कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सल्यानमा गठबन्धनको उम्मेदवार प्रकाश ज्वाला कि टेकबहादुर बस्नेत ?

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन ११, मंगलवार ११:३४
0
39
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनेका बेला सल्यानका दुई नेताबीच सिंहदरबारमा भेट भयो । ६ असोजको भेटमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले माओवादीका नेता टेकबहादुर बस्नेतलाई यसपालिको चुनावमा आफूलाई सघाउन आग्रह गरे ।

बस्नेतले २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको सल्यानमा २०७४ मा वाम गठबन्धन हुँदा पनि बस्नेतले अवसर पाए, ज्वाला प्रदेशसभामा झरे ।

माओवादी नेता बस्नेतका अनुसार ज्वालाले प्रतिनिधिसभामा यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘मलाई यसपटक सहयोग गर्नुहोस् भनेर अनुरोध गर्नुभयो,’ भेटबारे बस्नेतले भने, ‘मैले ठूलो त्याग गरेँ । म फेरि त्यही ठाउँ (प्रदेशसभा) किन जाऊँ भन्ने कुरा गर्नुभयो ।’

कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेर एमालेमा विद्रोहको अगुवाई गरेका कारण पनि सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्व भने ज्वालाप्रति सहानुभूति राख्छन् । त्यसैले एकीकृत समाजवादी र कांग्रेस नेताहरु भने ज्वालानै उम्मेदवार बन्ने सम्भावना रहेको बताउँछन् ।

बस्नेतले अगाडि भने, ‘मैले पनि जनमतको अपमान हुन्छ । गठबन्धनको मापदण्डको अपमान हुन्छ । यो अवस्थामा तल मनाउन सकिँदैन । प्रदेशमै लडेर मुख्यमन्त्री बन्नुहोस्, यो अवसर छ भनेर भनेको छु ।’

बस्नेत र ज्वाला दुबैले दाबी छाडेका छैनन् । त्यही कारण सत्ता गठबन्धनको भागवण्डामा सल्यान माओवादी केन्द्रले लिने कि एकीकृत समाजवादीले भन्ने नटुंगिएको माओवादी नेताहरु बताउँछन् ।

कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेर एमालेमा विद्रोहको अगुवाई गरेका कारण पनि सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्व भने ज्वालाप्रति सहानुभूति राख्छन् । त्यसैले एकीकृत समाजवादी र कांग्रेस नेताहरु भने ज्वालानै उम्मेदवार बन्ने सम्भावना रहेको बताउँछन् ।

 

बस्नेत–ज्वाला राजनीतिक सम्बन्धको उतार चढाव

सत्ता गठबन्धनका कारण बस्नेत र ज्वाला अहिले एकअर्कालाई सहयोगका लागि हार्दिकतापूर्वक आग्रह गर्नुपर्ने अवस्थामा छन् । तर, उनीहरु एअर्काविरुद्ध चुनाव समेत लडिसकेका छन् ।
२०६४ मा भएको पहिलो संविधानसभा चुनावमा दुवै जनाले सल्यान–१ बाट चुनाव लडेका थिए । बस्नेत २७ हजार ४२१ मत ल्याएर विजयी हुँदा एमालेका ज्वालाले ९ हजार ४८७ मत प्राप्त गरेका थिए ।

२०७४० को दोस्रो संविधानसभा भने ज्वालाले क्षेत्र परिवर्तन गरेर सल्यान–२ मा गएका थिए । बस्नेत सल्यान–१ बाटै निर्वाचित भए भने ज्वाला सल्यान–२ बाट निवौचित भए । संविधान निर्माणपछि भने सल्यानमा एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र कायम भयो । २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच बाम तालमेल भयो । बस्नेतले प्रतिनिधिसभाको टिकट पाए भने ज्वाला मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा झरे ।

जनमतको हिसाबले संघीय निर्वाचत क्षेत्र कांग्रेसले लिँदा माओवादीले स्वीकार गर्ने र माओवादीले लिँदा कांग्रेसले स्वीकार गर्ने अवस्था छ । तर जनमत नै कमजोर भएको एकीकृत समाजवादीलाई दिँदा स्वीकार गर्न गाह्रो हुन्छ भन्ने मत बलियो रहेको कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट बताउँछन् ।

तर कर्णालीको मुख्यमन्त्री माओवादीको भागमा पर्‍यो । उनी मुख्यमन्त्री बन्न पाएनन्, प्रदेश मन्त्रीमा सीमित भए । फेरि प्रदेशमै जाँदा पनि मुख्यमन्त्री बन्ने कुनै शुनिश्चितता नभएकाले ज्वाला यसपालि जसरी पनि संघमा उक्लिन चाहन्छन्, जसका लागि कांग्रेस र माओवादीको सहयोग अनिवार्य छ ।

कांग्रेस–माओवादीमै अन्तरविरोध

माओवादी केन्द्रका नेता बस्नेत सल्यान जसरी पनि माओवादीले लिनुपर्ने र टिकट आफूले पाउनुपर्ने पक्षमा छन् ।

