कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १८, बिहीबार १५:२२
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ, माघ १८ गते । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।

बागलुङ नगरपालिका–४ ओडारचौरका ६० वर्षीय पौडेलले मेहनत गरी स्वदेशमै पनि मनग्य पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । २० वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका पौडेलको फर्ममा यतिखेर गाई–भैँसी गरी ६५ वटा पशुचौपाया छन् ।

फर्ममा यतिखेर ४० वटा दुहुँना गाई–भैँसीहरूबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ । उन्नत जातका मुर्रा भैँसी, जर्सी र होलस्टेन गाई पौडेलले पाल्नुभएको छ ।

फर्ममा यतिखेर ४० वटा दुहुना गाई–भैँसीहरुबाट दैनिक दुईसय ८० देखि ३०० लिटरसम्म दुध उत्पादन हुन्छ ।
थोरै रकमबाट थालेको पशुपालनमा अहिले करिब दुई करोड रुपियाँभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । पाँच रोपनी जमिन भाडामा लिएर पौडेलले श्रीकृष्ण गाई भैँसी फर्म उद्योग सञ्चालन गर्नुभएको छ । घाँसका लागि खेत, पाखो र बारी गरी करिब दुईसय रोपनी जग्गा वार्षिक रूपमा चार लाख रुपियाँ भाडा भुक्तानी गर्नेगरी लिनुभएको उहाँले बताउनुभयो ।

गाई–भैँसीलाई आवश्यक पर्ने घाँस उक्त जमिनमा लगाउनुभएको छ । फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । दुध बिक्री गर्न बागलुङ बजारमा उहाँको आफ्नै दुध डेरी पसल छ । पसलबाट प्रतिलिटर एकसय २० देखि एकसय ४० रुपियाँसम्म दुध बिक्री पौडेलले बताउनुभयो ।

उहाँले दुध उपभोक्ताको घर–घरसम्म पनि पुर्‍याउँदै आउनुभएको छ । ६० वर्षको उमेर भए पनि पौडेलको जोसजाँगर युवाजस्तै छ । कामदारसँगै दैनिक रूपमा गाई भैँसीको स्याहारसुसार, दानापानी गोबर फाल्ने काम गर्नुहुन्छ ।

रोजगारीका लागि २० वर्ष भारतको मुम्बईमा बिताउनुभएका पौडेलले २०६१ सालमा स्वदेश फर्केर बजारमा व्यावसायिक पशुपालन गर्न थाल्नुभएको हो । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौर निवासी पौडेलको पशुपालन फर्म साबिक धौलागिरिको पहिलो फर्मको रूपमा चिनिन्छ ।

रोजगारीका क्रममा भारतका विभिन्न स्थानमा घुमफिरका क्रममा ठुला पशुपालन फर्मको अवलोकन गरेको र राम्रो आम्दानी समेत हुने जानकारी पाएपछि स्वदेश फर्किएर पशुपालन गर्न थालेको उहाँले बताउनुभयो । ‘मैले भारतमा रोजगारी गर्दा पशुपालन फर्महरू देखे अनि यहाँ बसेर हुँदैन, नेपाल फर्किएर पशुपालन गर्दछु भनेर फर्किएँ’ उहाँले भन्नुभयो ।

म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् ।
पशुपालन व्यवसायबाट कमाएको पैसाले पाँच छोराछोरीलाई राम्रोसँग शिक्षादीक्षा दिएको छु, उहाँले भन्नुभयो, ‘‘म भारतमै बसेर नोकरी गरेको भए आज मेरा छोराछोरीले राम्रोसँग पढ्ने अवसर पाउने थिएनन् । राम्रो विषय पढ्न पैसाको कमी हुनेथियो ।”

दुध बिक्री गरेर कमाएको पैसाले अहिले एउटा छोरा चार्टर एकाउन्टेन बनाएको उहाँले बताउनुभयो । “एउटा छोरी सिभिल इन्जिनियर, अर्को छोरीलाई नर्स पढाएँ, अहिले सबै छोराछोरीले राम्रो जागिर खाने भएका छन्” उहाँले भन्नुभयो ।

लैनोमा गाईले एक पटकमा १० देखि १२ लिटर र भैँसीले ६ देखि ७ लिटरसम्म दुध दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो फर्मबाट अहिले दैनिक रूपमा दुईसय ८० देखि तीनसय लिटरसम्म दुध उत्पादन हुन्छ । दैनिक रूपमा करिब ३० हजार रुपियाँभन्दा बढीको दुध बिक्री हुन्छ ।”

फर्मबाट मासिक रूपमा दशदेखि १२ लाख रुपियाँको दुध बिक्री हुनेगरेको उहाँले जानकारी दिनुभयो । दानापानी र कामदार खर्च गरेर ६ लाख रुपियाँ खर्च हुनेगरेको उहाँको भनाइ छ ।

“विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गर्नसके सफलता प्राप्त गर्न सकिन्छ” उहाँले भन्नुभयो, “मैले बिहानदेखि साँझसम्म फर्ममा काम गर्दछु । अहिले ६० वर्षको भए युवाजस्तो जोसजाँगर अझै ममा छ । यो कठिनाइको पेसा हो । यो पेसामा धेरै सङ्घर्ष छ । कतै नडगमगाई काम गर्नुपर्छ । काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ ।’’

काम सिकेर, म गर्नु सक्छु भन्ने आँट र साहस गरेर यो पेसा गरेमा सफलता मिल्छ ।
‘‘फर्ममा काम गर्ने कामदार पनि राखेको छु । तर म आफै पनि बिहानैबाट गोबरसँग खेल्छु, भैँसीको स्याहारसुसार, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ” उहाँले थप्नुभयो, “मोटरसाइकलमा दूधको क्यान झुन्ड्याएर बजारसम्म लग्ने काम गर्छु, निरन्तर २० वर्षदेखि यही पेसामा छु । आत्मसन्तुष्टि मिलेको छ ।”

गाई भैँसी पालेर राम्रो आम्दानी लिने पौडेल यस क्षेत्रको नमुना किसान हुनुहुन्छ । पौडेलको सिको गरेर अरूले पनि पशुपालन व्यवसाय थालेका छन् । सरकारीस्तरबाट किसानलाई हौसला दिनेखालका कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभयो ।

Previous Post

आयोजना प्रक्रियागत रुपमा छनौट हुनुपर्छ : मुख्यमन्त्री शाह

Next Post

२५ वर्षदेखि हिलो र धुलो भोगेका स्थानीय

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १८, बिहीबार १५:२२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १८, बिहीबार १५:२२
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १८, बिहीबार १५:२२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १८, बिहीबार १५:२२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १८, बिहीबार १५:२२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १८, बिहीबार १५:२२
21
Next Post

२५ वर्षदेखि हिलो र धुलो भोगेका स्थानीय

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १८, बिहीबार १५:२२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १८, बिहीबार १५:२२
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १८, बिहीबार १५:२२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १८, बिहीबार १५:२२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.