कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

पुस्तकालयको सान्दर्भिकता

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०२:१९
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

पुस्तकालयलाई अध्ययन, अनुसन्धान तथा अन्वेषणका लागि आवश्यक ज्ञान सामग्री प्राप्त हुने एक शान्त सामाजिक स्थलको रूपमा बुझिन्छ । अध्येताहरू पुस्तकालयको एउटा स्थानमा बसेर विश्व भ्रमणको अनुभूति गर्दै ज्ञानको संसारमा आनन्दबोध गर्न सक्छन् । ज्ञानको सागरमा डुबुल्की मार्दै स्वाध्यायनमार्फत व्यावहारिक र वस्तुनिष्ठ विश्लेषण गर्दै नयाँ सिर्जनाको जन्मसमेत दिन्छन् । स्वाध्यायनले व्यक्तिको ज्ञानमा निखार र आचरणमा परिवर्तन ल्याउँछ । ज्ञानको वृद्धि र निखारताका लागि उपयुक्त स्थान नै पुस्तकालय हो भन्नेमा विद्वान्जनहरू मतैक्य राख्छन् तर पछिल्लो समय यहाँ स्वाध्यायन कार्य जागिरको तयारी वा क्षणिक लक्ष्य प्राप्तिमा मात्र सीमित भएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय देशकै ठुलो पुस्तकालयका रूपमा परिचित छ । हाल यस पुस्तकालयमा दैनिक पाँच सयदेखि सात सय जना पाठक आउने गरेको पुस्तकालयको रेकर्डमा देखिन्छ । त्रिभुवन विश्वविद्यालयका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई लक्षित गरी स्थापना भए पनि देशविदेशका जोकोही सर्वसाधारणले समेत यो पुस्तकालय प्रयोग गर्ने सुविधा पाउँछन् । यस पुस्तकालयको मुख्य भवन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म दैनिक जम्मा १३ घण्टा खुला रहन्छ र यस मुख्य भवनसँगैको अर्को अध्ययन कक्षहरू रहेको भवन सातै दिन चौबिसै घण्टा खुला रहन्छन् । पछिल्लो समय यस पुस्तकालयमा दैनिक आउने पाठकमध्ये ८० प्रतिशत विभिन्न सेवा आयोगका परीक्षा तयारीका लागि आउने गरेको देखिन्छ ।

काठमाडौँ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा मात्र होइन, नेपाल राष्ट्रिय पुस्तकालय सानोठिमी, केशर पुस्तकालय ठमेल, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय लाजिम्पाट र भृकुटी मण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय नेपालका अध्ययन अनुसन्धानकर्ताका लागि उपयुक्त बौद्धिक धरोहरहरू हुन् । नेपाली पाठकका लागि ज्ञानको सङ्कलन, सम्प्रेषण र संरक्षणमा यी पुस्तकालयले महìवपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सर्वविदितै छ । नेपाल राष्ट्रिय पुस्तकालयलगायत अन्य पुस्तकालयमा पनि सेवा आयोग परीक्षा तयारी गर्ने पाठकहरूको सङ्ख्या नै बढी रहेको पाइन्छ ।

स्वाध्यायनका लागि सरकारी तथा सार्वजनिक पुस्तकालयमा जाने गरेका पाठकहरूको थेगिनसक्नुको चाप देखेर निजी लगानीमा काठमाडौँ उपत्यकाका धेरै स्थानमा स्वाध्यायन केन्द्र खुलेको पाइन्छ । घरमा बसेर पढ्नका लागि अनुकूल वातावरण नभएको अवस्थामा यस्ता स्वाध्यायन केन्द्रहरूमा गएर पढ्नेहरूको पनि भिड बढ्दै गएको देखिन्छ । अध्ययन कार्यका लागि अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यका साथ निजी लगानीमा यस्ता स्वाध्यायन केन्द्रहरू काठमाडौँ, ललितपुरलगायत सहरका विभिन्न स्थानमा आजभोलि छ्यास्छ्यास्ती खुलेका छन् र खुल्ने क्रम बढिरहेको छ । यस्ता केन्द्र बिहान ५ बजेदेखि बेलुका १०÷११ बजेसम्म खुला रहन्छन् । शान्त कोठा, एकल अध्ययन छेकबार टेबुल, सामूहिक छलफल गर्न सकिने छुट्टै स्थानको व्यवस्था र चिया–खाजा खानका लागि क्यान्टिनको व्यवस्था त्यहीँभित्र नै गरिएको पाइन्छ । अध्ययनकर्ता बिहानै उठेर केन्द्रमा आउँछन् र बेलुका सुत्नका लागि आआफ्नो घरमा जाने गर्छन्, जसका लागि मासिक दुई तीन हजार शुल्क तिर्नु पर्ने हुन्छ ।