पहिले जसले जितेको हो, उसैले लिने गठबन्धनको मापदण्ड र जनतमतका आधारमा पनि सल्यान माओवादीले पाउनुपर्ने उनी बताउँछन् । ‘२०७४ मा जसले जहाँ जितेको हो, त्यहाँ उसकै हुने एउटा मापदण्ड छँदैछ,’ बस्नेतले अनलाइनखबरसँग भनेको छन्, ‘दोस्रो मापदण्ड, जनाधार/जनतमको हो । यसलाई क्रस गर्न कसैले सक्दैन । यदि कोशिस भयो भने त्यो अप्रिय निर्णय हुन्छ ।’

उसो त माओवादीले टिकट पाउँदा पनि बस्नेत एक्ला उम्मेदवार भने होइनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले समेत दाबी गरेका छन् ।

मल्लले गठबन्धनमा भागबण्डा नटुंगिएको बताए । ‘यसअघि पनि जितेको र मतभारका हिसाबले पनि सल्यानमा माओवादीको सशक्त दाबी हो, तर अलिहेसम्म टुंगिएको छैन,’ उनले भने, ‘माओवादीले पाएको खण्डमा अब नयाँ अनुहारलाई अघि सार्नुपर्छ भन्ने माग जिल्ला पार्टीको छ ।’

तर ३० वैशाखमा स्थानीय चुनावमा प्राप्त वडागत मतका आधारमा सल्यानमा माओवादी केन्द्र भन्दा बलियो कांग्रेस छ ।

कांग्रेसले ३३ हजार ६१६, माओवादीले २६ हजार ७१३, एमालेले २६ हजार ६२८ र एकीकृत समाजवादीले ९ हजार ४६७ मत प्राप्त गरेका थिए । त्यसैले सल्यान अरुलाई दिन नहुने मत कांग्रेसमा पनि छ ।

जनमतको हिसाबले संघीय निर्वाचत क्षेत्र कांग्रेसले लिँदा माओवादीले स्वीकार गर्ने र माओवादीले लिँदा कांग्रेसले स्वीकार गर्ने अवस्था छ । तर जनमत नै कमजोर भएको एकीकृत समाजवादीलाई दिँदा स्वीकार गर्न गाह्रो हुन्छ भन्ने मत बलियो रहेको कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट बताउँछन् । यस विषयमा २०/२१ असोजमा बस्ने पार्टीको बैठकमा छलफल हुने उनले बताए ।

‘अघिल्लो पटक जितेको मापदण्डका आधारमा माओवादीलाई छोड्न तयार भए पनि एकीकृत समाजवादीलाई भने छाड्न सकिँदैन’ विष्टले भने ।

एकीकृत समाजवादीका सल्यान जिल्ला सह–इन्चार्ज धिरेन्दबहादुर श्रेष्ठले पनि कांग्रेस, माओवादीभित्र अन्तरविरोध रहेको स्वीकार गर्छन् । भन्छन्, ‘हामीले संघ लिएर प्रदेशको एउटा–एउटा कांग्रेस र माओवादीले लिने भन्ने बुझाइ छ, तर माओवादी र कांग्रेसभित्र अन्तरविरोध छताछुल्ल हुन थालेको छ ।’

उनी स्थानीय तहमा भएको गठबन्धनका कारण सल्यानमा एकीकृत समाजवादीको शक्ति कति छ भनेर जाँच्न नपाइएकाले अबको चुनावमा आउने समानुपातिक मतबाट थाहा हुने बताउँछन् । धेरै ठाउँमा वडाध्यक्षको उम्मेदवार नदिएका कारणले वडागत मत कम देखिए पनि आफूहरुको १५ हजार मत रहेको बताए ।
अनलाइन खबर बाट साभार

 

Previous Post

जानकी गाँउपालिकामा किसानलाई ५०% अनुदानमा गहुँको बिउ बितरण गरिंदै ।

Next Post

दशै लजक्षित बजार अनुगमन नेपालगन्जमा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ आश्विन ११, मंगलवार ११:३४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ आश्विन ११, मंगलवार ११:३४
135
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ आश्विन ११, मंगलवार ११:३४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ आश्विन ११, मंगलवार ११:३४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ आश्विन ११, मंगलवार ११:३४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ आश्विन ११, मंगलवार ११:३४
21
Next Post

दशै लजक्षित बजार अनुगमन नेपालगन्जमा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला ।

छक्कबहादुर लामा र पुर्व पालिका अध्यक्ष सहित ठुलो संख्या लाई एमाले पार्टी अध्यक्ष केपी शर्माले गरे स्वागत ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ आश्विन ११, मंगलवार ११:३४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ आश्विन ११, मंगलवार ११:३४
135

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ आश्विन ११, मंगलवार ११:३४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ आश्विन ११, मंगलवार ११:३४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.