नेपालगन्ज-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा संगठन बाँके र राप्रपा नगर युवा संगठनको सयुक्त रुपमा आज बिहानै नेपालगन्ज उपमहानगरपालिका वडा न.२ न्युरोडमा कार्यालय उद्घाटन गरेको छ ।
शनिबार राप्रपा पार्टीका महामन्त्री तथा बाँके क्षेत्र न.२ का सांसद डा धवल शमशेर राणाले युवा संगठनको कार्यालय उद्घाटन गर्नुभएको हो ।
बाँकेमा पछिल्लो चरण राप्रपाको राम्रो प्रभाव रहेको क्षेत्र हो । कार्यालय उद्घाटनसँगै युवा कार्यकर्तासँग राणाले भने युवाहरूको ठूलो साथ सहयोगले गर्दा नै म यहाँसमम्म पुगेको भन्दै पुन धन्यवाद दिएका थिए ।
सह महामन्त्री ऋषिराज देवकोटा केन्द्रिय सदस्य मीना श्रेष्ठ,गौरव चन्द ,नगर अध्यक्ष रवि बर्मा मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सलाउद्दिन जसगढ लुम्बिनी प्रदेश राप्रपा युवा संगठन अध्यक्ष हुकुम के सि,जिल्ला सह-सचीव इन्दिरा शाही ,राप्रपा नेत्री सरिता शाही, नितु चन्द ,पिंकी शाह सूर्य लाल यादव लगायतको उपस्थिति रहेका थिए ।