कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

गाउँपालिका नै ‘अपहरण’मा परेपछि अख्तियारमा उजुरी, होला त छानविन ?

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष १६, शनिबार १२:५८
0
13
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

 

स्थानीय तहमा मौलायो भ्रष्टाचार                गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गत साउनदेखि मङ्सिरसम्म पटक–पटक गरी करोडौँ रकम निकासा गरेको उजुरीमा उल्लेख छ ।

हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापामाथि पालिका ‘अपहरण’ गरेको आरोप लागेको छ । सो आरोप लगाउने गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकाया हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले पालिकालाई अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै मुद्दा दायरसमेत गरेका छन् । उपाध्यक्ष रोकायाले गत मङ्सिर ११ गते अनुचित कार्य गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

उपाध्यक्ष रोकायाले गत असार १० गते गाउँपालिकाको गाउँ सभाले विनियोजन गरेको विभिन्न शीर्षकको बजेट कहाँ, कसरी र कति रकम बाँडफाँड गर्ने भनेर अहिलेसम्म कुनै पनि निर्णय नभएको बताएका छन् ।

कार्यपालिकामा कुनै निर्णय नगरी, नगराई गाउँपालिका बाहिर सुर्खेतमा लामो समयसम्म बसी मनोमानी ढङ्गले चालु खर्चबाट ३ करोड, २१ लाख २२ हजार २८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५७४ रुपैयाँ ग्लोबल आइएमई बैंक सुर्खेत शाखाबाटै निकासा गरेको आरोप प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापामाथि उपाध्यक्ष रोकायाले लगाएका छन् ।


अख्तियारमा दायर रिटमा भनिएको छ, ‘गत असार १० गतेको गाउँ सभाको सर्वसम्मत निर्णयको अवज्ञा गर्दै यस गाउँपालिकाका जन निर्वाचित जनप्रतिनिधि र गाउँ कार्यपालिकाको बेवास्ता गरी अधिकारमाथि पूर्ण हस्तक्षेप गर्दै रकम निकासा गरी व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ ।’

साथै व्यक्तिगत प्रयोजनमा खर्च गरी अनुचित कार्य गर्ने शाही र लेखापाल थापा गत भदौ महिनादेखि अहिलेसम्म पालिकामा हाजिर नभएको पनि उजरीमा उल्लेख छ । हाकिम र लेखापालले सुर्खेतमै बसेर एकआपसको मिलेमतोमा उतै व्यक्तिगत हाजिर लगाई तलब खाने र सुर्खेतबाट आफ्ना इच्छाएका व्यक्तिलाई करार पदमा नियुक्ति गरी गाउँपालिका कार्यालयमा हाजिरै नगराई उतैबाट तलबसमेत खुवाएको आरोप उनीहरूमाथि लागेको छ ।

यद्यपि अख्तियारको उजुरीमा भने पालिका अध्यक्ष सिंहको नाम उल्लेख छैन । उपाध्यक्ष रोकायाले निमित्त प्रमुख शाही र थापाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम’ अनुचित कार्य गरेकाले झिकाएर निकासा भएको रकमबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् । साथै उनले अनुचित ठाउँमा हिनामिना भएको रकम शोधभर्ना तथा असुल उपर गरिदिन समेत आग्रह गरेका छन् ।

 

कहिले भयो पालिकाको करोडौँ रकम निकासा ?

गाउँपालिका उपाध्यक्ष रोकायले निमित्त प्रमुख शाही र लेखापाल थापाले गत साउनदेखि मङ्सिरसम्म पटक–पटक गरी करोडौँ रकम निकासा गरेको उजुरीमा उल्लेख गरेका छन् । यद्यपि उक्त कुरा मङ्सिर ५ गते मात्रै आफूलाई जानकारी भएको उनले बताए ।

हेर्नुहोस् यस्तो छ अख्तियारमा दायर गरिएको उजुरी


‘एउटै पालिकामा दुई निमित्त प्रमुख’

यो पालिकाका अध्यक्ष सिंह नेपाली कांग्रेस हुम्लामा जिल्ला सभापति हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका निकटतम व्यक्ति सिंह साउन महिनायता गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको समयमा मात्रै भोट खसाल्न सुर्खेतबाट हुम्ला पुगेका थिए । तर भोट खसालेर उनी पुनः सुर्खेत नै झरे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीलाई अध्यक्ष सिंहले नै नियुक्त गरेका हुन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि निलम्बित भएका थिए । अध्यक्ष सिंहले रिक्त पदमा आफू निकट मानिने शाहीलाई नियुक्त गरे ।

तर अध्यक्ष सिंहसहित नियुक्त गरिएका शाही, लेखापाल पालिकामा उपस्थित नहुने भएपछि उपाध्यक्ष रोकायाले पनि आफू निकट हंश महतरालाई कार्यपालिका बैठकबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत तोके । उपाध्यक्ष रोकाया नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित व्यक्ति हुन् । महतरा पालिकाको स्वास्थ्य संयोजक हुन् ।

