कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०२:२४
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, माघ २० गते । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो ।

ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

“अवैध व्यापार र चोरी शिकारका कारण सङ्कटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “लाटोकोसेरोलगायत पन्छी र वन्यजन्तुसँगै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ ।”

ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ । सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा हुम गुरुङले बताउनुभयो ।

“नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्”, उहाँले भन्नुभयो, “तीमध्ये नौ प्रजाति राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको छ ।”

लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । यसका साथै अन्य हानिकारक कीरा, फट्याङ्ग्रा, सर्प, छेपारोलगायत जीवलाई आहारा बनाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन भूमिका खेलेको छ । लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो उत्सव गरिँदै आएको छ । हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङ्जा र कैलालीमा संरक्षण उत्सव गरिएको छ ।

लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना ९सन् २०२०–२०२९० लागू गरेको छ । यस योजनाले लाटोकासेरो संरक्षण र चोरी सिकार नियन्त्रण हुने विश्वास गरिएको छ ।

उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र समुदायलाई संरक्षणमा अग्रसर बनाउन मद्दत पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । महँगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो मार्ने तथा बेच्ने गरेकाले यसको सङ्ख्या घटेको छ । उत्सवले लाटोकोसेरालगायत पन्छी संरक्षणको सन्देश प्रवाहका साथै फलामेडाडा र जलजलाको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेल तथा सांस्कृतिक गीत तथा नाचको प्रदर्शनी गरिएको छ । स्थानीय विद्यालयको नाच, पञ्चेबाजा, पुख्र्यौली नाच, थिएटर नाच, यानी माया, सालैजो, लोपोन्मुख स्थानीय खेल ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने उत्सवका थप आकर्षण रहेको मुल आयोजक समितिको प्रचारप्रसार संयोजक पुर्ख पुर्जा पुनले बताउनुभयो ।

वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले लाटोकोसेरो संरक्षणसम्बन्धी नाच तथा नाटक, गाउँपालिकास्तरीय स्थानीय विद्यालयमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता आयोजना गरिएको छ । लाटोकोसेरोको अस्थायी सङ्ग्रहालय निर्माण गरी प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटो राखिएको छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङ्गाबाट, स्टिलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोसमेत प्रदर्शनीमा राखिएका छन् ।

आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र श्रव्यदृश्य हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्र कुँदिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमूना पनि प्रदर्शनीमा राखिएको छ । उत्सवमा वन्यजन्तु अनुसन्धानकर्मीको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुत गर्ने कार्यक्रम छ ।

वातावरण क्षेत्रका विभिन्न सङ्घ संस्थाको जानकारीमूलक कक्ष छन् । उत्सव समापनका क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही रु २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गर्ने कार्यक्रम छ । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहो माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उत्सवको उद्देश्य छ ।

Previous Post

पुस्तकालयको सान्दर्भिकता

Next Post

आजको मौसम: हल्का वर्षाको सम्भावना

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २०, शनिबार ०२:२४
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २०, शनिबार ०२:२४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २०, शनिबार ०२:२४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २०, शनिबार ०२:२४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ २०, शनिबार ०२:२४
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ २०, शनिबार ०२:२४
19
Next Post

आजको मौसम: हल्का वर्षाको सम्भावना

धनगढीमा उन्नाइस वटा सडक बन्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २०, शनिबार ०२:२४
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २०, शनिबार ०२:२४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २०, शनिबार ०२:२४
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २०, शनिबार ०२:२४
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.