कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

राजनीतिले इमानदारी गुमाएकै हो त ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०२:१३
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

राजनीतिक दलका नेता र कार्यकर्ताले स्वाभिमानी गुमाएका कारण राजनीति नीतिविहीन भएको आभास हुँदै छ । यथार्थमा भन्ने हो भने नैतिकताबिनाको राजनीति आत्महत्या हो । वास्तविक राजनीति दल, नीति र सिद्धान्तको आधारमा गठित भएको समुदाय हो । जति ठुलो जमात सङ्गठित गर्न सक्यो त्यति ठुलो त्यो दलको जग बलियो हुन्छ । त्यसैले ती दलले आफ्नो सङ्गठन बलियो पार्न अनेकाैँ दाउपेच गरी लोकप्रिय भएर जनतालाई प्रभाव पार्न खोज्छ । जुन उद्देश्य मतदानद्वारा चुनिएर शक्तिका आधारमा नीतिको सञ्चालन गर्नु हो ।

राजनीतिक दलका नीति वा सिद्धान्तका आधारमा गठन भएको समुदायद्वारा आफ्नो सिद्धान्त अनुसार सरकार निर्माण गर्ने प्रयास गरिन्छ । यही अनुसार सरकारको प्रक्रिया फेरबदल भई नयाँ सरकारको निर्माण हुने प्रक्रिया हुन्छ । यसरी समयको अदलबदलमा राजनीतिको प्रक्रिया हेरफेर भइरहन्छ । प्रजातन्त्रमा धेरै दल क्रियाशील रहन्छ । दल क्रियाशील भएर नै रुसमा प्रजातन्त्रका लागि क्रान्ति भएपछि सन् १९१७ मा रुसका राजा जारिन निकोलसलाई सत्ताबाट हटाए । सन् १९१८ जुलाई १६ मा कम्युनिस्टका क्रान्तिकारी नेता युरोस्कीलगायत ११ जनाको मिलोमतोमा राजा जारिन निकोलस, महारानी एलेक्जेन्द्रा, चार छोरी र एक छोरालाई सुरक्षाका लागि भन्दै लगेर गोली हानेर हत्या गरियो ।

प्रजातन्त्रमा दलहरू सत्ता हत्याउने प्रयासमा लागिरहन्छन् । यो फेरबदलमा अवगुणको सङ्ग्रहबाट सरकार बनाउँदा हिरण्यकशिपुबाट प्रह्लाद जन्मेको सम्झेर त्यही क्रियाकलाप अपनाएर दललाई अगाडि बढाउनु पर्छ । मानिसको स्वभाव पद र पैसाको राजनीति गर्ने भएकाले कृष्ण नाम राखी कंशको काम गर्दछन् । त्यसैले राजनीति धमिलिएको छ । आजभन्दा दुई सय वर्षअगाडि राज्यसत्ता देश र जनताप्रति समर्पित थियो । देशलाई डुबाएर आपूm बाँच्न हुँदैन भन्ने भावना थियो ।

१८७१ साल कात्तिक १० गते भएको नालापानीको युद्धमा वीर बलभद कुँवरको कप्तानीमा शक्तिशाली अङ्ग्रेजसँग युद्ध भयो । त्यस युद्धमा बालबालिका, महिला र वृद्धले समेत लडाइँ लडेका थिए । सैनिकलाई पनि राजाको नुन खाएको सोझो गर्नु पर्छ भन्ने धारणा थियो । सात दिन अन्न नखाई, तीन दिन पानीसमेत नपिई लडाइँ लड्ने वीर गोर्खाली साहसको विम्ब मान्नु पर्छ । त्यसको सय वर्षपछाडि अहिलेको सय वर्षअगाडि सबैभन्दा ठुलो हत्या विसं १९०३ असोज २ गते कोतपर्व भएको थियो । जुन हत्यामा प्रधानमन्त्री फत्तेजङ्ग शाहलगायत ४० जनाको हत्या भएको थियो । उक्त घटनापश्चात् राजाको शासनलाई राणा शासनले राज गरेका थिए ।

अहिलेको २२ वर्षअगाडि २०५८ साल जेठ १९ गते नेपालमा पनि अचानक दर्दनाक घटना दरबार हत्याकाण्ड भयो । त्यो बेलादेखि विद्रोह सुरु भइराखेको छ । राजनीतिमा विद्रोह हुन्छ, हरेक युगमा विद्रोह युवाले गरेका छन् । विद्रोहले क्रान्ति गर्छ, क्रान्ति विचार हो । राजनीतिको हतियार विचार हो, यसलाई सक्रिय बनाउन एउटा यस्तो हातको आवश्यकता पर्दछ, त्यो हात राजनीति हो । विचारले मानिसको मनमा स्वभाव रोप्छ । त्यो युग अनुसार, समाज अनुसार मानिसको स्वभाव परिवर्तन हुन्छ ।

