कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

पशुपन्छी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०२:०३
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ २० गते । नेपालका पशुजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारमा पहुँच वृद्धिका लागि सरकारले नीति निर्माणमा विभिन्न दातृ निकायसँग सहकार्य र सम्झौता गर्दै आएको छ ।

केही दिनअघि मात्र पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको थियो । यसअघि दुधमा आत्मनिर्भरका लागि हेफर इन्टरनेसनले नेपाललाई कोरेली गाई तथा बाछा उपलब्ध गराइसकेको छ । हेफर इन्टरनेसनमार्फत दिएको कोरेली गाई सिन्धुलीका किसानलाई वितरण गरिसकिएको छ । यसअघि नेपालले अमेरिकाबाट पनि नस्ल सुधारका लागि साँढे ल्याइसकेको छ ।

त्यस्तै हालै मात्र भारतबाट १५ वटा मुर्रा जातको भैँसी नेपाल ल्याइसकेको छ । यी सबै पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र यस क्षेत्रको दिगो विकासका सम्झौता भएको र कतिपय कार्यान्वयनमा पनि आइसकेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) सचिव डा. रेवतीरमण पौडेलले बताउनुभयो ।

देशलाई दुध, मासु, माछामा आत्मनिर्भर बनाउनका लागि यस खालका थुप्रै प्रयास भइरहेको बताउँदै उहाँले संयुक्त राज्य अमेरिकाको कृषि विभाग (युएसडिए) सँग मत्स्य अनुसन्धानका विविध विषयमा सहकार्य गर्ने भनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सम्झौता गरेको बताउनुभयो ।

कात्तिकको दोस्रो हप्ता दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामीण सुरक्षामन्त्री चुङ्ग हवानकेले नेपालको भ्रमण गरी कृषि तथा पशुपन्छी क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । दक्षिण कोरियाले दिएको गाईको अवस्थाका बारेमा पनि जानकारी उहाँले लिनुभएको थियो । मङ्सिरको तेस्रो हप्ता चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका प्रतिनिधिहरू नेपाल आएर कृषि मन्त्रालयका अधिकारीसँग छलफल गरी पशुपन्छी तथा कृषिका अन्य क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाई फर्केका छन् ।

पशुमा लाग्ने लम्पी स्किनविरुद्धको खोप उत्पादनका लागि सहयोग गर्न कृषि मन्त्रालयले अफ्रिकी मुलुक केन्यालाई आग्रह गरेको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । त्यसका लागि पुस पहिलो हप्ता केन्याका इन्टरनेसनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआइ) का तीन जना वैज्ञानिक नेपालमा आएर अध्ययन गरेर फर्किसकेका छन् ।

कृषि मन्त्रालय र आइएलआरआई बिच भएको सम्झौतामा विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्धनलगायत पशुपन्छीको क्षेत्रमा अनुसन्धान गरिने उल्लेख छ ।

सम्झौतापछि नेपालमा पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउने विश्वास कृषि मन्त्रालयले लिएको छ । अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानका सहायक महानिर्देशक डा. सर्ले तारावालीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न, संज्ञानात्मक विकासमा सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई रूपान्तरण गर्न यो सम्झौता महत्वपूर्ण हुने बताउनुभयो ।

विश्वमा कुनै पनि चुनौतीका समाधानका लागि सम्बन्धित सरोकारवालालगायत अन्तर्राष्ट्रिय संस्थाको साझेदारी अपरिहार्य रहेको बताउँदै सचिव पौडेलले अन्तर्राष्ट्रिय साझेदारीले विकासमा टेवा पुगेको बताउनुभयो ।

Previous Post

सिमसारको सदुपयोगमा बेवास्ता

Next Post

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०२:०३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०२:०३
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०२:०३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०२:०३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २०, शनिबार ०२:०३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २०, शनिबार ०२:०३
21
Next Post

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

राजनीतिले इमानदारी गुमाएकै हो त ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०२:०३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०२:०३
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०२:०३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०२:०३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.