स्वाध्यायनका लागि पुस्तकालयमा धाउने धेरैमध्येका एक हुनुहुन्छ महेन्द्र शाह । जनकपुरबाट आउनु भएका उहाँ त्रिभुवन विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरी सरकारी जागिरे हुने लक्ष्यका साथ कीर्तिपुर पाङ्गामा डेरा गरेर बस्नु हुन्छ । साँझ ६ बजेतिर केन्द्रीय पुस्तकालय आउने र रातभरि पुस्तकालयमा बसेर अध्ययन गरी बिहान ६ बजे डेरामा फर्किनु उहाँको दैनिकी जस्तै भएको छ । यसरी रातभरि पुस्तकालयमा बसेर अध्ययन गर्नेहरूको सङ्ख्या २०/२५ जना रहने गरेको शाह बताउनु हुन्छ । यसै गरी सुर्खेतकी सुनिता लामिछाने कीर्तिपुरको ट्याङ्गलाफाँटमा बस्नुहुन्छ । उहाँ भर्खर १२ कक्षा उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन विषयमा स्नातक तह अध्ययनका लागि भर्ना हुनुभएको छ । उहाँ नियमित रूपमा साथीहरूसँग बिहान ३ बजेतिर पुस्तकालय आउनुहुन्छ र बिहान ९ बजेसम्म पुस्तकालयमा बसेर बैङ्किङको तयारी गरिरहनु हुन्छ । यस्तै अर्को उदाहरणको रूपमा कास्कीका सुरज थापा लोक सेवा आयोगको तयारीका लागि नै विगत चार महिनादेखि सामाखुसीमा आफन्तको घरमा बस्नुहुन्छ । उहाँ पनि बिहान उठ्ने बित्तिकै सामाखुसीदेखि कीर्तिपुरस्थित त्रिवि केन्द्रीय पुस्तकालय धाउने र साँझ ६/७ बजेसम्म पुस्तकालयमै बसेर पढ्ने उहाँको दैनिकी भएको छ ।

उहाँहरू प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यसरी घामपानी, रातदिन नभनी पुस्तकालयमा आएर सेवा आयोगहरूको परीक्षा तयारी गर्नेको सङ्ख्या आजभोलि अत्यधिक रूपमा बढ्दै गइरहेको छ, जसमा निम्नमध्यम वर्गीय परिवारबाट आएका युवाको सङ्ख्या धेरै रहेको पाइन्छ । यी उदाहरणबाट सहजै भन्न सकिन्छ कि हाम्रा पुस्तकालय लोक सेवा तथा अन्य सेवा आयोगका परीक्षा तयारी स्थानका रूपमा पो परिणत हुँदै छन् कि ! यो लेखको आशय पुस्तकालयमा सेवा आयोग तयारी गरेर बस्न हुँदैन भन्ने कदापि होइन तर जागिरको तयारीका लागि मात्र पुस्तकालय प्रयोग हँुदै गयो भने ज्ञान भण्डारको वास्तविक प्रयोग र खोज, अनुसन्धान तथा अन्वेषण कार्य रोकिन जाने हो कि भन्ने चिन्ता मात्र हो । सरकारी जागिरका लागि मरिहत्ते गरी लागेको युवा पुस्तालाई पुस्तकादि ज्ञान सामग्री नियमित अध्ययन, खोज तथा अनुसन्धानमा कसरी केन्द्रित गराउन सकिएला ? जागिर प्राप्तिका लागि उनीहरूको यस्तो लगावलाई अन्वेषणमा पनि लगाउन सकियो भने समृद्ध राष्ट्रनिर्माणको आधारशिला सहजै तयार हुनेमा दुई मत छैन । यसका लागि राज्य, पुस्तकालय तथा सरोकारवाला निकायले कस्तो नीति अवलम्बन गर्नुपर्ने हो यो सोचनीय विषय भएको छ ।

