सकारात्मक सहयोग रहने बताउनु भयो ।
आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहार जो मानव स्वास्थ्यको लागि अति नै आवश्यक आहारको रुपमा प्रयोगमा आउने बाताबरण निर्माण गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल कमठमाण्डौले नेपालगञ्जमा सरोकारवाला संग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिले सो सुझाव दिएका हुन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रमुख सुमन धितालले विभागले मल्टिभिटामिन लगायतका आहारपुरक पदार्थको नियमन गर्दै आएको जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका निमित्त कार्यालय प्रमुखअमित भूषण सुमनको सभापतित्वमा सम्पन्न कार्यक्रममा, अथितिहरुमा विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा आहारपुरक खाद्य पदार्थ नियमन महशाखा प्रमुख सुमन धिताल, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख सन्तोष दाहाल, FANCAN नेपालगंज अध्यक्ष विजेन्द्र सिंह ठकुरी, FANCAN लुम्बिनी प्रदेस सचिव लवराज श्रेष्ठ कार्यक्रममा FANCANका सदस्यहरु, स्थानिय व्यापारी, भन्सार एजेन्ट तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँके तथा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कर्मचारीहरु सहित करिब ६० जनाको उपस्थिति रहेको थियो।
