बाँके। ‘’स्वच्छ, सन्तुलित आहार,
सन्तुलित जीवनको आधार”भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले सप्ताहव्यापी विश्व खाद्य दिवस २०२२ मनाएको छ ।

‘संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नाराअनुसार जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा दिवस मनाउँदै,आज बिहान् आफ्नो कार्यालय परिसर बाट शुरु गरेको सप्ताहव्यापी विश्व खाद्य दिवसको र्याली सहित बजार अनुगमन गरेको हो ।

खाद्य उद्यमी व्यवसायीहरूसँग खाद्य स्वच्छता एवम् अन्तर्क्रिया कार्यक्रम, खाद्य स्वच्छता तथा पोषणसम्बन्धी शिक्षा लगायततका कार्यक्रम गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनले जानकारी दिए ।
दिवसको अवसरमा ८ वटा खाद्य पसल, १८ वटा होटल/रेष्टुरेन्ट र १८ वटा स्ट्रिट फूडका स्टलहरूको अनुगमन गरी खाद्य स्वच्छता र सरसफाई कायम गर्न निर्देशन दिईएको खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुबेदीले जानकारी दिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरुः सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था, शिक्षण सङ्घसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धी संघसस्थाहरु लगायतको सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२२ विहिवार बिहान प्रभातफेरि कार्यक्रम गरेको खाद्य अनुसन्धान अधिकृत प्रतीक्षा श्रेष्ठले जानकारी दिइन।
दिवसका अवसरमा सप्ताहब्यापी रुपमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्ज; जिल्ला प्रशासन कार्यालय, बाँके; नेपालगञ्ज उपमहानगरपालिका; उपभोक्ता हित संरक्षण मंच सम्मिलित संयुक्त बजार अनुगमन टोलिले बजार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य निरीक्षक नेत्रा बोगटीले जानकारी दिनु भयो ।