अन्वेषणको विचार बीजारोपण गर्दै खोजलाई नयाँ निष्कर्षमा पु¥याउन अनुसन्धानकर्ताहरू पुस्तकालयमा जोडिनु पर्छ । पुस्तकालयले ज्ञानको क्षितिज विस्तार गर्दा अन्वेषणको पृष्ठभूमि निर्माण गर्छ । हाम्रा पुस्तकालयमा यस्ता अनुसन्धानकर्ताको लाम लाग्नु पर्छ, जसबाट देशको सामाजिक, आर्थिक तथा राष्ट्रको सर्वाङ्गीण विकासको बारेमा नयाँ चिन्तनहरू प्रस्फुटन हुन सकून् । अनुसन्धानको उचित वातावरण निर्माण गर्नका लागि हाम्रा पुस्तकालयले पनि आफूलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्छ । अनुसन्धानकर्तालाई पुस्तकालयप्रति निकटता राख्न सङ्कलनमा अद्यावधिक, व्यवस्थापनमा वैज्ञानिकीकरण तथा सेवामा आधुनिकीकरण ल्याउनु पर्छ, जसबाट पाठकहरू आआफ्नो जीविकोपार्जनका साथसाथै पुस्तकालयको अन्तरङ्ग मित्र बन्दै अध्ययन अनुसन्धानमा समर्पित भइरहन सकून् ।

जागिरको तयारीका लागि रातदिन, घामपानी नभनी अध्ययनमा लागेको लगाव जागिर प्राप्त भइसकेपछि किन निरन्तर हुन सक्दैन ? अधिकांश सरकारी कार्यालयमा जेनतेन पुस्तकालयको व्यवस्था गरिएको छ । कतिपय मन्त्रालय तथा विभागमा उपसचिव सरहको ‘प्रोफेसनल लाइब्रेरियन’ हरूको दरबन्दीसहितका पुस्तकालय पनि छन्, जहाँ पुस्तकको सङ्कलन तथा व्यवस्थापन उचित तवरले गरिए पनि पाठकको सङ्ख्या नगन्य मात्रामा रहेको पाइन्छ । पुस्तकालय व्यवस्थित हुँदा पाठकहरू नआउनु भनेको अध्ययन संस्कृतिमा ह्रास हुँदै गएको अनुमान गर्न सकिन्छ । तथापि, पुस्तकालयप्रतिको आकर्षणलाई कायम राख्न सकियो भने सरकारी निकायका पुस्तकालयका पुस्तकले दैनिक कति धेरै पाठक पाउने थिए होलान् अनि सरकारी सेवामा पनि खोज तथा अनुसन्धानको संस्कृति कति गहकिलो तवरले विकास हुने थियो होला ! व्यक्तिको आचरणमा थप सुधार तथा सेवामा गुणस्तरीयताको वातावरण विकासमा कति निखार आउँथ्यो होला ।

समृद्ध राष्ट्रनिर्माणको परिकल्पना बोकेर जनताको भाग्य र भविष्य कोर्नका लागि नीति निर्माणको सङ्कल्पसहित आएका माननीय सांसदहरूका लागि सिंहदरबार परिसरस्थित सङ्घीय संसद् सचिवालयमा एक छुट्टै व्यवस्थित पुस्तकालयको व्यवस्था गरिएको छ । त्यस पुस्तकालयको मुख्य उद्देश्य सांसदहरूलाई नीतिनिर्माणको बेलामा आवश्यक सन्दर्भ सामग्रीहरू अध्ययन गर्न सहज गराउनु हो तर आश्चर्य त के छ भने सचिवालय पुस्तकालयका अनुसार सो पुस्तकालयभित्र सांसदहरूको समय नियमित रूपमा बित्नुपर्ने अपेक्षा विपरीत त्यहाँ अत्यन्त न्यून मात्रमा सांसदहरू आउने गर्दछन् । सांसदहरू पुस्तकालयमा अत्यन्त न्यून सङ्ख्यामा आउनु भनेको सांसदहरूमा स्वाध्यायन गर्ने संस्कृतिको विकास नभएको अथवा देशको विधायिकाप्रति उदासीन भएको हो कि भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