मानिसको बुद्धिबाट शक्ति क्रियाशील हुन्छ । यो सबै शक्तिका लागि शक्ति लगानी गरिएको हो । व्यवस्थामा शक्तिको अस्तित्व हुन्छ । व्यक्तिले व्यक्तिमाथि नियन्त्रण गर्न खोज्नाले एमाले र माओवादीको मेल हाल आएर अनमेल भयो । मह र घ्यू मिसायो भने विष हुन्छ, त्यस्तै एमाले र माओवादीबिचको सम्बन्ध पनि व्यक्तिको रबाफिलो व्यवहारले बिग्रेर विष साबित हुन आयो । व्यक्तिको मेलमिलापमा सङ्गठन बन्छ, सङ्गठनमा शक्ति हुन्छ । सङ्गठनको शक्तिले व्यवस्था चलाएको हुन्छ ।

उद्यमीले समय, शक्ति र साधनको लगानी गर्ने भएकाले यसको लगानीबाट लाभको अपेक्षा गरिन्छ । अहिलेको राजनीतिक शक्ति व्यापारी व्यवसायीका रूपमा परिणत भएको छ । यसैले भूमाफियाको बढी चलखेल हुन लागेको छ । भूमाफिया मौलाएका छन् । बैङ्कले जग्गामा ऋण दिन छोडेपछि जग्गाको मोल घट्यो । सहकारीको नाममा लिएको जग्गा घाटामा बेच्नुपर्दा सहकारी मारमा परेका हुन् । सोचाइमा भूमिलाई पुँजी भन्न मिले पनि व्यावहारिकतामा अलग गर्न नसक्नाले सहकारीलाई असहज भएको हो ।

राज्यमा आर्थिक मामलामा जब लेनदेन नीतिगत हुँदैन । उक्त देशका जनता कोही लाभ गर्ने र कोही भोकै मर्नुपर्ने हुन्छ । सरकारले रोजगारीको व्यवस्था कायम गरी लगानीबिचको सन्तुलन कायम गर्न सक्नु पर्छ । कर्मचारीले पनि इमानदार भई सहज तरिकाले जनतालाई सेवा दिनु पर्छ । हरेक उद्यमी व्यवसायीले आफ्नो पेसाप्रति वफादार भई जिम्मेवारी निर्वाह गर्नु पर्छ । जनताले पनि सरकारलाई सम्भव भएसम्म क्षमता अनुसार कर तिर्नु पर्छ ।

अल्पविकसित देशमा जनताका आय कम हुनु, लेखा सही ढङ्गले राख्न नसक्नु । आय लुकाउने प्रवृत्ति हुनु । इमानदार र कुशल प्रशासन भएन भने सही ढङ्गले राजस्व प्राप्त हुन सक्दैन । जनतालाई गरिबीको रेखामा धकेल्दछन्, राज्यसत्ता ढलमलिन्छन् । राजनीतिमा आफ्नो सन्निधि र निकटताका आधारमा उच्च ओहदामा अवसर दिनाले राजनीति नीतिविहीन राजनीति झैँ हुन्छ । आफ्नो लबीको मानिसलाई मात्र मौका दिनाले अयोग्य व्यक्तिमा अधिकार पर्न सक्छ । जसबाट अधिकारको दुरुपयोग भएर सरकार अलोकप्रिय हुन्छ ।

अहिलेको राज्य गणतन्त्र, लोकतन्त्र भनिए पनि अहिलेको अवस्था एकतन्त्रमा केन्द्रित भएर शक्ति छरिएको अवस्था छ । प्रजातन्त्रमा दस जनामध्ये नौ जना अबुझ हुन्छ । जसले अबुझहरूको हातमा जब शक्ति पर्न थाल्छ । जसबाट सिद्धान्तमा विद्वेषी प्रवृत्तिले सङ्गठनमा आँच आउँछ । यस्तै सिद्धान्त अनुसार लोकतन्त्र कुलीन तन्त्रमा परिणत हुन्छ । यसको कारण शक्तिको नीति अतिक्रमण भएकाले शक्ति स्थिर हुँदैन ।

