बाँके -बाँकेको राप्तीसोनारी ८ सम्शेरगन्जमा बस दुर्घटना भएको छ।
सोमबार बेलुका ६ बजे काठमाण्डौँ बाट दैलेखका लागि छुटेको ना ४ ख ८०६१ नम्बरको बस मंगलबार बिहान ८ बजेको समयमा दुर्घटना भएको शम्शेरगञ्जका इन्चार्ज टेक बहादुर केसीले जानकारी दिए ।
उनका अनुसार ११ जना घाइते भएको र अन्य ८ जना भन्दा बढिको नेपाल आर्मीले प्राथामिक उपचार गरिरहेको बताए ।घाइतेहरुलाई भने अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको केसीले बताए ।