एकातिर एउटा भनाइ छ कि इन्टरनेटको सहज पहुँच हुने हुनाले पुस्तकालयमा आएर अध्ययन तथा अनुसन्धान गर्ने पाठकहरूको सङ्ख्या घटेको हो । हरेकका घरघरमा इन्टरनेट, हातहातमा मोबाइल, अधिकांशको साथमा ल्यापटप, निःशुल्क गुगल सर्च इन्जिन छँदै छ । चाहेको बेला ज्ञान सामग्रीहरू खोज्नका लागि यी उपकरणहरू नै पर्याप्त छन् । अझ प्रविधिको विकाससँगै आएका एआइ टुल्सहरूले त इन्टरनेटका डाटालाई विश्लेषण गरी चाहेको उत्तर दिइहाल्छ । परीक्षा तयारीका लागि बजारमा सजिलै प्रत्येक विषयका नोट तथा सोलुसनहरू छँदै छन् । अनि किन चाहियो पुस्तकालय र किन जानु पुस्तकालय ? तर ज्ञातव्य र मननयोग्य कुरा यो छ कि सबै ज्ञान सामग्री इन्टरनेटमा पाउन सकिँदैन । लेखकको वा प्रकाशकको स्वीकृति बेगर कुनै पनि कृति इन्टरनेटमा राख्न नपाइने हुनाले सबै सामग्री इन्टरनेटमा पाइन्छ भन्नु अज्ञानता सिवाय केही होइन ।

यसो हुँदाहुँदै पनि धेरै नियमित विद्यार्थी तथा शोधकर्ताहरू इन्टरनेटको छोटो बाटोमा लम्कँदै छन् । च्याट जिपिटी त विद्यालयदेखि विश्वविद्यालय तहसम्मकै विद्यार्थीहरूमा लोकप्रिय भएको छ । पछिल्लो पुस्तामा मौलाउँदै गएको यस्तो संस्कारलाई कम गर्न एआइलाई सहयोगी साधनको रूपमा मात्र प्रयोग गराउने ताकि पूर्णतया यसमा निर्भर हुनबाट रोक्न बेलैमा सचेत गराउनु पर्ने छ । अझ विकसित देशका कतिपय विश्वविद्यालयमा यस्ता च्याट जिपिटीबाट तुरुन्त समाधान खोज्ने लत मानिसको सोच्ने र रचनात्मकता देखाउने कार्यका लागि खतरनाक मानेर यसको प्रयोगमा बन्देज नै लगाएको पनि पढ्न सुन्नमा आएको छ ।

त्यसैले आधुनिक प्रविधिको विकासबाट पुस्तकालयको विकल्प खोजिनु किमार्थ हुँदैन । पुस्तकालयलाई बरु आधुनिक प्रविधिसँग जोड्दै अगाडि जानु फलदायी विकल्प मान्न सकिन्छ । जीवनपर्यन्त पठन संस्कार वृद्धिका लागि सरकारले देशको स्थानीय निकायमा अनिवार्य सार्वजनिक पुस्तकालय स्थापनाको नीति लिनु पर्छ, जसबाट समाजमा सानै उमेरदेखि अध्ययन संस्कृतिको विकास गर्दै स्थानीय निकायको समृद्धिको खाकाहरू तयार गर्न सकियोस् । अनि सेवा आयोगहरूको परीक्षा तयारीका लागि मात्र देशका दुर्गमबाट काठमाडौँ जस्ता महँगो ठाउँमा बसेर पुस्तकालयहरूमा धाउनु पर्ने बाध्यताको अन्त्य होस् । सेवा आयोग केन्द्रका रूपमा विकसित हुँदै गएका यी सबै पुस्तकालयमा आधुनिक प्रविधिको अनुसरण गर्दै खोज, अध्ययन, अनुसन्धान तथा अन्वेषणको पहिलो आधारस्थलको रूपमा विकास होऊन्, अनि व्यवस्थित र तथ्यपरक रूपमा खोजका लागि तीर्थस्थल बन्न सकून् ।

Previous Post

राजनीतिले इमानदारी गुमाएकै हो त ?

Next Post

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०२:१९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०२:१९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०२:१९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०२:१९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २०, शनिबार ०२:१९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २०, शनिबार ०२:१९
21
Next Post

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

आजको मौसम: हल्का वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०२:१९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०२:१९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०२:१९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०२:१९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.