हुम्ला- हुम्लाको अदानचुली गाँउपालिका कार्यालयमा कार्यारत शिक्षा शाखा प्रमुख मनदत्त ढकाललाई काँखे गाँउका टोले गुन्डाले हातपात गरि अफिसको सामान तोडफोड गरेको जनाइएको छ ।
आफू कार्यलय समयमा काम गरिराखेको बेला काँखे प्राथमिक विद्यालयका प्राधनाध्यापक खड्क शाहीले पठाएको ग्रुप मध्यको यमराज शाहिले आफु माथी हातपात गरि कार्यलयको सामान तोडफोड गरेको शाखा प्रमुख मनदत्त ढकालले आफ्नो सामाजिक संजालमा ब्यक्त गर्नु भएको छ ।
यस घटनाप्रती सरकार , न्यायपालिका , प्रहरी चौकी , राजनीति दल , र उहाँका बुद्धिजीवी सम्पुर्ण लाई यस घटनाको बारे छलफल गरि दोषिलाइ कडा भन्दा कडा कारबाही गर्न ढकालले आग्रह गर्नु भएको हो ।उक्त घटना लाई लिएर नेपाल ढकाल समाज प्रतिष्ठानको कर्णाली प्रदेश प्रथम भेलाले दुख ब्यक्त गर्दै दोषी माथी कार्वाहीको माग राखेको छ ।