बाँके / बाँकेको जानकी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्दैछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले एक सूचना जारी गर्दै आवश्यकता भएका किसानलाई अनुदानको बिउ लिन आव्हान गरेका छन।
पालिकाले आर्थिक वर्ष २०७९ /०८० को संघीय शसर्त अनुदानतर्फ खाद्यान्न बालीको उन्नत बिउ उपयोग अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्न लागेको बताए ।
बिजय, गौतम र भृकुटी जातका बिउहरु बितरण गरिनेछ । कृषि गरेका र उन्नत बिउको प्रयोग गर्न चाहने किसानलाई असोज १४ गतेभित्र सम्बन्धित वडा कार्यालय तथा कृषि बिकास शाखामा माँग निवेदन पेश गर्न अनुरोध गरेको हो ।