स्रोतका अनुसार अध्यक्ष सिंह र उपाध्यक्ष रोकायाबीच पानी बराबर छ । उनीहरुबीच गत वैशाख ३० को स्थानीय तहको निर्वाचनदेखि नै तिक्तता बढेको बुझिन्छ । यद्यपि अध्यक्ष सिंहले नियुक्त गरेका शाहीले सुर्खेतमै बसेर आर्थिक कारोबार चलाइरहेका छन् भने उपाध्यक्ष रोकायाले तोकेका महतराले आर्थिक कारोबार चलाएका छैनन् ।

उपाध्यक्ष रोकायाले महतरालाई नियुक्त गरेको नभई काम चलाउन तोकिएको मात्रै बताए । उनले भने, ‘निमित्त तोकिएका शाही पालिकामा नबस्ने भएपछि पालिकाभित्रकै सिनियर कर्मचारीलाई कार्यपालिकाको बैठकबाट निर्णय गरेर निमित्त तोकेका हौँ, नियुक्त गरेका होइनौं कामकाज अगाडि बढाएका मात्रै हौँ, अहिलेसम्म एउटा चेक पनि उहाँ (महतरा)ले काट्नुभएको छैन ।’

यता अध्यक्ष सिंहसँगै सुर्खेतमा रहेका निमित्त प्रमुख शाही र लेखापाल दत्तबहादुर थापा भने सम्पर्कमा आउन चाहँदैनन् । अध्यक्ष सिंहलाई यो विषयमा पटक–पटक बुझ्न खोज्दा फोन उठाएनन् । यद्यपि पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुरेन्द्र फडेराले भने अध्यक्ष सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीको बचाउ गर्दै त्यस्तो कुनै विवाद नभएको बताए ।

सुर्खेतमै रहेका फडेराले भने, ‘सुर्खेत बसेको कामले बसेको हो, हाकिम साब लगायतका सबै भोलितिर जाने भन्ने कुरा छ ।’ उनले ‘लिजा’ (स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ को कामका लागि वीरेन्द्रनगरमा बसेको बताए । उनले भने,‘ म पनि यतै छु पालिकातिर नेटले पनि काम नगर्ने र डकुमेन्ट पनि यतै भएकाले यतै बस्नुभएको हो ।’ साथै उनले अख्तियारमा मुद्दा दायर भएको विषयमा जानकारी नभएको बताए ।

‘न्याय खोजिरहेको छु’

यो विषयमा पालिकाका उपाध्यक्ष रोकालाई बुझ्न खोज्दा उनले अध्यक्ष, निमित्त प्रमुख र लेखापालले पालिकालाई अपहरण गर्न खोजेकाले आफूले न्याय खोजिरहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले भने अनुसन्धान भइरहेको जनाएको छ ।

रोकायाले भने, ‘उहाँहरू उतै सुर्खेत हुनुहुन्छ, यता आउनुभएको छैन । अदानचुलीलाई अपहरण गरी सुर्खेत लिएर चलाइहनुभएको छ, पालिकाको पिता, हाकिम र लेखापालले नै पालिकाको रकममा सुर्खेतमा मस्ती गर्नु कत्तिको न्यायोचित हो ?’

साथै उनले नेपालमा कानुन छ भने, पत्रकारहरूले यसको खोजिबिन गरी न्याय मिलाइदिनु समेत आग्रह गरे । रोकायाले न्यायिक समितिको संयोजक भएका नाताले न्याय खोज्न बाध्यताले अख्तियारसम्म पुगेको बताए ।

‘अहिलेसम्म पालिकाको एउटा पनि बैठक बस्न सकिरहेको छैन,’ रोकाया भन्छन्,‘ लेखापाल नभएपछि आर्थिक कारोबार सबै रोकिएको छ, हाम्रो त यहाँ सिफारिस दिने मात्रै काम भएको छ ।’

उपाध्यक्ष रोकायाले पालिका भवन र ग्लोबल आईएमी बैंकको कार्यालय दुई मिटरको दुरीमा रहेको बताए । ‘तर उनीहरूले सुर्खेत बसेर उतै कारोबार गरेर मोज मस्ती गर्ने काम गरिरहेका छन्,’उनले भने । सत्यपाटी बाट साभार

 

 

 

 

Previous Post

प्रादेश स्तरीय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुदैँ ।

Next Post

आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहारको रुपमा प्रयोगमा ल्याउन जोड ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष १६, शनिबार १२:५८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष १६, शनिबार १२:५८
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष १६, शनिबार १२:५८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष १६, शनिबार १२:५८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ पुष १६, शनिबार १२:५८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ पुष १६, शनिबार १२:५८
21
Next Post

आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहारको रुपमा प्रयोगमा ल्याउन जोड ।

क्यान्सर बिरामी लाई सुविधा सम्पन्न आइ सि यु छिट्टै संचालन आउदै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष १६, शनिबार १२:५८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष १६, शनिबार १२:५८
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष १६, शनिबार १२:५८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष १६, शनिबार १२:५८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.