नेपालगन्ज,–बाँके क्षेत्र नं. २ को ग्रामिणवस्तीमा नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवारप्रति जनलहर बढ्दै गएको छ ।
बाँके क्षेत्र नं. २ क प्रदेश क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, कारकाँदो बासुदेवपुर, उदयपुर र डुडुवा गाउँपालिकाका छ वटै वडामा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणा र प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादवको पक्षमा जनलहर देखिन थालेको छ ।
यी क्षेत्रमा हुने नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभामा जनताको उपस्थिति ठूलो संख्यामा हुने गरेको छ । आज वडा नं. १९ बसुदेवपुरमा आयोजित सभामा सयौं स्थानीयवासीको उपस्थिति रहेको थियो । यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नंं.२० मनिकापुरमा शनिवार आयोजित संयुक्त चुनावी सभामा पनि वृहत जनसहभागिता रहेको थियो ।
आमसभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणाले बाँके क्षेत्र नं. २ को विकास र समृद्धिको लागि आफुहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले चुनावको बेला झेटो आश्वासन बाँड्ने र भोट किन्ने उम्मेदवारको पछि नलाग्न आममतदातालाई आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादवले बाँके क्षेत्र नं. २ को समग्र विकास र समृद्धिको लागि नेकपा एमाले–राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य दिपा शर्माले बाँके क्षेत्र नं. २ मा एमाले–राप्रपा तालमेलका उम्मेदवारको जित सुनिश्चित भएको दावी गर्नुभयो ।