मान्यजनको कुरा अमान्य भएर शक्ति छिन्नभिन्न भएर शक्ति बाँडफाँट भएर कुलीन तन्त्रमा परिणत हुन्छ । कुलीन तन्त्रमा राजनीतिक सङ्गठन गठबन्धनबाट विभाजन हुन्छ । राजनीतिमा धेरै कार्यकर्ताले पद बाँडफाँटमा मौका पाउने आशा रहन्छ । जसबाट राजनीतिको प्रक्रिया अल्पतन्त्रमा परिणत हुन्छ । साम्यवादबाट समाजवादमा अन्त्यमा पुँजीवादको चरम सीमा पुगेपछि गरिबी सङ्ख्या अत्यधिक मात्रामा वृद्धि हुन्छ । तब जनआन्दोलन गरी साम्यवादको खोजी गर्छ ।

यस्तो राजनीतिको चक्र दोहोरिन करिब सय वर्ष पनि लाग्न सक्छ । यो प्रकृतिको नियम नीतिनियममा धेरै प्रक्रिया दोहोरिन्छ तर घटना पृथक् हुने हुनाले इतिहास दोहोरिँदैन । शान्तिकालमा शासन सदाचार हुन्छ, क्रान्तिकालमा शासन डरत्रास, धम्की, विनाशकारी हुन्छ । धम्कीले शोषण गर्छ, शोषण हुने शासनमा अनावश्यक कानुन बन्छ । राजनीति गर्नेको मन द्वन्द्वले गर्दा अशान्त हुन्छ । जहिले पनि विपक्षसँग विचारीय युद्ध भइराखेको हुन्छ । विपक्षभन्दा आपूm अगाडि जानको निम्ति नदी नभएको ठाउँमा पनि पुल बनाउने कुरा गर्ने । हावामा महल बनाउने कुरा गर्ने । पहेँलो रङलाई सेतो भनेर जनतालाई रङ्गीन चस्मा लगाइदिने । धेरै जसो राजनीतिमा खिचातानीले गर्दा झुटको खेती गर्ने स्वभावको हुन्छ । मानिस जति टाठाबाठा भए त्यति छलकपट, दुष्टाचार, भ्रष्टाचार, अत्याचारको सिमाना नाघ्न थालेका छन् ।

आध्यात्मिकभन्दा भौतिक सुखसुविधाले मानिसको मनमा तीव्रता लिन थालेकाले यो अवस्था भएको हो । यो आधुनिक युगमा मानिस धनको निम्ति मरिहत्ते गर्छन् । कोहीभन्दा कोही कम हुन नचाहने, सबै एकसे एक जोडतोडका साथ लाउने–खाने मोजमस्ती गर्ने भएका छन् । ज्ञान र विवेकको कमीले नैतिकता, इमान, अनुशासनप्रति ध्यान दिन छाडेकाले मानिसले मानिसलाई तनाव दिन थालेका छन् । मानिसमा स्वार्थपन बढेकाले यसबाट अशान्तिपन बढेको हो । त्यसैले राजनीतिमा ज्ञानी बुद्धिजीवी पन्छिएर पर बस्न थालेकाले राजनीतिभित्र दिनमा पनि अन्धकारले छाएको छ ।

राजनीति मेसिन होइन, कुनै वस्तु पनि होइन, यो बेग्लै कार्य गर्ने निकाय हो । जसले मानव समाजमा मानवीय विचारमा भूकम्प, पहिरो, आँधीबेहरी ल्याउन सक्छ । यसले मानवीय क्षति गर्ने विश्वयुद्ध जस्तो भयानक युद्ध निम्त्याई महामारीभन्दा चौपट विध्वंसकारी स्थिति पनि ल्याउन सक्छ । राजनीतिक सच्चा खेलाडीले पाँच औँला बराबर नभए पनि मुठी कसेर काम लिन्छ । मौका नआउन्जेल कोरीको पनि पाउ मल्छ । मौका आएपछि कसैलाई टेरपुच्छर लाउँदैन, खोला तरेपछि लौरी बिर्सने जात हुन्छ । स्वार्थी राजनीति गर्नेहरू शासन गर्ने शेर जस्तो शक्तिशाली, स्याल जस्तो चतुर हुन्छ । राजनीतिमा देश सेवामा कमाइको हक नखोज्ने नेता समृद्ध र पूजित हुन्छ । शक्ति हातमा हुनाले शक्तिको प्रयोगको आशामा अनुग्रह पाउन खुसी बनाउन खोज्छन् । जनताले समृद्धिको आशाले पूmलको माला लाइदिन्छ । अवसरवादी बनी शक्तिको दुरुपयोग गरी खेलबाड गर्ने नेता जनताको नजरबाट गिर्न थाल्छ । सफल राजनीतिज्ञ हुन न्याउरी मुसोले झैँ सर्प खाएर माहुरीले झैँ मह ओकल्न सक्नु पर्छ । चन्द्रगुप्तले मगधमा आक्रमण गर्दा हार भएपछि चन्द्रगुप्त र चाणक्य भेष बदलेर घुम्न जाँदा एउटा झुपडीमा आमाले बच्चालाई खाना ख्वाउँदा बच्चालाई गाली गरेकी सुन्छन् । कस्तो बच्चा यो, चन्द्रगुप्त जस्तो अक्षम । तब चन्द्रगुप्त र चाणक्य पानी पिउने बहना गरी भित्र गई आमासँग सोध्छन् । आमाले जवाफ दिन्छिन्, “रोटी छेउबाट नखाई एकैचोटि बिचमा खान थालेको जस्तै चन्द्रगुप्तले पनि मगधको बाहिर आक्रमण नगरी एकैचोटि भित्र पाटलीमा आक्रमण गरेकाले असफल भयो ।”

