कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

सिमसारको सदुपयोगमा बेवास्ता

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०१:५९
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ २० गते । रामसार सूचीमा सूचीकृत नेपालका सिमसार क्षेत्रको सदुपयोग हुन नसकेको पाइएको छ । रामसार संरक्षण गर्ने निकायले आर्थिक लाभ लिने गरी उपयोग गर्न सकेका छैनन् । शुक्रबार विश्व सिमसार दिवस ‘सिमसार–मानव जीवनको आधार’ नारासहित विविध कार्यक्रम आयोजना गरेर मनाइयो ।

नेपालका १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षलाई सन् १९८७ मा रामसार सूचीमा सूचीकृत गर्दै नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र भएको थियो । त्यसयता सुर्खेतको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर ताल, चितवनको बिसहजारी ताल, रारा ताल, डोल्पाको से–फोक्सुन्डो ताल, रसुवाको गोसाइँकुण्ड ताल, सोलुखुम्बुको गोक्यो ताल, इलामको माइपोखरी, पोखराको फेवाताल रामसारका रूपमा सूचीकृत भएका छन् ।

नेपालमा रामसार सूचीकृत सिमसार क्षेत्रले ६० हजार पाँच सय हेक्टरभन्दा बढीको क्षेत्रफल ओगटेको छ । विभिन्न क्षेत्र रामसार सूचीमा सूचीकृत भएपछि रामसार सचिवालयबाट विभिन्न खालका अनुदान लिएर पर्यापर्यटनको विकास र संरक्षणको काम गर्न सक्ने सम्भावना खेर गइरहेको छ । सिमसार संरक्षणविद् शैलेन्द्र पोखरेलले सूचीकृत रामसार क्षेत्रलाई प्रचारप्रसार गर्ने संस्थागत संरचनाको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसैमा कटिबद्ध रहेर काम गर्ने संरचना नै छैन । संस्थागत हस्तक्षेप नभएसम्म अर्थ छैन ।”

सिमसार तथा रामसार क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभाग दुवैको मातहत पर्छ । उहाँले संरक्षण र प्रवर्धनको कामको नेतृत्व कसले गर्ने भन्ने विवादले यसको सदुपयोग हुन नसकेको बताउनुभयो ।

उहाँले सिमसार संरक्षण व्यक्तिगत लाभ वा सोचको बिचमा अल्झिएको बताउँदै थप्नुभयो, “सिमसार प्रवर्धनको योजना किन ल्याउने ? कसले ल्याउने ? सिमसार बेचेर कसलाई फाइदा छ ? भन्ने सोच हट्न सकेको छैन ।” सिमसार क्षेत्रको आर्थिक लाभबारे अध्ययन अनुसन्धान हुनु पर्छ । सिमसार क्षेत्र जैविक विविधताको जीवनचक्र सुचारु गर्ने प्राकृतिक प्रणाली मात्र नभई मानव जीवनको गुणस्तर, खाद्य सुरक्षा तथा पोषणमा सघाउने आधार पनि हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालका अनुसार निकुञ्ज, वन तथा चुरे संरक्षणले जलाधार व्यवस्थापनका रूपमा सिमसार तथा रामसार क्षेत्रको संरक्षण गर्दै आएको छ । जलवायु परिवर्तनलगायतका कारण पानीको स्रोत घट्दै गएको बेला संरक्षित सिमसार क्षेत्रको संरक्षण पनि चुनौतीपूर्ण बन्दै गएको छ । उहाँले जलवायु परिवर्तनसँगै भूमिगत जलको अत्यधिक दोहन, नदीनालामा ढल मिसाउने, औद्योगिक रसायनयुक्त फोहोर फाल्ने कार्यलाई संरक्षणकारी निकायले नियन्त्रण गर्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “उपभोगको अधिकारसँगै मेरो दायित्व के हो, समाजलाई असर परेको छ कि छैन भन्ने सोचमा परिवर्तन ल्याउन सकिएको छैन ।” उहाँले सिमसार क्षेत्रमा जलसतह कायम राख्ने विषयमा नीतिगत तथा समुदायगत दुवैथरीको पहल आवश्यक रहेको बताउनुभयो ।

वर्षामा आकाशको पानी जम्मा गर्ने, विभिन्न नदी क्षेत्रमा चेकड्याम राख्नेलगायतका काम गर्नु आवश्यक भइसकेको विज्ञहरूको सुझाव छ । रामसारमा सूचीकृत क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडेर लाभ लिन तिनैतहको भूमिका के हो भन्नेमा पनि अन्योल छ । हिमाली र संरक्षित क्षेत्रको सिमसार संरक्षण केही हदसम्म भए पनि तराईका सिमसार क्षेत्र व्यवस्थापनको अभावले लोप हुन थालेका छन् । बाढी तथा डुबानका कारण लेदो माटो बढ्दै जाँदा तालतलैया खेतीयोग्य जमिनमा परिणत हुन थालेका छन् ।

Previous Post

सरकारी निर्णयबिनै दस रोपनी हिनामिना

Next Post

पशुपन्छी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०१:५९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०१:५९
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०१:५९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०१:५९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २०, शनिबार ०१:५९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २०, शनिबार ०१:५९
21
Next Post

पशुपन्छी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी

हट एयर बेलुनलाई नौ हजार फिटसम्म उड्ने अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०१:५९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०१:५९
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०१:५९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०१:५९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.