बाँके– जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ वडा कार्यालयमा रहेको रेडक्रस भवनमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना र नेपालगंज उपमहानगरपालिका२२को वडा कार्यालयको समन्वय र सहकार्यमा सामुदयिक सेवा केन्द्र बाँकेले साईवर क्राईम तथा लैङ्गिक हिंषा न्युनिकरण सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ कार्यालयका वडा अध्यक्ष अब्दुल गफ्फर हल्वाईको प्रमुख आथित्यमा , २२ न. वडा कार्यालयका सम्पुर्ण वडा सदस्य, जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध ब्युरो नेपालगंज बाँकेको अथितिमा स्थानिय जनप्रतिनिधी, आमा समुह , युवा क्लव र नागरिक समाज गरी ७० जना को उपस्थितिमा साईवर क्राईम तथा लैङ्गिक हिंषा न्युनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
उक्त कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्र प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले गर्नु भएको थियो ।
साईवर क्राईम तथा लैङ्गिक हिंषा न्युनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सहभागी यूवाले पुरैनी क्षेत्रमा मादक पदार्थको अवैध रुपमा ‘मादक पदार्थ सेवन गरेकाहरुले रातभर हल्ला गरेर सुत्नसमेत दिँदैनन्,’ स्थानीय मोहम्मद अर्सद शेषले भने ।
यूवाहरुको सुझावलाई मध्यनजर गरि बाँकेका प्रहरीले उनलाई अवैध रुपमा मादक पदार्थ उत्पादन गर्न नपाइने बताउँदै मादक पदार्थ सेवन गर्ने, विक्रि गर्ने र उत्पादन गर्ने ब्यक्तिको पहिचान गरि प्रहरीलाई जानकारी गराउन आग्रह गरे । ‘तपाईहरुको गाउँघरमा अवैध रुपमा मदिरा उत्पादन गर्ने र मादक पदार्थ सेवन गरि होहल्ला गर्नेको पहिचान गरि प्रहरीलाई खवर गर्नुस हामी कानुन बमोजिम कारवाही गर्न तयार छौँ,’ उनले भने ।
उनले मादक पदार्थ र लागुऔषधले यूवा समुदायलाई समाजसँग प्रत्यक्ष जोडिएको बताउँदै लागुऔषधको कारोवार भए त्यसको जानकारी दिने दायित्व यूवाको भएको बताए । ‘हाम्रो गाउँघरमा हुने गलत कामको सूचना दिने दायित्व तपाई हामी सवैको हो,’ उनले भने ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी लागुऔषध ब्यूरोका प्रहरी प्रतिनिधि लागुऔषधले ब्यक्ति, परिवार र समाजलाई पार्ने असर र कानुनी कारवाहीका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा पूर्व लागुऔषध परामर्शकर्ता आश्रय श्रेष्ठले लागुऔषध प्रयोग गरेका कारण आफ्नो ब्यक्तिगत जिवनमा पुर्याएको असर र परिवार तथा आफन्तले भोगेका समस्याको बारेमा आफ्नो अनुभव सुनाएका थिए ।
हामिले समाजमा पर्ने असर कसै संग पनि सामाजिक सन्जाल होस वा समाजमा नकारात्मक असर पर्न सक्ने कुरा हरुलाई जरा बाटै उखेलेर फाल्नु पर्ने अध्यक्ष दिपेन्द्र कुमार जोशिले बताए ।