चाणक्य र चन्द्रगुप्तले यही शिक्षाले पछिको आक्रमणमा मगध जित्न सफल भए । जब चाणक्यको पिता चणकलाई मारेको प्रतिशोधको ज्वाला मात्र नभई अविश्वासको कारणले चन्द्रगुप्तलाई चाणक्यले मगध नरेशलाई मार्न लगायो । चन्द्रगुप्तसँग प्रतिशोध लिन मन्त्रीले राजवैद्यलाई लगाएर चन्द्रगुप्तलाई बिरामीको बहाना गर्दा विषपान गराउन खोजेको थियो । चाणक्यले त्यो विष चन्द्रगुप्तलाई नख्वाई बिरालोलाई ख्वाए, बिरालो म¥यो । राजवैद्य आच्छु आच्छु भयो । राजालाई खुवाउन लागेको विष आफैँले खाई मरे ।

कौवा बाठो भएर फोहोर खाए झैँ राजवैद्य बाठो भएर विष खाएर मर्नुप¥यो । कौवाले कसैलाई विश्वास नगरे झैँ राजनीतिमा कसैलाई विश्वास गर्न हुँदैन भनी चाणक्यले मनमा अनविश्वासले अशान्त धुम मचेको हुन्छ । राजनीतिक छलकपटले गर्दा अधर्म छिपिरहेको हुन्छ । धर्मले अडेको संसार, अधर्मले बास बसेपछि सुखशान्ति कहाँ हुन्छ ! मात्रै रोगी मान्छेलाई शृङ्गारले छोपे जस्तै हो । भित्र मनमा अशान्तिको पिङ खेलाएर बाहिर छाँटकाँट तडकभडक गर्नुपर्ने । त्यसैले यहाँ अनुहार नपरेको दनुवारले सुन्दरतामा जित्ने भइरहेको छ । यसैले यहाँ तागतदार पोषणतत्वमा पनि कीटाणुले क्षतविक्षत गरिरहेको छ । हिजो यहाँ मानवीयतामा आत्मीय भाव थियो, मायापे्रम धार्मिक विश्वास थियो ।

अहिले वैज्ञानिक परम्परामा देखावटीमा मनग्गे विकास भए पनि भित्र खोक्रो भइरहेको छ । बाहिर देखावटी विकास भनेको मुखमा रामराम बगलीमा छुरा भनेको देखावटी पूजापाठ गरी भित्र धर्मको सिद्धान्त नमाने जस्तै हो । विभिन्न राष्ट्रले बौद्ध धर्म मान्यो भनेर देखासिकीमा बौद्ध धर्म मान्ने देख्न पाइन्छ । भित्र आत्मादेखि बुद्धको ज्ञान लिएर सिद्धान्त माने अझ राम्रो हुन्छ । अनि मात्र हामी यो परिग्रहको भुमरीलाई पार लगाई मोक्षको गतिमा पुग्न सक्छौँ । आजकाल इमानदार मानिस खोज्न मुस्किल भएकाले राजनीतिमा पनि नीतिविहीन राजनीति जस्तो भइराखेको छ।

Previous Post

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

Next Post

पुस्तकालयको सान्दर्भिकता

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०२:१३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०२:१३
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०२:१३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०२:१३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २०, शनिबार ०२:१३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २०, शनिबार ०२:१३
21
Next Post

पुस्तकालयको सान्दर्भिकता

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०२:१३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०२:१३
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०२:१३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०२:१३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.