सुर्खेत, जेठ १९ गते । काँक्रेबिहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । सुर्खेत जिल्लाको लाटिकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुरातात्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएको छ । काँक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठुलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो ।