बाँके– घरेलु तथा साना उद्योग कार्यालयले उद्योग तथा वाणिज्य फर्म संग गुणस्तरीय वस्तु तथा सेवा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बाँकेमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुखले उपभोग गर्ने सामानमा गुणस्तरीयता कायम गर्न ,वस्तुको दरभाउ प्रष्ट उपभोक्ताले बुझ्ने गरि राख्न आग्रह गर्नु भएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँकेमा गत आर्थिकको भन्दा अहिले बढी दर्ता भएको कार्यालय लेखा अधिकृत उजिर न्यौपानेले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमको प्रशिक्षण वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौडेलले गराउनु भएको थियो ।
सो कार्यक्रमको संचालक बालकृष्ण चौधरी रहेका थिए ।
