विनोद शाही मुगु– मुगुको सोरु गाउँपालिकामा आजै ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।
सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीको प्रमुख आतिथ्यमा गाउँपालिका उपाध्यक्ष केशर बहादुर शाहीको बिशेश आतिथ्य र १ देखि ११ न वडा का वडा अध्यक्ष , कार्यपालिका सदस्य गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारी , गाउँपालिका स्थित विभिन्न संघ सस्थाका पदाधिकारी र अपांग भएका ब्याक्ति र गैर अपाङ्ग ब्याक्तिहरुको उपस्थितिमा उक्त दिवस मनाइएको हो ।
सोरु गाउँपालिका द्वारा आयोजित ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अबसरमा अन्तर बिधालय स्तरीय निबन्ध लेखन तथा अपाङ्गताका सवालमा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको हो विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ। यो वर्षको नारा“समावेशी विकास लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान´´भने तय गरेको थियो ।
कार्यक्रममा अध्यक्ष शाही अपाङ्गता भएका व्याक्तीहरुकाे पनि राज्यले छुट्टै कानुन बनाएको बताए। नीति नियम निर्माण भए तर कार्यान्वयन नहुनु दुखद् कुरा भएको बताउनुभयो साथै गाउँपालिका उपाध्यक्ष केशर बहादुर शाहीले अपाङ्गता भएका ब्याक्तिहरूका लागी सरकारले संरक्षण गरेको र अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए। यसै गरि निबन्ध लेखन प्रतियोगितामा नि. मा बि स्तरमा र मा. बि स्तरमा ६ वटा बिधालयमा कालिका माबी लिब्रु,जगतमाला उ मा बि धैन , गुरु मा बि भिई, युवा बर्ष आबि सोरुकोट, जनज्योति उमाबि नाथर्पु र बिजय माबी कालै रहेका थिए ।
जसमा नि. मा स्तरमा कालिका माबी प्रथम माबी स्तरमा बिजय मा बि कालै प्रथम भएका थिय यस्तै प्रथम दृतिय तृतीय र सान्त्वना पुरस्कार क्रमस ५ हजार ४ हजार ३ हजार र २ हजार नगद बितरण का साथै गाउँपालिका भरिका अपांगभएका ब्याक्तिहरुलाई ब्याक्तिगत सरसफाइका सामाग्री प्याकेज बितरण गरिएको थियो उक्त अपाङ्ग दिवस मनाउन को लागि ( UMN MUGU, INF MUGU, RCDC MUGU,GSS MUGU, PHASE NEPAL MUGU, नेत्र ज्योती संघ मुगु लगाएत सस्थाले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए ।